• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

सातौँ राष्ट्रिय सम्मेलनले समग्र महिला आन्दोलनको दिशानिर्देश गर्नेछ


  •   आइतबार, माघ १२, २०७६ मा प्रकाशित
  • मीना पुन
    अखिल नेपाल महिला संघले आफ्नो ऐतिहासिक सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न गर्न गइरहेको छ । २०७६ फागुन २ र ३ गते रूपन्देही जिल्लाको बुटवल बजारमा सम्मेलन हुने छ । सम्मेलनको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसीज्यूले गर्नुहुने छ । उद्घाटन २०७६ फागुन २ गते ट्राफिक चोकमा गरिने छ । देशका विभिन्न जिल्लाबाट सम्मेलनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक, दर्शकलगायत रूपन्देही जिल्लाआसपासका जिल्लाका महिलाको भव्य जुलुससहित उद्घाटन समारोह सम्पन्न गरिने छ ।

    Advertisement

    फागुन २ गते साँझदेखि फागुन ३ गतेसम्म राष्ट्रिय जनमोर्चाको कार्यालयको सभाहलमा बन्दशत्र गरिने छ । सम्मेलनले राजनैतिक, सङ्गठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन, विधानमा संशोधन, नयाँ नेतृत्वको चयन विशेष प्रस्तावको पारित गर्नेलगायतका महत्वपूर्ण कार्य सम्पन्न गर्ने विश्वास लिएका छौँ । केन्द्रीय समितिले सम्मेलनको मूल नारा तय गरेको छ ।

    हामीले खासगरी तीनवटा महत्वपूर्ण अवस्थालाई ध्यान दिएर सम्मेलनको मूल नारा तय गरेका छौँ । ती हुन्– महिलाका भेदभावमूलक वर्तमान अवस्था, मुलुकको राष्ट्रियतामाथि देखा परेको गम्भीर सङ्कट र महिलाले खेपिरहेको चौतर्फी हिंसा । सम्मेलनको मूल नारा यस प्रकार रहेको छ ः ‘महिलाको समान अधिकार र राष्ट्रियताको रक्षाका लागि हाम्रो आन्दोलन, महिला हिंसा विरुद्ध सातौँ राष्ट्रिय सम्मेलन !’ यस प्रकारको नारासहित सम्पन्न हुने हाम्रो संगठन अखिल नेपाल महिला संघको राष्ट्रिय सम्मेलनको नेपालको राजनीति र महिला मुक्ति आन्दोलनमा निकै ठुलो महत्व रहने छ भन्ने विश्वास लिएका छौँ । यो लेखमा सम्मेलनको मूल नाराका बारेमा सामान्य चर्चा गरिने छ ।

    १. महिलाको समान अधिकार
    हाम्रो संगठन अखिल नेपाल महिला संघले आफ्नो स्थापना कालदेखि नै महिलामाथि भइरहेका सबै प्रकारको भेदभावको अन्त र आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिकलगायतका हरेक क्षेत्रमा पुरुषसरह समान अधिकार र पूर्ण स्वतन्त्रताका लागि निरन्तर संघर्ष गर्दै आइरहेको संगठन हो । हामीलाई यो थाहा छ कि बुर्जुवा व्यवस्थाले महिलालाई पुरुष सरह समान अधिकार र पूर्ण स्वतन्त्रता दिन सक्दैन । त्यसका लागि यस प्रकारको बुर्जुवा प्रतिक्रियावादी व्यवस्थाको अन्त र नयाँ जनवादी व्यवस्थाको बाटो भएर समाजवादी व्यवस्था स्थापना गर्न आवश्यक छ । समाजवादी व्यवस्थाले मात्र महिलालाई पूर्ण स्वतन्त्रता र समानता प्रदान गर्ने छ ।

    हाम्रो देशमा महिलाको स्वतन्त्रता, समानताका लागि भन्दै धेरै महिला संघ÷संगठन सक्रिय छन् । उनीहरूले पनि महिलाका हक–हितका लागि कैयौं आन्दोलन गरिरहेका छन् । त्यसरी चलेका आन्दोलनबाट महिलाको पक्षमा कैयौँ कानुन बनेका छन् र महिलाका आवस्थामा केही न केही सुधार पनि हुँदै आएको छ, तर उनीहरूको उद्देश्य महिलाको विद्यमान अवस्थामा बढीभन्दा बढी सुधार गर्दै वर्तमान बुर्जुवा व्यवस्थालाई बचाइराख्ने हुन्छ । नेपालको महिला आन्दोलन यस प्रकारका विचार र सङ्गठनबाट धेरै नै प्रभावित छ ।

