दिनेश रैदास, दाङ ।
राष्ट्रिय जनमोर्चाको तर्फबाट राजपुर गाउँपालिकामा अध्यक्ष पदमा रामफकिरे रैदास र उपाध्यक्षमा देउकला श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।
अध्यक्ष पदका उम्मेदवार रैदास राष्ट्रिय जनमोर्चा दाङ जिल्ला समिती सदस्य र राजमो राजपुर एरिया समितिका कोषाध्यक्ष हुनुहुन्छ ।
नेकपा (मसाल) निकट तराई मधेस जनवादी मोर्चाका जिल्ला सदस्यसमेत रहेका रैदास मधेसी समुदाय मात्र नभई सबै समुदायका बीचमा लोकप्रिय हुनुहुन्छ ।
उहाँ तत्कालीन नेकपा माओवादी पार्टीको एरिया सेक्रेटेरी भइ युद्धकालिन नेतृत्वमा हुनुहुन्थ्यो । माओवादी पार्टी सर्वाहारा वर्गको राज्यसत्ताप्रति दिग्भ्रमित भएपछि त्यसबाट विद्रोह गरी राष्ट्रिय जनमोर्चामा आबद्ध हुनु भएको थियो ।
त्यसै गरि उपाध्यक्ष पदका उम्मेदवार देउकला श्रेष्ठ राजमो राजपुरका सदस्य हुनुहुन्छ । श्रेष्ठको जन्म २०२२ सालमा रोल्पा जिल्लाको मसिनामा भएको हो ।
उहाँको विवाह कोइलाबास नाकामा भइ विकट लामो समयदेखि राजपुर गाउँपालिका वडा नं ६ को विकट र दुर्गम खङ्रानामा बसोबास गर्दै आउनुभएको छ । उहाँले करिब १४ वर्षसम्म राजपुर गाउँपालिकामा स्वास्थ्य स्वयंसेवि भइ सेवा गरेको अनुभव छ ।
भारतसँग सीमा जोडिएको राजपुरको सो क्षेत्रबाट स्थानीय तहको उच्च पदमा यसअघि कुनै महिला उम्मेदवार बनेका थिएनन् । महिला र सीमा क्षेत्रको गाउँबाट नेतृत्व तहमा महिलालाई अघि बढाउन राजमोले गरेको प्रयासप्रति यसु क्षेत्रका बासिन्दा उत्साहित भएका छन् ।
- राजपुरको अध्यक्षमा रैदास र उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी दर्ता
- राजमो दाङ : कहिँ गठबन्धन, कहिँ एकल उम्मेदवारी