• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

क्यानाडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु

प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

इजरायली चुनावमा नेतान्याहूप्रति ट्रम्पको समर्थन

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

हिंसात्मक घटनापछि मार्सेमा प्रदर्शनमा अस्थायी प्रतिबन्ध

१०३ वर्षीय डा. गौरीशंकर– पहिले बडादसैँमा दुर्गापूजा हुँदैनथ्यो

फ्रान्सका गृहमन्त्री नुनेजद्वारा राजीनामा

लुला र बोल्सोनारोबीच चुनावी बहस हुँदै

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. रोपडमा कलाकार सम्मान तथा सापकोटा दम्पतीको मूल प्रवाहबाट बिदाइ समारोह सम्पन्न

  • ४. बुढीगण्डकी बाढीले दिएको चेतावनी

  • ५. सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

  • ६. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

  • ७. मूल प्रवाहको सहयोगमा हराएकी निर्मला सुनार परिवारको सम्पर्कमा

  • ८. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ९. बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

  • १०. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

एमसीसीविरुद्धको संयुक्त आन्दोलनमा आचारसंहिताको ख्याल गर्न मसालको आग्रह


  •   बुधबार, मङि्सर २९, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्धको संयुक्त आन्दोलनमा आचारसंहिताको ख्याल गर्न सहयात्री दलहरुसँग आग्रह गरेको छ ।

    Advertisement

    मंगलबार भएको संसद भवन घेराउका क्रममा सहमतिविपरित राजावादी पक्षलाईसमेत आन्दोलनमा सहभागी गराइएको र वक्ताको रुपमा सामेल गरिनु ‘आचारसंहिताको उल्लंघन भएको’ मसालले स्पष्ट पारेको छ ।

    आफ्नो पार्टीको राजावादी तथा एमालेसँग कार्यगत एकताको नीति नरहेको दोहोर्याउँदै संयुक्त आन्दोलनका क्रममा सहमतिबेगरका निर्णय बिचमा नगर्न पनि मसालले सहयात्री दलहरुसँग आग्रह गरेको छ । साथै मंगलबार जारी संयुक्त वक्तव्यमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर उहाँहरुको नभएको पनि मसालले स्पष्ट पारेको छ ।

    प्रवक्ता रामप्रकाश पुरीले प्रेसित गर्नुभएको वक्तव्यमा एमसीसीविरुद्ध आन्दोलनका क्रममा प्रहरीले गरेको हस्तक्षेपप्रति भर्त्सना गर्दै घाइते नेता कार्यकर्ताको स्वास्थ्यलाभको कामनासहित गिरफ्तार सबै नेताहरुको बिनासर्त रिहाईको माग गर्नुभएको छ ।

    यस्तो छ वक्तव्य
    ‘ने.क.पा.(मसाल), राष्ट्रिय जनमोर्चा सहित ८ दलद्वारा एमसीसी विरुद्ध संसद घेराउको आजको कार्यक्रममा सरकारले गरेको दमनको हामीले विरोध र भ्रत्र्सना गर्दछौँ । विरोध प्रदर्शनको सिलसिलामा गिरफ्तार सबैको तुरुन्त रिहाइ गर्न तथा सरकारको दमनबाट घाइते हुनुभएका सबै नेता एवम् कार्यकर्ताको यथोचित उपचार गर्न सरकारसित माग गर्दछौँ ।

    यसै सिलसिलामा एमसीसी विरुद्ध चितवन बन्द कार्यक्रमको सिलसिलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डम्बर पुरी सहित आन्दोलन सहकर्मी विभिन्न राजनीतिक संगठनका नेता तथा कार्यकर्तालाई पनि प्रहरी गिरफ्तार गरेको छ ।

    हामीले त्यो गिरफ्तारीको विरोध र भ्रत्र्सना गर्दै गिरफ्तार सबैलाई तुरुन्त रिहाइको माग गर्दछौँ । आजको संसद घेराउ कार्यक्रममा संयुक्त आन्दोलनमा रहेका ८ दलभित्रबाट नै सम्पूर्ण जिम्मेवारी बहन हुने पूर्व निर्णय भएको थियो ।

