मस्को । रुसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा मार्सल ल लागु गरेको घोषणा गरेको छ । रुसी राष्ट्रपतिले बुधबार सो जानकारी दिनुभएको हो ।
Advertisement
‘मैले रुसी महासङ्घका डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया गरी चार क्षेत्रमा मार्सल ल लागु गर्ने आदेशमा हस्ताक्षर गरेको छु’ पुटिनले टेलिभिजनमार्फत प्रसारण भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा भन्नुभयो ।
सम्बोधनपछि क्रेमलिनले एक निर्देशन जारी गर्दै बिहीबार बिहानदेखि सैनिक शासन लागु हुने जनाएको छ । मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौँदेखि युक्रेनी सेना अघि बढिरहेका बेला पुटिनको यो घोषणा आएको हो । (रासस/एएफपी)