• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

अमेरिकी इण्डो प्यासिफिक रणनीतिः आर्थिकसँगै सुरक्षा अघि बढाउन ‘एमसीसी’


  •   सोमबार, माघ १३, २०७६ मा प्रकाशित
  • मनोज भट्ट
    अमेरिकन सरकारद्वारा गठित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्ट र नेपाल सरकारबिच सम्झौता भइसकेको छ । एमसीसी र नेपाल सरकारबिचको सम्झौतालाई संसदीय अनुमोदनका लागि संसद सचिवालयमा दर्ता गरिएको छ । एमसिसीलाई संसदीय अनुमोदन गर्नु हुँदैन भन्ने सवालमा देशव्यापी रूपमा जनमत प्रबल बन्दै गइरहेको छ । एमसीसीको संसदीय अनुमोदनले देशको सार्वभौमसत्ता भौगोलिक अखण्डतामाथि गम्भीर आँच पुग्ने छ । त्यसैले मुलुकको राष्ट्रियता र विदेशनीतिलाई नकारात्मक असर पार्ने एमसीसीलाई संसदीय अनुमोदन गर्नु राष्ट्रिय हित विपरीत हुने छ ।

    Advertisement

    स्वयं सत्तारूढ दल नेकपाभित्र पनि एमसीसीको विषयलाई लिएर चर्को मतभेद छ । नेकपाको नेतृत्वले यदि एमसीसी इन्डो–प्यासिफिक रणनीतिको अंग भएमा एमसीसीलाई अस्वीकार गरिने छ भनेर सार्वजनिक अभिव्यक्ति दिएलगत्तै अमेरिकी राजदूतावास र अमेरिकी स्टेट असिस्टेन्ट सेक्रेटरी मिसेन एलाइन्सवेलले पुस १२ गते वक्तव्य जारी गर्दै एमसिसीलाई इन्डो–प्यासिफिक रणनीतिको एउटा अंग बताएकी थिइन् । २०१७ सेप्टेम्बर १४ तारिखका दिन नेपाल र अमेरिकाबिच अमेरिकाको वासिङटन डिसीमा यो सम्झौतामा हस्ताक्षर भएदेखि नै नेपालमा लगातार यसको विरोध भइरहेको छ । त्यो विरोध अकारण भइरहेको छैन । त्यसका पछाडी निश्चित कारणले काम गरेको छ ।

    नेपालमा बढ्दो विरोधको वातावरणमा अमेरिकी दूतावासको पुस १२ गते जारी गरेको एमसिसी इन्डो–प्यासिफिक रणनीतिको अंग हो भन्ने बेहोराको वक्तव्यले आगोमा घिउ थपेको महशुस अमेरिकाले गरेको छ । त्यही भएर त्यो विरोधलाई मत्थर पार्न यही माघ ३ गते अमेरिकी दूतावासले एमसिसीका बारेमा प्रष्ट पार्ने उद्देश्यले एमसीसीका बारेमा १० बुँदे ‘तथ्य’ सहितको वक्तव्य जारी गरेर विरोधलाई मत्थर पार्ने कोशिस गरेको छ । एमसीसीलाई संसदबाट अनुमोदन गराउने उद्देश्यले वातावरण बनाउन नै यस्तो वक्तव्य जारी गरिएको कुरामा कुनै शंका छैन । अमेरिकी दूतावासले यही माघ ३ गते जारी गरेको १० बुँदेसहितको वक्तव्यको बुँदा नं. ४ मा भनिएको छ कि ‘एमसिसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन ।’

    त्यसैगरी, त्यही वक्तव्यको एमसिसीबारेको बुँदा नं. ५ मा भनिएको छ– ‘एमसिसीमा सहभागी हुनका लागि नेपालले कतै पनि सम्मिलित हुनु पर्दैन वा हस्ताक्षर गर्नु पर्दैन ।’ अर्थात् नेपालमा एमसीसीका विषयमा उठिरहेको प्रबल विरोधलाई मत्थर पार्ने कोशिस वक्तव्यले गर्न खोजेको छ । तर समग्र वक्तव्य र १० बुँदालाई हेर्ने हो भने अमेरिकी दूतावासले एमसीसीलाई इन्डो–प्यासिफिकको अङ्ग होइन भनेर भन्न सकेको छैन अर्थात् एमसिसी इन्डो–प्यासिफिककै एउटा अंग भएको कुरामा स्वयं अमेरिकी दूतावास पक्षबाट पनि कुनै विवाद भएन र छैन ।

