• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कम्युनिस्ट आन्दोलनमा बुद्धिजीवीको भूमिका


  •   आइतबार, पुष १३, २०७६ मा प्रकाशित
  • दुर्गा खरेल

    Advertisement

    अहिले कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । संसारको कुनै पनि देशमा कम्युनिस्ट पार्टी सत्तामा भएर समाजवादी व्यवस्था निर्माण गरिरहेको अवस्था छैन । कम्युनिस्ट पार्टी सत्तामा भएको भनिए पनि नाम मात्रका कम्युनिस्ट पार्टी हुन् । तिनीहरूमा सर्वहारा वर्गको अधिनायकत्व पनि छैन र ती पार्टीले समाजवादी व्यवस्था स्थापना गर्न वर्गसङ्घर्ष चलाएका पनि छैनन् ।

    सिद्धान्तमा द्वन्द्वात्मक भौतिकवादी दर्शन र अतिरिक्त मूल्यको सिद्धान्त, राजनीतिमा समाजवादी र सङ्गठनमा सर्वहारा वर्गको अधिनायकत्व—यी तीनवटा विषयमा स्पष्ट भएर जनवादी केन्द्रीयताको आधारमा सङ्गठन परिचालन गर्ने कम्युनिस्ट आन्दोलनको प्रारम्भिक शर्त हो । कम्युनिस्ट घोषणापत्रलाई आधार बनाएर आफ्नो राजनीतिक कार्यक्रम निश्चित गर्ने पार्टीको नेतृत्वमा कम्युनिस्ट आन्दोलन र वर्गसङ्घर्ष अगाडि बढ्नुपर्छ । कम्युनिस्ट पार्टीका संस्थापक नेता माक्र्स, एङ्गेल्स र अनुयायी नेता लेनिन, स्टालिन र माओले त्यसै गरेका थिए । समय र परिस्थितिअनुसार विश्लेषण गर्दै थप योगदान पु¥याएका पनि थिए ।

    कम्युनिस्टमा हुनुपर्ने पहिलो शर्त कम्युनिस्ट विश्व दृष्टिकोण हो । समाजवादी विश्व दृष्टिकोणको विकास नभएको कम्युनिस्ट पार्टीको नेताले समाजवादी समाज निर्माण गर्नमा योगदान पु¥याउन सक्दैन । समाज विकासको क्रममा पुँजीवादी व्यवस्था विकास हुँदै जाँदा त्यसैको गर्भबाट समाजवादी व्यवस्था हुर्कदै जाने भए पनि पुँजीवादलाई विस्थापन नगरिकन समाजवाद स्थापना हुन सक्दैन । त्यसैले बुद्धिजीवीले आफै पुँजीवादी बाटो हिँडेर होइन, समाजवादी दृष्टिकोण विकास गरेर अहिलेको अवस्थामा आमूल परिवर्तन हुन सक्छ भन्ने स्पष्ट अग्रगामी कार्यलाई सहयोग पु¥याउन आफ्नो योगदान थप्न सक्छन् र सक्नुपर्छ ।

    कम्युनिस्ट आन्दोलनमा योगदान पु¥याउनका लागि ठोस अवस्थाको ठोस विश्लेषण गर्न सक्ने क्षमताको विकास गर्ने तथा सिद्धान्त र व्यवहारबिचमा एकतारूपता ल्याउने र अर्कातिर, श्रम गर्नमा प्रतिष्पर्धा गर्दै शारीरिक र बौद्धिक दुवै काम बिना हिच्किचाहट गरेर सामूहिक अनुशासन पालना गर्नु आवश्यक शर्त हो । कम्युनिस्टको उद्देश्यमा खोट हुनुहुन्न । आफूलाई कम्युनिस्ट भन्ने तर कम श्रम गरेर उच्च सुविधा उपभोग गर्ने उद्देश्य राख्ने गर्दा कम्युनिस्ट आन्दोलनमा नकारात्मक असर पर्न जान्छ । कम्युनिस्ट आन्दोलनलाई योगदान पु-याउन वर्गसङ्घर्षमा सहभागी हुनुपर्छ । त्यो सङ्घर्ष पुँजीजीवीका विरुद्ध श्रमजीवी आपसमा सङ्गठित भई गर्ने सङ्घर्ष हो । सङ्घर्ष गर्ने नाममा भौतिक परिस्थिति र आफ्नो अवस्थाको विचार नपु¥याइकन ध्वंसात्मक काम गर्ने, त्यसप्रति समर्थन नपाए अन्धकार महशुस गरी फेरि बुर्जुवा व्यवस्थालाई सहयोग पुग्नेगरी सम्झौता गरेर दलालसमेत बन्नु बुद्धिजीवीको काम होइन । सम्पूर्ण राजनैतिक सङ्घर्ष वास्तवमा वर्गसङ्घर्ष नै हो । वर्गसङ्घर्षलाई व्यवस्थित बनाउनेगरी सहयोग गर्नमा आफ्नो योगदान मिसियो भने मात्र कम्युनिस्ट आन्दोलन अघि बढ्छ ।

