• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘विभिन्न पार्टीको नेतृत्व गर्ने तराईका जमिन्दार नै त्यहाँका शासक’

"किसान महासंघ र तराई मधेश जनवादी मोर्चाको संयुक्त अपील ! "

  •   आइतबार, माघ १९, २०७६ मा प्रकाशित
  • देशमा सबैभन्दा बढी उत्पीडनमा किसानहरू परेका छन् । त्यसमाथि झन बढी उत्पीडन तराईका जनता र किसानहरू छन् । उनीहरूमाथि जमिन्दारी शोषण अझै पनि चर्कोरुपमा रहेको छ । तराईमा सुकुम्बासी, गरीब, मजदुरहरू झन बढी मारमा परेका छन् । मध्यम वर्गीय र निम्न वर्गीय तराईबासी जनताहरू पनि उत्पीडनमा छन् । त्यसमाथि मेहनतकश तराईबासी जनताहरू मौलिक अधिकारबाट समेत वञ्चित छन् ।

    Advertisement

    तराईका दलित जातिहरूको त झन कहाली लाग्दो स्थिति छ । उनीहरूसँग एकधुर जमिन पनि छैन । बास बस्ने सुरक्षित घरको पनि व्यवस्था छैन । केन्द्रीय, प्रदेश र स्थानीय सरकारले समेत उनीहरूको समस्यालाई वास्तविक रुपमा सम्बोधन गरिरहेको छैन । तराईका महिलाहरूको अवस्था पनि कष्टकर छ ।

    तराईमा रहेका जमिन्दार र धनि वर्गहरू जो विभिन्न पार्टीको नेतृत्व गरिरहेका छन्, उनीहरू नै त्यहाँका शासकहरू बनिरहेका छन् । राजतन्त्र र बहुदलीय व्यवस्थामा तिनै नेताहरूले शासन गर्दथे, अहिले गणतन्त्र आएपछि पनि उनीहरूले नै शासन गरिरहेका छन् । वर्तमान संविधान र केन्द्रीय सरकारको नागरिकता सम्बन्धी गलत नीतिले भारतीयहरूलाई नागरिकता दिने र उनीहरूलाई शासक बनाउने, तर युगौँदेखि बसिरहेका तराईबासी, सुकुम्बासी, गरीब, पिछडिएका जनजातिहरूलाई नागरिकताबाट वञ्चित गराउने काम भइरहेको छ ।

    यसप्रकारको नीतिले तराईबासी नेपालीहरूलाई अल्पमतमा पार्ने र भारतबासीहरूलाई बहुमत बनाई भारतीय संघमा गाभ्ने भारतीय साम्राज्यवादीहरूको नीति अघि बढाउने नीतिले तराईबासी जनताहरू ठूलो मारमा परेका छन् । यसबाट मुक्त हुन तराई–मधेसका जनताहरू आन्दोलित र संगठित हुन जरुरी छ । यसका लागि तराई–मधेस जनवादी मोर्चाले संयुक्त रुपमा “संगठन र संघर्ष अभियान” संचालन गर्ने निर्णय गरेको छ । यो अभियान २०७६ साल माघ १ गतेदेखि माघ मसान्तसम्म संचालन हुनेछ ।

    यो अभियान तराईका जिल्लाहरू कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, नवलपरासी, नवलपुर, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी र उदयपुरसम्म चल्ने छ । यो अभियानलाई सफल पार्न सबै तह र तप्काका संघ, संगठन र न्यायप्रेमी जनताहरूसँग हार्दिक अपील गर्दछ ।

    हाम्रा नाराहरू
    १. तराई–मधेस जनतामाथिको शोषण, उत्पीडन र भेदभावको अन्त गर्नुपर्दछ ।
    २. भूमिहीन, सुकुम्बासी किसानहरूको लागि भूमिको व्यवस्था हुनुपर्दछ ।
    ३. कृषिजन्य उत्पादन गर्ने किसानहरू (धान, गहुँ, तरकारी, फलफूल, उखु, पशु तथा पंक्षि पालन आदि)को समस्याको समाधान हुनु पर्दछ ।
    ४. विदेशी नागरिकहरूको नागरिकता खारेज हुनु पर्दछ र तराइ–मधेसका रैथाने जनतालाई नागरिकता प्रदान गर्नुपर्दछ ।
    ५. तराईबासी जनताको मौलिक अधिकारलाई सुनिश्चित गरिनु पर्दछ ।
    ६. सबै प्रकारका भ्रष्टाचार बन्द हुनुपर्दछ र अनुदान वितरणमा हुने कमिशनलाई भ्रष्टाचारको कानुन बनाउनु पर्दछ ।
    ७. सिंचाईलाई सरकारले प्राथमिकता तोक्नु पर्दछ ।
    ८. कृषि उत्पादनको लागत मूल्य र मुनाफाका आधारमा सरकारले मूल्य तोक्नु पर्दछ ।
    ९. हरेक कृषि उत्पादनलाई आवश्यकता पर्ने बिजुली शतप्रतिशत अनुदान दिनुपर्दछ ।
    १०. विचौलिया प्रथालाई बन्द गरी किसानको उत्पादन सरकारले नै किन्ने व्यवस्था गर्नुपर्दछ ।
    ११. महिलामाथिको भेदभाव बन्द गरिनु पर्दछ ।
    मिति २०७६ माघ १
    अखिल नेपाल किसान महासंघ (अप्फा)
    तराई मधेस जनवादी मोर्चा

    आइतबार, माघ १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.