    त्यस्तो अवस्थामा जब अमेरिकाले नै एमसिसीलाई इन्डो–प्यासिफिक रणनीतिको अंग हो तर इन्डो–प्यासिफिक रणनीतिमा हस्ताक्षर नगरेर वा सम्मिलित नभएर पनि एमसीसीमा सहभागी हुन सकिन्छ भनेको छ अर्थात् एमसीसीमा सामेल हुनका लागि इन्डो–प्यासिफिक रणनीतिमा हस्ताक्षर नगरेर वा सम्मिलित हुन अनिवार्य छैन । तर त्यसरी हस्ताक्षर वा सम्मिलित नभएका कारण एमसिसी इन्डो–प्यासिफिक रणनीतिको अङ्ग होइन भन्ने दावी गर्न मिल्दैन ।

    नेपालमा इन्डो–प्यासिफिक रणनीतिलाई लागु गर्न अमेरिकाले नरम, उदार तथा सजिलो बाटो अपनाएको मात्र हो । यो बताइरहनुपर्ने आवश्यकता छैन कि भारतले पनि इन्डो–प्यासिफिक रणनीतिमा घोषित तथा औपचारिक रूपमा सम्मिलित भएको छैन वा हस्ताक्षर गरेको छैन । अमेरिकाले स्वयं भारतलाई नै बढी महत्व दिएर यो रणनीतिको नाम इन्डो–प्यासिफिक राखेको हो । तर भारत अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिको स्वार्थभन्दा बाहिर जान सकेको छैन । त्यसै रणनीतिलाई कुनै न कुनै रूपमा प्रत्यक्ष÷परोक्ष सहयोग पु¥याइरहेको छ । रुस, चीन, उत्तर कोरियालाई पराजित गर्न र अमेरिकालाई शक्तिशाली बनाउन एसिया र अफ्रिका महादेशका ३६ वटा मुलुकलाई इन्डो–प्यासिफिक रणनीतिमा सामेल गर्ने योजनाका साथ अमेरिका अगाडि बढेको छ ।

    जुन १, २०१९ मा इन्डो–प्यासिफिक रणनीति प्रतिवेदन (टी.पी.एस.आर.) अनुसार इन्डो–प्यासिफिक रणनीति कार्यान्वयनका लागि दुईवटा पक्षलाई सँगसँगै अगाडि बढाउने कुरामा जोड दिइएको छ । आर्थिक तथा सुरक्षालाई अर्थात् इन्डो–प्यासिफिक रणनीतिलाई अगाडि बढाउन सुरक्षाका साथ आर्थिक सहयोगको पाटोलाई पनि सँगसँगै लैजाने अमेरिकन नीति रहेको छ । इन्डो–प्यासिफिक रणनीति अमेरिकाको विदेशी नीतिको एउटा अङ्ग हो । यसमा सैन्य पक्ष प्रधान छ । सैन्य पक्षलाई प्रधान बनाउन आर्थिक पक्षलाई सहयोगी तङ्खवको रूपमा हाम्रोजस्तो अल्पविकसित मुलुकमा अगाडि देखाउनुपर्ने हुन्छ । आर्थिक सहयोग वा विकासका नाममा सञ्चालन गरिने परियोजनाको आडमा क्रमशः हाम्रोजस्तो गरिब मुलुकलाई आफ्नो रणनीतिमा सामेल गर्दै जाने नीति साम्राज्यवादी शक्तिले अपनाउँछन् ।