    कम्युनिस्ट जनताभन्दा सचेत भए पनि उनीहरूको ध्यान जनतालाई सचेत र सङ्गठित बनाउनमा जानुपर्छ, जनताको पिछडिएको चेतनाबाट आफूले फाइदा उठाउने अवसरको खोजीमा होइन । बुद्धिजीवीले आफ्नो योग्यताको विकास गर्दा दुई पक्षं एकातिर, प्रकृतिका विरुद्ध सङ्घर्ष व्यवस्थित बनाउन उत्पादन कार्यमा सहभागी हुनेमा र अर्कातिर, आफ्नो परिश्रमबाट उत्पादन भएका आवश्यक वस्तु अर्काले श्रम नगरिकन अथवा निम्नस्तरको श्रम गरेर उच्चस्तरको सुविधाका लागि उपयोग हुन नदिन वर्गसङ्घर्ष—यी दुवै काममा ध्यान दिएर अघि बढ्नुपर्छ । दुवै कामका लागि सङ्गठित शक्ति आवश्यक हुने भएको हुनाले सङ्गठनको अनुशासनमा बस्ने क्षमता विकास गर्नुपर्छ । त्यसो भनेको जनवादी केन्द्रीयताको पालना गर्नुपर्छ अथवा आफ्नो चाहनानुसार होइन, सामान्य सिद्धान्तको रूपमा केन्द्रीय निर्देशन पालना गर्नुपर्छ भन्ने हो । एकजना मात्रको श्रमले कुनै पनि काम सम्पन्न हुन सक्दैन । हामीले समाजमा सङ्गठित प्रयत्न गरेका हुन्छौँ । तर उत्पादनका साधन व्यक्तिको नाममा दर्ता हुँदा धेरै उत्पादनका साधन हुनेले श्रमजीवीलाई शोषण गरेको हुन्छ । सम्पत्तिको सामूहिक स्वामित्व हुँदा वर्गीय चरित्र नष्ट हुन्छ र योग्यतानुसार काम र कामअनुसार दामको नियम लागु गर्दा शोषण हुन पाउन्न ।

    हाम्रो समाज अझै पनि सामन्ती विश्व दृष्टिकोणबाट मुक्त भएको छैन । यसलाई पुँजीवादी विश्व दृष्टिकोणमा रूपान्तरण हुनेगरी सचेत र सङ्गठित पार्नुपर्छ । त्यसो गर्दा आफ्नो विश्व दृष्टिकोण भने समाजवादी नै हुनुपर्छ । पुँजीवादी विश्व दृष्टिकोण भएको बुद्धिजीवीको अगुवाइमा समाजवाद स्थापना हुन सक्दैन । त्यसो गर्दा जनतालाई न्यूनतम पनि पुँजीवादी अनुशासनको मातहतको व्यवहार प्रदर्शन गरेर उच्चतम विश्व दृष्टिकोण समाजमा कायम राख्नुपर्छ । ठुलो प्वालबाट ठुलो र सानो दुवै बिरालो छिर्न सक्ने तर सानो प्वालबाट ठुलो बिरालो छिर्न नसक्ने भएजस्तै समाजवादी विश्व दृष्टिकोण भएको बुद्धिजीवीले सजिलै पुँजीवादी अनुशासन पालन गर्न सक्छ । तर पुँजीवादी दृष्टिकोण भएको बुद्धिजीवीले समाजवादी अनुशासन पालना गर्न सक्दैन । स्यालको सिकार गर्न बाघ मार्ने खजानासहित जानुपर्छ भनेको पनि त्यही हो । नेतृत्वको विश्व दृष्टिकोण समाजवादी नभइकन समाजवादसम्म पुग्ने अनुशासनमा बस्न सक्दैन । त्यसैले कम्युनिस्ट आन्दोलनमा बुद्धिजीवीकोभूमिका भनेकै समाजवादी विश्व दृष्टिकोणको विकास गरेर यो समाजलाई आमूल परिवर्तन गर्ने व्यवहार प्रदर्शन गर्ने हो ।

