बागलुङ । राष्ट्रिय जनमोर्चाले बाग्लुङको बरेङ गाउँपालिका अध्यक्ष जितेको छ ।
Advertisement
राजमोका अध्यक्ष उम्मेदवार कृष्णप्रसाद शर्मा ३६ सय १ मत ल्याएर विजयी हुनुभएको हो ।
सोमबार अबेर सम्पन्न मतगणनामा उहाँले एमालेका प्रदीप थापामगरलाई पराजित गर्नुभयो । मगरले २२ सय ३२ मत पाउनुभएको छ ।
यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । गठबन्धनका उम्मेदवार कांग्रेसका दिलीप कुमार पुन ३६ सय ८२ मत ल्याएर विजयी हुँदा एमालेका दुर्गा कार्की क्षेत्रीले १९ सय ५५ पाउनुभएको छ ।
बरेङ गाउँपालिकाको १ र २ वडामा राष्ट्रिय जनमोर्चा, ३ मा एमाले र ४ र ५ मा कांग्रेस विजयी भएको छ ।
गाउँपालिका अध्यक्षमा निर्वाचित शर्मा यसअघि पनि साेही पालिकाकाे अध्यक्ष हुनुहुन्थ्याे ।