• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

आमा


  •   आइतबार, मङि्सर २९, २०७६ मा प्रकाशित
  • मधु क्षेत्री

    Advertisement

    आमा तिमी बलात्कृत हुँदा
    रमाएर हेर्ने ती कपुतहरु
    आमा तिम्रो अस्मितामाथि धावा बोल्दा
    ती विषालु नङ्ग्रा काट्न नसक्ने तिम्रा कपुतहरु
    निर्लज्ज भएर हेरिरहेछन
    आफ्नी आमा बलात्कृत भएको
    आमाको शरीर अङ्गभङ्ग भएको
    अनि लुछिरहेका ती नरपिचासहरुलाई
    टुलुटुलु हेरिरहेछन् ती दुष्ट कपुतहरु

    हो आमा ! तिम्रो शरीर बेच्ने ती कपुतहरु
    आज चिल्ला कारमा गुडिरहेछन
    हवाइजहाज र हेलिप्टरमा उडिरहेछन्
    तिमी छटपटाइरहेकी छौ
    तिमी पीडा र बेदनामा डुबेकी छौ
    तिम्रा शरीरका अङ्गप्रत्यङ्ग
    टुक्राटुक्रा पारिँदा पनि
    ती कपूतहरु निर्लज्ज र निशब्द भएर
    टुलुटुलु हेरिरहेछन्

    हो ! हिजोसम्म तिनीहरुले भन्ने गर्थे
    आमा चिन्ता नलिनुस्
    तिम्रा शरीरसित खेलवाड गर्ने
    ती दुष्टहरुलाई सफाया गर्ने छौँ
    तिम्रो अस्मिताको रक्षाको निमित
    कात्रो बाँधेर रणभूमिमा उत्रने छौँ
    तर तर ती सबै ढोङ रहेछ
    तिम्रा कपुतका
    ती सबै जालझेल रहेछ
    ती दुष्टहरुका
    जब शक्ति र सत्ताको स्वादमा लिप्त भए
    ती कपूतहरु
    आमालाई बेचेर जारी खान पल्के
    ती दुष्टहरु

    तिम्रा शरीरका प्रत्येक अङ्गहरु
    काटेर अलग गरिदिए
    गण्डकी, कोशी र महाकालीको रुपमा
    मालिकलाई भेटी दिए
    आमा तिमीभित्र रहेका अनमोल खजानाहरु
    कौडीको भाउमा मालिकलाई सुम्पिदिए
    तिम्रो सिङ्गो शरीरलाई सात टुक्रा पारिदिए
    तिम्रो टाउकोरुपी मानेभञ्ज्याङमा
    दुष्टहरु परेड खेल्दा
    तिम्रा खुट्टारुपी लिम्पियाधुरा र कालापानीमा
    प्रतिकृयावादी दुस्मनले नंग्रा गाड्दा
    ति दुष्टहरु टुलुटुलु हेरिरहे
    ती कपुतहरु लम्पसार परिरहे

    तर आमा यति पीडा सहँदासहँदै पनि
    ती साना सपुतहरुलाई
    आफ्ना दुधका लाम्टा चुसाएर हुर्कायौ
    हो पक्कै पनि आमा, आज ती सपूतहरु हुर्कदै छन्
    सानाबाट ठुला हुँदै छन्
    तिम्रा शरीरका ती प्रत्येक अङ्गहरु
    जोड्नका निम्ति, टाउकोमा कात्रो बेरेर
    रणभूमिमा हेलिने छन्
    आँधीबेहरी सृजना गर्ने छन्, जनसागर उर्लने छ
    स्वाभिमानी र स्वायत्त राष्ट्रका निम्ति
    वीर सपूतहरुले, प्राणको आहुति दिन तयार हुनेछन् ।

    आइतबार, मङि्सर २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल
    ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    राहत के गर्दैछौ (तिजीगीत)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.