    अहिलेको हाम्रो समाजमा व्यक्तिगत सम्पत्ति नभएको व्यक्ति वा परिवारलाई दैनिक गुजारा चलाउन सम्भव र सजिलो छैन । रोजगारीको ग्यारेन्टी छैन । महिलालाई आफ्नो अधिकार र कर्तव्यको बोध छैन । पहिलेको पुस्ता शिक्षित र सचेत छैन । सांस्कृतिक स्तर निम्न छ । उद्योगधन्दाको विकास भएको छैन । साम्राज्यवादी शोषणको प्रभावले शिक्षा र स्वास्थ्य उपचारसम्बन्धी संस्था व्यक्तिगत भएकोमा चर्को शोषण छ । अर्कातर्फ, सरकारी संस्थानमा कमजोर व्यवस्थापन रहेकाले सर्वसाधारण जनताको अवस्था अत्यन्त दयनीय बन्दै गएको छ । यस्तो प्रतिकूल अवस्थामा बुद्धिजीवीलाई भौतिक रूपमै सर्वहाराकरण गर्न सजिलो नभएकाले कमसेकम समाजको नेतृत्व गर्ने चाहना राख्नेलाई चेतनाको हिसाबले विश्व दृष्टिकोणमा सर्वहाराकरण गर्ने मात्रै हो भने पनि कम्युनिस्ट आन्दोलनलाई सहयोग पुग्ने प्रशस्त सम्भावना छन् । त्यसो गर्दा कमसेकम पुँजीवादी नैतिकताभित्र पनि आफ्नो स्थान पहिचान गर्ने क्षमताको विकास गर्न जरुरी छ । आफूले सामन्ती नैतिकतामा व्यावहारिक जीवन बिताउने, जनतालाई झुक्याउन कम्युनिस्ट नैतिकताका कुरा गर्ने कृतिम संस्कृतिका कारणले कम्युनिस्ट आन्दोलनमा नोक्सान पुगेको छ । जनतालाई नामधारी कम्युनिस्टले छरेको भ्रमबाट मुक्त गराउन क्रान्तिकारी बुद्धिजीवीले सकारात्मक भूमिका खेल्न जरुरी छ ।

    पुँजीवादी समाज पुँजीपति वर्गको मात्र समर्थनमा टिकेको छ भन्ने होइन, मजदुरले आफ्नो श्रम किन्ने भएको हुनाले पुँजीपति वर्गलाई छाड्न सक्दैन । बुद्धिजीवी, बैज्ञानिक, कलाकार, डाक्टर, वकिल, इन्जिनियर आदि धेरै मान्छे, जसले आफ्नो स्वतन्त्र श्रम गरेर आवश्यकता पूरा गर्न सक्नेसमेत पुँजीको टेवामा रहेको हुनाले यो व्यवस्था अडिएको हो । श्रमजीवीले नै पुँजीवादी बाटो अँगालेको कारणले पुँजीवादी व्यवस्था अडेको र कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा भएको हो । बुद्धिजीवीहरू जागिरे बन्नुको सट्टा सामाजिक उत्पादन र सामूहिक वितरणको समाजवादी बाटोबाट योग्यतानुसार काम गर्ने र कामअनुसार दाम लिई आवश्यकता पूरा गर्ने सङ्गठित प्रयास गर्ने मात्रै भए पनि कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन मद्दत मिल्ने थियो । पुँजी र श्रमबिचको अन्तरविरोधमा पुँजीपति विरुद्धको सङ्घर्षमा सामेल हुने, सामूहिक अनुशासनको पालना गर्ने र वर्गीय चरित्र अपनाउने गर्दै राजनीतिमा संलग्न हुन सकिन्छ, सम्पत्तिको वर्गचरित्रलाई धरासायी पार्न सकिन्छ र आमूल परिवर्तन गर्न सकिन्छ भन्ने दृढ विश्वासका साथ बुद्धिजीवीले मजदुर र किसानलाई सहयोग गरेर आफ्नो योगदान थप्न सकिन्छ । पुँजीवादी व्यवस्था भविष्य नभएको व्यवस्था हो । बुर्जुवा राज्यसत्ता सञ्चालन हुनुमा बुद्धिजीवीको मुख्य हात छ । त्यसैले शोषणविहीन समाज निर्माण गर्न बुद्धिजीवीले संसार बुझ्ने र बदल्ने काममा सहयोग गर्न सक्नुपर्छ ।