    यो अवस्थामा हाम्रो सङ्गठनको नीति महिलाको हक–हितका लागि हुने आन्दोलनको समर्थन गर्दै त्यसबाट प्राप्त हुने उपलब्धिको रक्षा र बढीभन्दा बढी कार्यान्वयनको लागि जोड दिने हुनुपर्दछ भने अर्कोतर्फ, विद्यमान बुर्जुवा व्यवस्था परिवर्तनका लागि महिलालाई क्रान्तिकारी आन्दोलनमा लाग्नका लागि सङ्गठित गर्ने हुनुपर्दछ । विद्यमान व्यवस्थामा हुने सुधारले महिलाको अवस्थामा वास्तविक परिवर्तन ल्याउन सक्दैन । त्यसका लागि यो व्यवस्थामा परिवर्तन हुनुपर्दछ । हाम्रो संगठनको अहिलेको जिम्मेवारी सम्पूर्ण शोषित–पीडित महिला बुर्जुवा व्यवस्थाभित्रको सुधारमा मात्र सीमित नहोउन् भन्नका लागि उनीहरूलाई संगठित रूपमा क्रान्तिकारी आन्दोलनमा अगाडि बढाउनु हुने छ ।

    विगतको तुलनामा अहिले महिलाको पक्षमा धेरै सुधारात्मक काम भएका छन् । २०७२ सालमा बनेको नेपालको संविधान र त्यसपछि बनेका कानुनमा महिला अधिकारका विषय सुनिश्चित भएका छन् । सम्पत्तिमा छोरीलाई समान अधिकार, समान कामको समान ज्याला, शिक्षा र स्वास्थ्यमा अधिकारलगायतका महत्वपूर्ण विषय समावेश भएका छन् । ती विषयलाई लिएर हाम्रो संगठनले विगत दशकौँदेखि आन्दोलन गर्दै आइरहेको छ । यी विषयलाई हामीले आन्दोलनको उपलब्धिको रूपमा लिएका छौँ र त्यसलाई कार्यान्वयन गर्नका लागि पनि जोड दिन्छौँ ।

    सिद्धान्ततः यी मौलिक हकसम्बन्धी विषय राजनीतिक दलका नेताहरू सहमत भएर संविधानमा समावेश गरिए पनि त्यसलाई कार्यान्वयन गर्न स्वयं उनीहरू नै अनिच्छुक देखिएका छन् । राज्य सञ्चालनका हरेक क्षेत्रमा महिलाको सहभागिताको ग्यारेन्टीका लागि पनि संविधानमा आरक्षणको महत्वपूर्ण व्यवस्था भएका छन् । राष्ट्रपति र उपराष्ट्रपति, सभामुख र उपसभामुखजस्ता उच्च गरिमामय पदमा एकजना महिला अनिवार्य गर्नु हाम्रोजस्तो पुरुषप्रधान समाजका लागि सामान्य कुरा होइन । संसदमा ३३ प्रतिशत महिला अनिवार्य, गाउँपालिका, नगरपालिका प्रमुख उपप्रमुखमध्ये एकजना महिला अनिवार्य गरेको छ भने स्थानीय तहमा ४० प्रतिशत महिला अनिवार्य निर्वाचित हुने व्यवस्था छ ।

    सैगरी राजनीतिक दलका विभिन्न समितिमा ३३ प्रतिशत महिला अनिवार्यको कानुन पनि बनेको छ । यसरी महिलालाई अधिकार दिनेबारेमा राजनीतिक दल, नेता÷कार्यकर्ता र विभिन्न वर्ग÷समुदाय सैद्धान्तिक रूपमा सहमत भएर नै संविधान र कानुनमा यति धेरै महिला अधिकारको व्यवस्था सम्भव भएको हो । तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नेबारेमा भने उनीहरू नै अनुदार देखिएका छन् । महिला मुक्तिप्रति अनुदार देखिएका छन् । जबकि महिलामुक्तिका लागि आवाज उठाउने तिनै राजनीतिक दलले अहिले शासनसत्ताको बागडोर समालिरहेका वा सञ्चालन गरिरहेका छन् र संविधान कानुन कार्यान्वयन गर्ने ठाउँमा छन् ।

