काठमाडौं । राष्ट्रिय जनमार्चाले उम्मेदवारी दिएका दुई प्रतिनिधि सभा र एक प्रदेश सभामध्ये बागलुङ १ प्रतिनिधि सभामा विजयी भएको छ ।
प्युठान प्रतिनिधि सभामा राजमो पछाडि छ भने अर्घाखाँची प्रदेश सभा क मा झिनो मतले पराजित भएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ क्षेत्र नं १ बाट विजयी हुनुभएको हो ।
बुधबार अपरान्ह सम्पन्न मतगणनामा केसी २ हजार ६२६ मतान्तरसहित विजयी हुनुभएको छ । केसीले २१ हजार ४५१ मत ल्याउँदा केसीका प्रतिद्वन्द्वी एमाले उम्मेदवार सूर्य पाठकले १८ हजार ८२५ मत ल्याए ।
यता प्युठानमा भने राजमो ३ हजार ६४१ मतले राजमो पछाडि परेको छ । यहाँ एमालेका सूर्य थापाले २६ हजार ८९७ मत ल्याउँदा दुर्गा पौडेलले २३ हजार २५६ मत ल्याउनुभएको छ । घण्टी चिह्नलाई १८ सय ६२ मत प्राप्त भएको छ ।
यस्तै, अर्घाखाँची क मा राजमो ७४० मतले पराजित भएको छ ।
एमालेका उम्मेदवार चेतनारायण आचार्य २० हजार ५१८ सहित विजयी हुँदा सागर केसीको १९ हजार ७७८ मत आएको छ । यद्यपी निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा भने गरिसकेको छैन ।
अघाँखाँचीमा सागर केसीलाई समर्थन गरेका एकीकृत समाजवादीका रामबहादुर चौहानको ३७९ मत आएको छ । यस्तै, यहाँ हलोले ८७९ मत ल्याएको छ ।
अर्घाखाँचीको प्रदेश ख मा पनि एमालेका रामजी प्रसाद घिमिरे विजयी भइसकेका छन्।
प्रतिनिधि सभातर्फ एमालेका टोपबहादुर रायमाझी र कांग्रेसका पुष्पा भुसालबीच प्रतिस्पर्धामा रायमाझी अगाडि छन् ।