सुवाश संयम
उसको सेतै फुलेको कपाल
त्यो कपाल भित्र
यो देश पाकेको छ
चाउरिदै गरेका उसका गाला भित्र
यो देशका कयौं सपनाहरु पाकेका छन
उसले कटाएका आठ दशक
उसले बिताएको समग्र जिवन
त्यो यहि देशको लागी
यीनै जनता र मुक्तिको लागी
नौ जवान र बालबालिकाको
सुन्दर भबिस्यको लागी
हो यो माटो र यहि धर्तीको लागी।
उसको पनि मन थियो
उसको पनि बैस थियो
थिए परिवार र आफन्तहरु
अरुका जस्तै उसका पनि थिए
अनगिन्ती महत्वाकांक्षाहरु
र कयौ कयौ सपनाहरु
तर ति हरेक सपना भन्दा
धेरै माथी उठेर
कयौ माइल टाढाको एउटा छुट्टै सपना देख्यो
अनि उसले त्याग्यो
आफ्ना स्वार्थका हरेक सपनाहरु
आफ्ना मनका कयौ चाहानाहरु
महत्वाकांक्षाहरु
र उसले त्याग्यो उसका प्रत्येक रहरहरु
मुक्ति युद्धको पहिलो पङ्त्तीमा उभिएर
उसले लड्यो कयौ युद्धहरु
दुश्मनहरुका विरुद्द
देश र उसका सपनाको
उपहास गर्नेहरुका बिरुद्ध
अनि आफ्नै बनेर
धराप थाप्नेहरुका विरुद्ध!
उसले लडेको युद्ध
उसले बनाएको बाटो
उसले देखेको सपना अनि
उसले पुग्नु पर्ने गन्तव्यको
त्यो बिजयी र अमर यात्रा
त्यो लामो र निक्कै सुनौलो भबिस्यको
त्यो अपराजित यात्राको
एउटा अजिब यात्री बनेर
उ अविरल लडिरह्यो
हावा लाग्यो, हुरि चल्यो
आँधी आयो, तुफान चल्यो
तर उ लडिरह्यो निरन्तर निरन्तर
उमेरले निकै टाढा भएर पनि
उ त्यतिकै जवान छ
बिग्रदो स्वास्थ्यको अबस्थामा पनि
उसले आफुलाइ निक्कै मजबुत ठानिरहेछ
आधा रातमा पनि मेसिन बनेर
उ अहोरात्र खटिरहन्छ
भोको पेटमा पनि
कयौं योजनाको भारी कसेर
उसले उकालो पहाड चडिरहन्छ
बिसन्चो सरिर बोकेर पनि
तिनै सपनाको वरिपरि चम्किरह्न्छ
अनि आफुलाइ उभ्याइरहन्छ
त्यै बैसमा देखेको
मुक्तिको सपनाको पक्षमा
अनि करोडौं बच्चा र नौ जवानको सुन्दर भबिस्यको सपनाको पक्षमा
उभिरहन्छ सधै शिखरमा
एउटा सुन्दर युवा लडाकु बनेर
त्यो चम्किलो रातो तारा।।।