    शासक दलले महिला अधिकार कार्यान्वयनप्रति देखाएको उदासिनताले यो बताउँछ कि बुर्जुवा व्यवस्थामा महिला अधिकारका प्रशस्त कानुन बने पनि महिलाले दैनिक व्यवहारमा उपभोग गर्न धेरै संघर्ष गर्नुपर्दछ । छिमेकी मुलुक भारतलगायत बुर्जुवा व्यवस्था लागु भएका विश्वका ठुला र धनी पुँजीवादी राष्ट्रमा महिलाले भोगिरहेका विभिन्नखाले विभेदले त्यही कुराको प्रमाणित गर्दछ । बुर्जुवा व्यवस्थामा प्राप्त संवैधानिक कानुनी अधिकारबाट महिलाले पूर्ण मुक्ति र समानता प्राप्त गर्न सक्दैनन् । त्यसकारण आउने दिनमा हुने नयाँ जनवादी, समाजवादी व्यवस्थाको स्थापनाले मात्र महिलामाथिको सम्पूर्ण विभेद, उत्पीडिन, हिंसालगायतका सबै प्रकारका असमानताको अन्त गर्ने छ र महिलाको पूर्ण मुक्ति र समानता प्रदान गर्ने छ ।

    २. राष्ट्रियताको रक्षा
    नेपाल दुई ठुला देशको बीचमा रहेको सार्वभौमसत्तासम्पन्न सानो मुलुक हो । अन्तर्राष्ट्रिय राजनीतिक हिसाबले नेपालको भू राजनीतिक स्थिति अति नै महत्वपूर्ण छ । नेपालको उत्तरतर्फ क्षेत्रफलको हिसाबले ७५ गुणा ठुलो र जनसंख्याको हिसाबले ७० गुणा ठुलो छिमेकी देश चीन छ भने दक्षिणतर्फ भूगोलको हिसाबले २२ गुणा ठुलो र जनसंख्याको हिसाबले ४४ गुणा ठुलो भारत छ । चीनतर्फका सिमाना बन्द छन् भने दुई देशका जनता आवत्जावत् गर्नका लागि भिसा प्रणाली लागु छ । भारतसँग पूर्वपश्चिम र दक्षिणतर्फ सिमाना खुल्ला छ र नेपाल भारतका जनता निर्वाध रूपमा आवत्जावत् गर्दछन् । त्यसको कुनै शर्त छैन ।

    खुल्ला सिमानाका कारण भारतसँग नेपालको परापूर्व कालदेखि नै ठुलो मात्रामा जनस्तरमा पारस्परिक रूपमा वैवाहिक, सामाजिक, सांस्कृतिक सम्बन्धलगायत धेरै सम्बन्ध कायम छन् । यति हुँदाहुँदै पनि छिमेकी मुलुक भारतकै कारण हाम्रो देशको राष्ट्रियतामा गम्भीर सङ्कट पैदा भइरहेको कुरा दिनको घामजस्तै छर्लंग छ । नेपाललाई सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको रूपमा अघि बढ्न भारतले सधैँ बाधा हालिरहेको छ ।

    भारतीय साम्राज्यवादले नेपालको सरकार, प्रशासन, नागरिकता नीति, नेपाली जलसम्पदा, विभिन्न हिसाबले रणनैतिक महत्वका स्थानलगायत हरेक ठाउँमा हस्तक्षेपकारी नीति अवलम्बन गरिरहेको छ । त्यति मात्र होइन, नेपाललाई भारतीय संघमा मिलाउन दशकौँदेखि प्रयत्न गर्दै आइरहेको छ । पछिल्लो समय उसले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समावेश गरेर एकतर्फी रूपमा राजनीतिक नक्सा सार्वजनिक गरेको छ । यो नेपालको सार्वभौमिकतामाथिको ठाडो हस्तक्षेप हो । यस प्रकारको हस्तक्षेपको हाम्रो संगठन घोर भत्र्सना गर्दछ ।

