दिनेश रैदास, दाङ ।
राष्ट्रिय जनमोर्चाको तर्फबाट राजपुर गाउँपालिकाको अध्यक्षमा रामफकिरे रैदास र उपाध्यक्षमा देउकला श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ।
Advertisement
निर्वाचन अधिकृतको कार्यालय राजपुर पुगेर उहाँहरुले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
त्यस्तै, वडा अध्यक्षहरूमा क्रमशः वडा नं १ मा वेमराज खनाल, वडा नं २ मा नमराज शर्मा, वडा नं ४ मा राजकुमार विश्वकर्मा, वडा नं ५ मा टेकबहादुर बुढा, वडा नं ६ मा लुद्रबहादुर बुढा र वडा नं ७ मा दिल बहादुर बुढाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।