• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘सहमति विपरित राजावादीलाई सामेल गर्दा संयुक्त वाम आन्दोलनलाई नोक्सानी’


  •   शनिबार, पुष ०३, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले एमसीसीविरुद्धको संयुक्त आन्दोलनका कार्यक्रममा पूर्वसहमति विपरितका गतिविधिले आन्दोलनलाई नै आँच पुर्याएको ठहर गरेको छ । यही मंसिर २८ गते भएको संयुक्त आन्दोलनका क्रममा पूर्वसहमति विपरित राजावादी समूहलाई सामेल गरिएको घटनाले संयुक्त वाम आन्दोलनलाई क्षति पुर्याएको मसालले जनाएको छ ।

    Advertisement

    शनिबार एक वक्तव्य प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले आफ्नो पार्टीको राजावादीसँग सहकार्य नगर्ने नीति रहेको स्पष्ट पार्नुभएको छ । सोही आधारमा संयुक्त बैठकमा पार्टीको नीतिबारे स्पष्ट पार्दै संयुक्त कार्यक्रमको आयोजना गरिएपनि अन्य पक्षले सहमति विपरित गतिविधि गरेको बताउनुभएको छ ।

    • एमसीसीविरुद्धको संयुक्त आन्दोलनमा आचारसंहिताको ख्याल गर्न मसालको आग्रह

    उहाँले संयुक्त आन्दोलनमा आचारसंहिताको ख्याल गर्न र इमान्दारिता प्रदर्शन गर्न पनि सहयात्री दलहरुसँग आग्रह गर्नुभएको छ । वक्तव्यमा एमसीसीका कारण देशको राष्ट्रियतामा गम्भीर आँच आउने अवस्था आएको भन्दै एमसीसी खारेज गर्नुपर्ने कुरामा समेत जोड दिइएको छ ।

    यस्तो छ वक्तव्य
    प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई संसदबाट पारित गराउनका लागि विशेष पहल गरिरहेको समाचारप्रति नेकपा (मसाल) को गम्भीर ध्यान आकर्षित भएको छ । हाम्रो पार्टीको पहिलेदेखि नै यो स्पष्ट र दृढ मत रहँदै आएको थियो र अहिले पनि छ कि एमसीसी नेपालको राष्ट्रियता र सार्वभौमिकता तथा दीर्घकालीन हितका विरुद्ध छ । अमेरिकाले सामान्यतः आफ्ना साम्राज्यवादी उद्देश्यलाई पूरा गर्न तथा विशेषतः चीन विरोधी मोर्चावन्दीमा नेपाललाई पनि सामेल गर्नको लागि एमसीसी पारित गर्नुपर्ने कुरामा लगातार जोड दिँदै आएको छ । प्रकट रूपमा एमसीसीको स्वरुप विकासको जस्तो देखिन्छ । तर त्यसको मुख्य उद्देश्य इण्डोप्यासिफिक रणनीतिको सेवा गर्नु हो । त्यसैले हाम्रो पार्टीले त्यसलाई खारेज गर्नुपर्ने आवश्यकतामा लगातार जोड दिँदै आएको छ ।

    नेपालले लामो समयदेखि असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको छ । नेपालको छिमेकमा दुई ठूला साम्राज्यवादी देशहरू रहेका छन्, नेपालले ती दुवै देशहरूप्रति पनि असंलग्न पराराष्ट्र नीति अपनाउँदै आएको छ । अमेरिकाले नेपाललाई चीन विरोधी अमेरिकी सैन्य क्याम्पमा लैजान चाहन्छ । त्यसले पहिले तिब्बतका विरुद्ध नेपाललाई प्रयोग गर्ने प्रयत्न गर्यो । अहिले एमसीसीको माध्ययमद्वारा नेपाललाई चीन विरोधी मोर्चामा सामेल गर्न चाहन्छ । त्यसो भयो भने नेपालको असंलग्न पराराष्ट्र नीतिको अन्त्य हुनेछ र नेपाल शीत युद्धको अखडामा बदलिने छ ।

    चीन निश्चित रूपले एउटा साम्राज्यवादी देश हो । तैपनि भारतको नेपालप्रतिको हस्तक्षेप र अतिक्रमण तथा अमेरिकी साम्राज्यवादी नीतिका विरुद्ध सन्तुलन र नियन्त्रणका लागि नेपालको विशेष प्रकारको भू–राजनीतिक स्थितिमा चीनसितको मैत्री सम्बन्धले नेपालका लागि विशेष महत्व राख्दछ । एमसीसीले त्यो मैत्री सम्बन्धमा कुठाराघात गर्ने छ र त्यसरी त्यसले भारतीय र अमेरिकी साम्राज्यवादको नै सेवा गर्ने छ । त्यसैले हाम्रो पार्टीले सुरूदेखि नै एमसीसीका विरुद्धको सङ्घर्षमा आफ्नो स्वतन्त्र पहलकदमी वा अन्य राजनीतिक शक्तिहरूसँग मिलेर पहलकदमी गर्दै आएको छ ।