    अमेरिकी विदेशनीतिलाई विश्वव्यापी रूपमा लागु गर्नका लागि क्रिस्चियनिटी अर्थात् इसाई धर्मलाई प्रयोग गर्ने आर्थिक तथा रक्षा लगायतकालाई माध्यम बनाउने गरेको कुरा कसैबाट लुकेको छैन । अमेरिकाको विदेश नीतिलाई प्रभावकारी ढङ्गबाट लागु गर्नका लागि अमेरिकन सहयोग नियोग (युएसआइडी) को स्थापना भएको कुरा पनि कसैबाट लुकेको छैन । यद्यपि अमेरिकन सहयोग नियोग (युएसआइडी) लाई अमेरिकी विदेशनीतिलाई अन्य मुलुकहरूमा प्रभावकारी ढङ्गबाट लागु गर्न नसकेको निष्कर्ष निकालेर नै त्यसको विकल्पमा एमसिसीलाई अगाडि सारिएको हो ।

    अमेरिकाको विदेश नीति के हो ? त्यो सबैलाई थाहा भएको कुरा हो कि अमेरिका साम्राज्यवादी नीतिलाई सबैतिर लागु गरेर अमेरिकन प्रभुत्व कायम गर्न खोज्नु हो । अमेरिका र नेपाल सरकारबिच एमसिसीका सम्बन्धमा भएको सम्झौतामा ८ वटा दफा, ७ वटा अनुसूची र ११ वटा परिशिष्ट छन् । सम्झौतामा भएका यी विभिन्न प्रावधानमा भएका व्यवस्थालाई आधार बनाएर एमसिसी आर्थिक परियोजना मात्र हो भनेर निष्कर्षमा पुग्नु गलत हुने छ । सम्झौतामा नलेखिएका वा पृष्ठभूमिमा राखिएका वा लुकाइएका कुरालाई पनि हेर्नुपर्ने हुन्छ ।

    अमेरिकाजस्तो मुलुकले एमसिसीजस्तो परियोजनामा उसको रणनीति के हो भनेर सम्झौतामा लेख्ने प्रश्न आउँदैन । त्यो रणनीतिलाई पर्दापछाडि राखिएको हुन्छ । यद्यपि अमेरिकाको नेपाललाई आर्थिक सहयोग गर्ने रणनीतिका पछाडि के उद्देश्य छ ? त्यो थाहा पाउन अमेरिकाको रक्षा मन्त्रालयले जारी गरेको इन्डो–प्यासिफिक रणनीति प्रतिवेदन–२०१९ लाई एकचोटी अध्ययन गरे पुग्छ । त्यो प्रतिवेदनमा अमेरिकाले चीन, उत्तर कोरिया र रुसका विरुद्ध यो रणनीति बनाउनुपरेको तथ्यमा जोड दिएको छ ।

    विश्वको अर्थ राजनीतिमा चीनको उदय भएसँगै एसियन अर्थराजनीतिमा अमेरिकन प्रभाव र प्रभुत्व कायम राख्नका लागि चीनलाई एकल्याउने र कमजोर पार्ने उद्देश्यका साथ अमेरिकाले काम गरिरहेको छ । यस्तो अवस्थामा अमेरिकन सहयोग लिएर तत्काल प्रत्यक्षजस्तो नदेखिए पनि चीनका विरुद्ध अमेरिकन कित्तामा सामेल हुने कुरा असंलग्न परराष्ट्र नीतिका विरुद्ध हुन्छ ।

    तत्काल अमेरिकाले नेपाललाई आर्थिक सहयोगको प्रलोभन देखाए पनि अन्ततः अमेरिकाको उद्देश्य नेपालमा आर्थिक सहयोग गरेर भौतिक पूर्वाधार विकास गर्नु होइन । त्यसको आडमा चीनलाई एक्ल्याउनु हो । चीनका विरुद्ध नेपाललाई समेत प्रयोग गर्नु हो । चीन हमेशा नेपालको राष्ट्रियताका पक्षमा उभिँदै आएको छ । त्यस अर्थमा चीन नेपालको एउटा असल छिमेकी राष्ट्र हो । थोरै सहयोगको लोभमा चीनमा विरुद्धको कित्तामा उभिने कुरा सही हुन सक्दैन ।

    सोमबार, माघ १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.