जेनेभा । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले पेरूको वर्तमान सङ्कटलाई सम्बोधन गर्न अर्थपूर्ण र समावेशी वार्ताका लागि आह्वान गर्नुभएको छ ।
Advertisement
पेरूमा प्रदर्शन जारी रहँदा महासचिवले हिंसाको थप वृद्धिबाट बच्न संयमता अपनाउन आग्रह गर्नुभयो र अधिकारीहरूलाई अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको पालना गर्न आफ्नो आह्वान दोहोर्याउनुभएको गुटेरेसका प्रवक्ता स्टेफान डुजारिकले बुधबार एक विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।
जीवन र सम्पत्तिको सम्मान गर्दै विद्रोह शान्तिपूर्ण रूपमा हुनुपर्ने गुटेर्रेसले बताउनु भएको छ । आन्दोलनको क्रममा भएको मृत्युको सङ्ख्याबाट गुटरेस चिन्तित हुनुभएको र अधिकारीहरूलाई यी मृत्युको तुरुन्त, प्रभावकारी र निष्पक्ष छानबिन गर्न र पीडितलाई कलङ्कित हुनबाट जोगिन आग्रह गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । (रासस/सिन्ह्वा)