    भारतीय साम्राज्यवादको यस प्रकारको ठाडो हस्तक्षेपले त्यसका विरुद्धको आन्दोलनलाई झन् उचाइमा पु¥याउनुपर्ने आवश्यकता टड्कारो बनेको छ । विभिन्न ऐतिहासिक तथ्य र प्रमाणको आधारमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको कुरामा कुनै विवाद छैन । यिनै प्रमाणको आधारमा कालापानीबाट भारतीय सेना हटाउन र नेपाली भूमि फिर्ता लिनका लागि सरकारले उच्चस्तरीय राजनीतिक र कूटनीतिक माध्यमबाट कडा कदम उठाउन आवश्यक छ । यो महत्वपूर्ण विषय हो कि भारतीय साम्राज्यवादको ठाडो हस्तक्षेपको सबै राजनीतिक दलले एकस्वरले विरोध जनाएका छन् र समस्या समाधानका लागि सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यस प्रकारको प्रतिबद्धता सरकारको लागि महत्वपूर्ण अवसर हो ।

    सरकारले भारतीय पक्षले एकतर्फी रूपमा सार्वजनिक गरेको नक्सा नमान्ने र लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएको कुरा उल्लेख गरेर भारत सरकारलाई कूटनतिक नोट पठाए पनि भारतले त्यस विषयमा खास चासो देखाएको छैन भने सहज रूपमा कालापानीबाट उसको सैनिक फिर्ता लैनान र लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपाललाई छोड्न तयार छैन । यसले कैयौँ कूटनीतिक चाल बुनेर नेपाल सरकारलाई अल्मलाउने भरपूर कोशिस गरिरहेको छ । यो जटिल अवस्थामा सरकारले आफ्नो भूमि फिर्ता लिन दृढतापूर्वक उच्च राजनीतिक र कूटनीतिक पहललाई निरन्तरता दिनुपर्दछ ।

    नक्सा सार्वजनिक गर्ने कार्य भारतको पछिल्लो कदम मात्र हो । उसले विगतदेखि नै नेपालसँग सिमाना जोडिएका जिल्लामध्ये २३ जिल्लाको ७१ स्थानमा ६० हजार हेक्टरभन्दा बढी जमिन अतिक्रमण गरेको छ । यीलगायतका कारणले नेपालको राष्ट्रियतामाथिको खतराको प्रमुख कारण भारतीय साम्राज्यवाद भएको कुरामा दुईमत छैन । नेपालको राष्ट्रियता बलियो भएमा मात्र महिलालगायतका जनवर्गका हक–हितको विषयले प्राथमिकता पाउने छ भने राष्ट्रियता नै कमजोर भएमा देशै गुम्ने अवस्था आएमा हामी सबैका हक–अधिकार नै कुण्ठित हुने छन् । त्यसकारण राष्ट्रियताको रक्षाको प्रश्न हाम्रा लागि गम्भीर र महत्वपूर्ण विषय हो ।

    ३. महिला हिंसाको विरोध
    नेपालको प्रजातान्त्रिक तथा वाम आन्दोलनमा नेपाली महिलाको अहम् भूमिका रहँदै आएको छ । राजनीतिक परिवर्तनका लागि चलेका आन्दोलन चाहे त्यो पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन होस् वा निरंकुश राजतन्त्र विरुद्धको आन्दोलन होस्, महिलाहरू अथक रूपमा लागिरहे । छ दशकभन्दा लामो संघर्षबाट नेपालको लोकतान्त्रिक गणतन्त्र र नेपाली जनताका प्रतिनिधिबाट निर्माण भएको संविधान प्राप्त गरेको छ । संविधानकै व्यवस्थानुसार राष्ट्रपति, सभामुख, प्रधान न्यायाधीशजस्ता गरिमामय पदमा महिलाहरू आसिन भइसकेका छन् । हाम्रोजस्तो सामन्तवादी चिन्तनबाट ग्रस्त मुलुकका महिलाले यस्तो अवसर पाउनु चानचुने कुरा होइन । यति हुँदाहुँदै पनि नेपाली महिलामाथिको हिंसामा भने कुनै कमी आउन सकेको छैन । महिला हत्या, बलात्कार, बेचविखन, बालविवाह, कुटपीट, घरनिकाला, एसिड प्रहार, बोक्सीको कारण हत्या, दाइजो नपाएका कारण हत्या, छाउपडी गोठमा मृत्युलगायतका दर्दनाक घटना दिनानुदिन सञ्चार माध्यममा आइरहेका छन् ।

