ब्रसेल्स । युरोपेली नेताहरूले बिहीबार यहाँ आयोजित शिखर सम्मेलनपछि रुसविरुद्धको प्रतिबन्धको नवौं प्याकेजलाई अनुमोदन गरेको छ।
युरोपेली परिषद्ले शिखर सम्मेलनको अन्तिम घोषणामा नेताहरूले रुसमाथि सैन्य कारबाही अन्त्य गर्न र युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न सामूहिक दबाब कसरी बढाउने भन्ने विषयमा छलफल गरेको बताएको हो ।
उनीहरूले रुस विरुद्ध युरोपेली सङ्घको प्रतिबन्धात्मक उपायबारे थप छलफल गरेका छन् । इयुको प्रतिबन्धात्मक उपायको नवौँ प्याकेज र अन्तर्राष्ट्रिय तेल मूल्य क्यापलगायत विषयमा गहिरो छलफल भएको छ ।
युक्रेनलाई मदत गर्नका लागि १८ बिलियन युरो (१९.१ बिलियन अमेरिकी डलर) को आर्थिक सहायता प्याकेज पनि एजेन्डामा थियो तर नेताहरूले यो विषयलाई अनुमोदन भने गरिएको छैन ।
‘युरोपियन युनियन प्रतिबन्धलाई थप बलियो बनाउन तयार छ । युरोपेली परिषदले प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने र छलछाम रोक्न र यसको सहजीकरणको महत्त्वलाई जोड दिने छ’ नेताहरूले सम्मेलनपछि बताएका छन् । (रासस–सिन्ह्वा)