पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नं ४ को अध्यक्षमा राष्ट्रिय जनमोर्चाका सोमकुमार कार्की निर्वाचित हुनुभएको छ।
Advertisement
गठबन्धनका उम्मेदवार कार्कीले वडामा प्यानलै जित्नुभएको हो ।
वडासदस्यमा पविता खाम्चा, धना रुचाल, दुर्गा ढकाल र राजेन्द्र नेपालले विजय हासिल गर्नुभएको छ ।
पाँचदीय गठबन्धन रहेको सो पालिका अध्यक्षमा माओवादीका नारायणबहादुर कार्की र उपाध्यक्षमा कांग्रेसका कान्ता अधिकारी उम्मेदवार हुनुहुन्छ ।