मोगादिसु । संयुक्त राष्ट्रसङ्घीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या अझै बढ्न सक्ने जनाएको छ ।
उक्त निकायले सोमालिया तथा अरू देशका सरकारलाई पनि सोमालियामा बढ्दो मात्रामा देखिएको कुपोषणले झनै भयावह रूप पनि लिन सक्ने बताइएको छ ।
सोमालियामा विगत निकै लामो समयदेखि कुपोषणको शिकार रहेको र आगामी वर्षदेखि यहाँको यो समस्याले थप विस्तारित रूप लिएको बताइएको छ । युनिसेफले पछिल्ला वर्षमा सोमालियमा कुपोषणबाट मृत्य हुने बालबालिकाको समस्या बढेकाले आगामी दिनमा यस विषयमा सोच्नुपर्नेमा जोड दिएको छ ।
यहाँका बालबालिकामा पछिल्लो समयमा कुपोषणको समस्या देखिन थालेको र यसबाट मृत्यु हुनेको सङ्ख्या पनि दिन–प्रतिदिन बढ्दै गएको पाइएको पनि युनिसेफले जनाएको छ । सो संस्थाका अनुसार गएको मे महिनादेखि आजसम्म कम्तीमा पनि ४४ हजार बालबालिका विरामी भएर अस्पताल भर्ना भएका र तीमध्ये अधिकांश नै कुपोषणको शिकार हुन पुगेका पनि बताइएको छ । (रासस/सिन्ह्वा)





