काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको बागलुङ क्षेत्र नं १ बाट विजयी हुनुभएको छ ।
Advertisement
बुधबार अपरान्ह सम्पम्म मतगणनामा केसी २ हजार ६२६ मतान्तरसहित विजयी हुनुभएको राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य एवम् निर्वाचन परिचालन समितिका संयोजक थानेश्वर सुवेदीले जानकारी दिनुभयो ।
केसीले २१ हजार ४५१ मत ल्याउँदा केसीका प्रतिद्वन्द्वी एमाले उम्मेदवार सूर्य पाठकले १८ हजार ८२५ मत ल्याएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार घण्टी चिह्नका खिमानन्द कँडेलले ९ हजार १८१ मत ल्याएका छन् ।
यस्तै हलाे ९०३, करूवा १२५ र मुढामा १९३ मत अाएकाे छ भने १ हजार ७१४ मत बदर भएकाे छ ।
बागलुङ १ (१) मा कांग्रेसका थापा र २ (१) मा शेरचन विजयी
बागलुङ १ ‘ख’मा कांग्रेसका डिल्ली र २ को ‘ख’ मा द्रोण विजयी