    तर कतिपय असान्दर्भिक र निर्णय नभएका विषयलाई पनि आन्दोलनभित्र प्रवेश गराउने काम भएकोले कार्यक्रमको अन्ततिर हामीले बाहिरिनु परेको थियो । अहिलेको देशको राजनीतिक सन्दर्भमा हाम्रो पार्टीको ओली र राजावादी पक्षसँग कुनै पनि कार्यगत एकता गर्न नसकिने भन्ने नीति रहेको छ । हाम्रो पार्टीको त्यस प्रकारको नीतिको आधारमा नै पहिले पनि कतिपय पक्षहरूले राजावादी पक्षहरूलाई सामेल गरेकोले हामीले त्यसमा सामेल हुन अस्वीकार गरेका थियौँ ।

    आन्दोलनका सबै पक्षसित हामीले हाम्रो स्थितिलाई पहिले पनि स्पष्ट गरेका थियौँ । त्यो कुरा स्पष्ट गरिसकेपछि नै हामीले यो आन्दोलनको लागि कार्यगत एकता गरेका थियौँ । तर कार्यक्रमको अन्ततिर राजावादी पक्षहरूलाई पनि सामेल गरेको कुरा स्पष्ट भएकोले र राजावादीहरूलाई समेत वक्ता बनाइएको त्यस प्रकारको कार्यक्रममा हाम्रो सहमति रहन सक्दैन्थ्यो र त्यसैले अन्तमा हामी चूपचाप त्यहाँबाट बाहिरिएका थियौँ ।

    त्यसो गर्नुपर्ने अवस्था सृजना भएकोमा हामीले दुःख प्रकट गर्दछौँ । यस सन्दर्भमा आज जारी ८ दलको वक्तव्य भनी सार्वजनिक गरिएको वक्तव्यमा हाम्रो पार्टीका महामन्त्री का. मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर के.सी.को हस्ताक्षरको प्रयोग गरिएको भएपनि हाम्रो सहमति बेगर जारी गरिएको हो ।

    त्यो वक्तव्य जारी गर्दा उहाँहरूले हामीलाई सम्पर्क गर्ने प्रयास गर्नुभएको भएपनि सम्पर्क हुन नसकेको र त्यसबारे हाम्रो स्थितिबारे कुराकानी भएको थिएन । राजावादीहरूलाई सामेल गरिएको कुरालाई हामीले सहमति, निर्णय तथा संयुक्त संघर्षका आचारसंहिताको उलंघन भएको ठान्दछौँ ।

    त्यो अवस्थामा संयुक्त वक्तव्य दिनका लागि हामी असमर्थ रहने कुरा स्वतः प्रष्ट छ । कार्यगत एकतामा रहेका सबै पक्षहरूसित इमान्दारिता र विश्वासमा संकट आउन नदिनाका लागि हामीले अनुरोध गर्दछौँ ।’
    २०७८ मंसिर २८ गते ।

    बुधबार, मङि्सर २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    क्यानाडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु
    प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन
    शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?
    चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम
    हिंसात्मक घटनापछि मार्सेमा प्रदर्शनमा अस्थायी प्रतिबन्ध
    १०३ वर्षीय डा. गौरीशंकर– पहिले बडादसैँमा दुर्गापूजा हुँदैनथ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      रोपडमा कलाकार सम्मान तथा सापकोटा दम्पतीको मूल प्रवाहबाट बिदाइ समारोह सम्पन्न

    • ४.
      बुढीगण्डकी बाढीले दिएको चेतावनी

    • ५.
      सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    • ६.
      खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

    भर्खरै

    • १.
      क्यानाडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु

    • २.
      प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

    • ३.
      इजरायली चुनावमा नेतान्याहूप्रति ट्रम्पको समर्थन

    • ४.
      शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

    • ५.
      चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

    • ६.
      हिंसात्मक घटनापछि मार्सेमा प्रदर्शनमा अस्थायी प्रतिबन्ध

    • ७.
      १०३ वर्षीय डा. गौरीशंकर– पहिले बडादसैँमा दुर्गापूजा हुँदैनथ्यो

    • ८.
      फ्रान्सका गृहमन्त्री नुनेजद्वारा राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.