    संविधान र कानुनले महिला हिंसा विरुद्धको कानुनी अधिकारको व्यवस्था गरेको छ र महिलाको हक–हितको रक्षा गर्ने घोषणा पनि गरेको छ । तर महिलाहरू अहिले पनि निरीह, अवला बनेका छन् । महिला आफ्नै घरभित्रै असुरक्षित बनेका छन् भने समाजमा पनि त्यत्तिकै असुरक्षित छन् । एउटा पछिल्लो तथ्याङ्कअनुसार कुल हिंसामा परेकामध्ये ६६.७२ प्रतिशत महिलामाथि घरेलु हिंसा भएको तथ्याङ्क सार्वजनिक भएको छ । यस प्रकारको तथ्याङ्कले महिलाहरू घरभित्र र सार्वजनिक दुवै स्थानमा त्यतिकै हिंसामा परेको कुरा बताउँछ भने बेरोजगार समस्याका कारण विदेशिन बाध्य भएका महिला विदेशमा नै विभिन्नखाले शोषणमा परेका छन् ।

    कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार गरी हत्या गर्ने अपराधीलाई सरकारले अहिलेसम्म कानुनको दायरामा ल्याउन सकेको छैन । घरसमाजमा यति धेरै महिलामाथि हिंसा भइरहँदा हाम्रो समाज भने मूकदर्शक र निरीह बनेर बसिरहेको छ भने सरकारले हिंसा न्यूनीकरणका लागि जुन खालको तदरुकताका साथ काम गर्नुपर्दथ्यो, त्यो गर्न सकेको छैन । देशमा यति धेरै राजनीतिक परिवर्तन भएर पनि महिलाले त्यो परिवर्तनको महशुस गर्न पाएका छैनन्, बरु कतिपय महिला हिंसाका घटनाहरू त दासयुगकै झझल्को दिनेगरी घटेका पाउँछौँ ।

    महिलामाथि हुने हिंसामा किन कमि आउन सकेको छैन ? यो हामी, हाम्रो समाज र सिंगो मुलुकका लागि एउटा गम्भीर चिन्ताको विषय हो । अब हामीले महिला हिंसालाई मजलज गरिरहने पुरानो प्रकारको राज्य संरचना, सामन्ती सामाजिक तथा सांस्कृतिक अवस्था र पुरुषप्रधान समाजको विरुद्ध आन्दोलनको आँधीबेहरी ल्याउनुपर्ने आवश्यकता भइसकेको छ । पुरुषप्रधान मानसिकता, सामन्ती सामाजिक, सांस्कृतिक मान्यतामा खैलाबैला ल्याउनेगरी सामाजिक, सांस्कृतिक आन्दोलनको उठान नभएसम्म महिला हिंसामा कमी आउने छैन । हाम्रो सम्मेलनले त्यो दिशामा अघि बढ्न महत्वपूर्ण कार्यक्रम ल्याउनेबारेमा आशावादी छौँ ।

    यिनै उद्देश्य तथा कार्यभारका साथ संगठनको सातौँ राष्ट्रिय सम्मेलनले पारित गर्ने नीति निर्णय र कार्यदिशाले समग्र महिला आन्दोलनको दिशानिर्देश गर्ने छ भने राष्ट्रियताको रक्षाको आन्दोलनलाई पनि प्राथमिकताका साथ अगाडि बढाउने छ भन्ने विश्वास गरेका छौँ । सङ्गठनका कार्यकर्ता, समर्थक र यहाँहरू सबैको सहयोग र समर्थनले हामी यो ऐतिहासिक क्षणसम्म आइपुगेका छौँ । आगामी दिनमा पनि यसै प्रकारको सहयोग र समर्थनले हामी अघि बढ्न सक्ने छौँ । अन्त्यमा ऐतिहासिक सातौँ राष्ट्रिय सम्मेलन सफल पार्न सहयोग गर्न सबैमा हार्दिक अनुरोध गर्दछौँ ।

    आइतबार, माघ १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.