    त्यस सिलसिलामा वामपन्थी शक्तिहरूसितको संयुक्त आन्दोलनले विशेष महत्व राख्ने गरेको छ । एमसीसी विरुद्धको वामपन्थी संयुक्त आन्दोलनमा राजावादीहरूका कारणले केही बाधा पुग्ने र समस्या पैदा हुने देखिन थालेको छ । पहिले पनि कतिपय पल्ट एमसीसीका विरुद्धको २२ दलीय संयुक्त वामपन्थी आन्दोलनमा राजावादीहरूलाई सामेल गरेको हुनाले हामी त्यसबाट अलग हुनुपरेको थियो र आफ्नै एकल पहलकदमीमा त्यो आन्दोलनलाई अगाडि बढाउनु परेको थियो । हालै यही मंसिर २८ गते सम्पन्न एमसीसीका विरुद्धको संयुक्त आन्दोलनमा पनि पुनः त्यही प्रकारको समस्या दोहोरिएको छ । सबै संयुक्त आन्दोलन र संयुक्त वामपन्थी आन्दोलनमा पनि आन्दोलन सुरू गर्नु भन्दा पहिले आन्दोलनका सहभागी, सभामा प्रकट हुने विचार र आन्दोलनका स्वरुपबारे पनि पूर्व सहमति हुने गरेको छ र सबैले त्यसअनुसार आचारसंहिता पालना गर्नुपर्ने आवश्यकता हुन्छ ।

    तर मंसिर २८ गतेको संयुक्त आन्दोलनमा सहमति नभएका विषयहरूमा पनि कतिपय पक्षलाई सहभागी बनाउने, वक्ताको रूपमा प्रस्तुत गर्ने र नाराहरू लगाउने समेत काम गरियो । त्यो दिनको कार्यक्रममा राजावादीलाई सामेल गर्ने कुनै समझदारी भएको थिएन । तर उनीहरूलाई वक्ताको रूपमा अगाडि सारियो । कुनै समझदारी नभएको विषय “नेकपा जिन्दावाद” र “वैज्ञानिक समाजवाद”को नारा लगाइयो । त्यो दिनको कार्यक्रममा घेराउ गर्ने मात्र सहमति भएको थियो । तर आठ दलका बीचमा कुनै सहमति नभएको र आपसमा विचार विमर्श नगरिएको घेरा तोड्ने काम पनि गरियो । प्रश्न यो उठ्दछ, ती सबै कार्यहरू कसको निर्देशनमा गरिएको थियो ? त्यसको समिक्षा हुनुपर्ने र आगामी कार्यक्रमहरूमा परस्परका सहमति र आचारसंहिताको उलङ्घन रोक्ने कुराको ग्यारेन्टी हुुनुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।

    हामी पहिलेदेखि नै राजावादीहरूलाई संयुक्त वामपन्थी आन्दोलनमा सामेल गर्ने कुुराको विरोधी रहँदै आएका छौँ वा उनीहरूलाई सामेल गरिएको संयुक्त आन्दोलनमा सामेल नहुने हाम्रो स्पष्ट नीति रहँदै आएको छ । देशमा लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र आन्दोलनका उपलब्धिहरू समाप्त गर्नका लागि राजावादीहरूले सङ्गठित र योजनावद्ध प्रकारले अभियान चलाउँदै आएका छन् । त्यो अवस्थामा उनीहरूका विरुद्ध अर्थात् प्रतिगमन विरुद्धको सङ्घर्ष अहिलेको ऐतिहासिक र राष्ट्रिय आवश्यकता भएको छ । त्यो अवस्थामा हाम्रो मुख्य जोड उनीहरूका विरुद्धको सङ्घर्षमा नै हुनुपर्दछ भन्ने हाम्रो ठहर छ । उनीहरूसितको कुनै पनि प्रकारको सहकार्य वा उनीहरूप्रतिको सम्झौतापरस्त नीतिले प्रतिगमनका विरुद्धको हाम्रो सङ्घर्षलाई कमजोर पार्ने छ । त्यसैले हामीले उनीहरूसितको सहकार्य वा संयुक्त आन्दोलनलाई विरोध गर्दै आएका छौँ ।

    कुनै पक्षले उनीहरूसित सहकार्य गर्ने निर्णय गरेमा उनीहरूसित बेग्लै सहकार्य गर्न सक्दछन् । तर हाम्रो त्यसमा सामेल नहुने नीति रहेको छ र हामीले त्यो कुरा स्पष्ट गर्दै पनि आएका छौँ । तर परस्परमा कुनै सहमति नगरिकन उनीहरूलाई २८ गतेको कार्यक्रममा जसरी वक्ताको रूपमा सामेल गरियो, त्यसप्रति हाम्रो गम्भीर आपत्ति र विरोध छ । त्यसबाट संयुक्त वामपन्थी आन्दोलनमा धेरै नै आँच पुगेको छ । हामीले आशा गर्दछौँ, आगामी दिनहरूमा त्यस प्रकारको गल्तीलाई दोहोर्याइने छैन । संयुक्त आन्दोलनमा भएको कुनैपनि सहमतिमा हाम्रो पार्टी सधैँ नै इमान्दार रहने गरेको छ । संयुक्त आन्दोलनको त्यो एउटा आधारभूत नियम पनि हो । हामीले अन्य पक्षहरूबाट पनि त्यस प्रकारको इमान्दारिताको आशा गर्दछौँ ।

    २०७८ पुस ३ गते
    मोहनविक्रम सिंह
    महामन्त्री

    शनिबार, पुष ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.