    राज्यसत्ता ठुलो सङ्गठित शक्ति हो र त्यो शोषणमा आधारित भएर अडिएको छ । शोषण हटाउन आफैले आफ्नो शोषित वर्गको पक्ष र शोषकको विपक्षमा राजनीति वर्गसङ्घर्ष चलाउनुपर्छ । त्यसो गर्न सर्वप्रथम समाजमा आफ्नो पहिचान गर्न सक्नुपर्छ । सामाजिक हिसाबले बुद्धिजीवीको स्थान अगाडि हुन्छ । त्यसले समाजमा शोषणयुक्त व्यवहार गरेर आफूलाई पछि पार्नु हुन्न । सर्वप्रथम आफूलाई विश्वास गर्ने मजदुर वर्ग र जनतामाथि विश्वास गर्ने अभ्यासले शोषणलाई घृणा गर्न बल पुग्छ । जनताले तबसम्म सही निर्णय गर्न सक्दैनन्, जबसम्म उनीहरू सचेत र सङ्गठित हुन सक्दैनन् । उनीहरू बुद्धिजीवीको बुर्जुवा व्यवहारले धोका पाएर झुक्किएका हुन्छन् । धोका र भ्रम सफा गर्न क्रान्तिकारी बुद्धिजीवीको महङ्खवपूर्ण भूमिका हुन सक्छ, यदि जनताको विश्वास कायम राख्न सकियो भने । त्यसका लागि पनि बौद्धिक र शारीरिक दुवै काम गर्ने, सिद्धान्त र व्यवहारमा एकरूपमा कायम गर्ने र जनतालाई धोका नदिने गर्नमा साथै समाजवादी बाटो हिँड्नमा आफ्नो सङ्गठित प्रयत्न जारी राख्नुपर्छ ।

    यही समाजमा पनि बुद्धिजीवीको उच्च स्थान हुन्छ । उनीहरूलाई आफ्ना न्यूनतम आवश्यकता पूरा गर्न कसैको दलाली गर्नु पर्दैन । अन्धभक्त भई व्यक्तिगत स्वार्थका लागि गलत कुराको समर्थन नगरे पनि आफ्नो नैतिक मान्यता कायम राख्न सक्छन् । साधारण मजदुर, किसानभन्दा पनि तल्लोस्तरको नैतिकता प्रदर्शन गरेर आफ्नो आत्मसम्मानको मर्यादा कायम गर्न सक्छन् । तर धेरैजसो बुद्धिजीवीको नैतिकता व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि सर्वसाधारण जनताभन्दा पनि तल्लोस्तरमा गिरेको हुनु दुःखको कुरा हो । बुद्धिजीवीले उच्च मनोबलका साथ समाजको नेतृत्व गर्ने क्षमताको विकास गर्न कोशिस गर्ने हो भने सम्भव हुन्छ । श्रम गरेर पारिश्रमिक लिन इज्जत मान्ने, श्रम गर्ने प्रतिष्र्धामा सहभागी भई सही र गलत आफैले छुट्याउन कोशिस गर्ने, शोषणलाई घृणा गर्ने हिम्मत गर्ने हो भने कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन मद्दत पुग्छ । जनताको चाहना र आशा पनि त्यही हो ।

    आइतबार, पुष १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.