• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

शिक्षा र बालक


  •   शनिबार, कार्तिक २७, २०७८ मा प्रकाशित
  • डा गोबिन्द प्रसाद आचार्य

    Advertisement

    बालकको दिमागबाट देश झिकेर फाल्दिए ।
    माया मिठो ममतालाइ टाढा पार्दिए ।।
    माया कस्तो रङ्गको हो हुन्छ कस्तो पसलमा ।
    खाने हो कि लाउने हो त्यो खोज्छन् पसलमा ।।

    उमालेर खाने हो कि कुकरमा हालेर ।
    कति बेरमा पाक्छ माया सिठ्ठी लाएर ।।
    तोते बोली बोल्ने बालक कुरा गर्छ लभरका ।
    के पढ्छन् र के हुने हुन् घरको रहरका ।।

    यती पढ्यो उती पढ्यो यती अङ्क ल्यायो रे ।
    कतिको त सुन्नु पर्छ गाँजा बेच्यो रे ।।
    स्कुल कलेज छुत् अछुत् गरिब र धनिका ।
    यती ठुलो खाडल किन एउटै देशका ।।

    ज्ञान सिपको मापन हुन्छ कति पैसा तिरेको ।
    स्कुलको जात हेरिन्छ कहाँ पढेको ।।
    किरानाका पसल हुन् कि बालक पढ्ने स्कुल ।
    पसल हुन् कि स्कुल के हुन् पर्यो मुस्किल ।।

    टोल छिमेकमा खेल्थे डुल्थे गए भिन्न स्कुलमा ।
    छुत् अछुत् भाव अभाव हाले दिमागमा ।।
    मेरो कलम यती राम्रो तेरो देखा कस्तो छ ।
    मेरो राम्रो कलम भन्दा छि छि सस्तो छ ।।

    मेरो नयाँ लुगा हेर त तेरो भन्दा राम्रो छ ।
    तेरो भन्दा मेरो खाजा हेर त कति मिठो छ ।।
    बाबा मम्मी भन्नु हुन्छ त्यस्तासँग नखेल्नु ।
    राम्रो स्कुल पढ्ने मान्छे बोल्दै नबोल्नु ।।

    यती राम्रा तस्बिर छन् मेरो बुकको कभरमा ।
    केटाकेटी बराबरी हामी लभरमा ।।
    समाज र मान्छे बाट भिन्न किन गराउने ।
    सानै देखी छुचो बन्न किन सिकाउने ।।

    देश एउटै समाज एउटै मान्छे पनि एउटै हो ।
    यौटैलाइ भिन्न पर्ने देशको निती हो ।।
    सगैँ डुल्ने सँगै खेल्ने बालक टाढा गराउने ।
    त्यती राम्रो हार्दिकतामा फाटो गराउने ।।

    यस्तो नितीबाट देश चल्न बन्न सक्दैन ।
    पतितका भिन्न निती मान्नु हुँदैन ।।
    बालकमा झगडाको बिउ किन रोपियो ।
    त्यती राम्रो मिठो मिलन किन तोडियो ।।

    सबको स्कुल एउटै हुने निती किन बन्दैन ।
    एउटै पाठ एउटै पोसाक बन्न किन हुँदैन ।।
    स्कुलमा मिठो खाजा मिली खाए हुन्न र ।
    त्यही बाट बनाउने हो देश समाज सुन्दर ।।

    रहरले मात्र हुन्न देशको निती फेर्ने हो ।
    निती फेर्न नदिनेलाइ अब घेर्ने हो ।।
    सानै देखी भिन्न पर्ने लुट्न चोर्न पढाउने ।
    कसरी हो समाज र देश बनाउने ।।

    नचाहेको भिन्नतालाइ किन होला राखेको ।
    देश फालेर बिदेशीको चिन्तन हालेको ।।
    यो शिक्षाले देश माथी ग्रहण लागी रहेछ ।
    देशको जीवन भविष्यलाइ ठगी रहेछ ।।

    मनमा कती खिन्न लाग्ला भिन्न स्कुल देखेर ।
    चिन्ता कति लाग्दो होला देशले हेपेर ।।
    बलकका मनले भन्छ सबै स्कुल जाउन् ।
    यो शिक्षाको निती भन्छ भिन्न स्कुल जाउँ ।।

    सानै देखी फाटो पार्न कती साह्रो जाल खेल्ने ।
    शिक्षा निती खराब छ मान्छे पर्गेल्ने ।।
    बालकले आपसमा द्वन्द गर्र्र्न चाहेन ।
    बालकको मिलनलाइ देशले सहेन ।।

    देशको काम कोरीएका भिन्न रेखा मेटाउने ।
    सबै बालक देशका हुन् समान बनाउने ।।
    स्कुल छन् गरिब र धनी प्रमाण पत्र ।
    यौटै छ है प्रमाण पत्र तर भिन्न चित्र ।।
    न त तोड्यो कानूनले यो देशका बाधा ।
    शिक्षा निती समान हो भिन्न नपार आँदा ।।
    रेखा लगाइ न त राम्रो स्कुल दियो गरिबलाइ ।
    देश ठग्ने शिक्षा निती हुन्न जूनीलाइ ।।

    गरिब पढ्नलाइ किन स्कुल भिन्न गराउने ।
    गफमा मात्र समानता किन कराउने ।।
    मानिषको समान दिमाग भिन्न रेखा पाठका ।
    हुनेलाइ फापका रेखा फलीफापका ।।

    कसो गरी सहनु र शिक्षाको यो अत्याचार ।
    भन्छन् मात्र दिन्नन् किन बाल अधिकार ।।
    पढ भन्दै उमेर सक्ने सिप दिप नभाको ।
    काम बाट भगाएर के हो खोजेको ।।

    दिमाग र हात दुबै चलाउने शिक्षाले ।
    दिमागमा समान मानव देश राखी दे ।।
    बालकका दिमागको शोषण अती भाको छ ।
    होनहारको जीन्दगानी खेर गाको छ ।।

    चाहिँदैन प्रमाण पत्र असल बन्ने बाटो दे ।
    थिचो मिचो नभएको देशको माटो दे ।।
    देश भरी सबैलाइ समानको शिक्षा दे ।
    वर्ग भेदका स्कुलहरु बन्द गरि दे ।।

    मिलीजुली खेलुन् बालक यौटै टोल बस्तीमा ।
    यस्तै विचार फैलाउने देश भरीमा ।।
    शिक्षा बाटो घुम्ती हुन्न फराकिलो सोझो छ ।
    ठगी खाने बेइमानीले घुम्ती बनाउँ छ ।।

    बालकहरु ठगिएका असमान नितीले ।
    बिकासमा बाधा आयो तिनको क्षतीले ।।
    देश यौटै मुटु जस्तो माटो पनि यौटै ।
    एक धर्तीमा खेल्ने डुल्ने जीन्दगानी यौटै ।।

    उमेरमा समान छन् निती भिन्न किन ।
    प्रण गरौँ भिन्न निती बनाउन दिन्न ।।
    साथीसङ्गी काममा जुटे बल्ल लाग्छ घाम ।
    यो शिक्षाले सिकाएको गर छल छाम ।।

    देश नभाको शिक्षासँग भनाइ पो के हुन्छ र ।
    न त तेल न त पाङ्ग्रा गाडी गुड्छ र ।।
    तेल न पाङ्ग्रा घचेट्दैमा देशको गाडी गुड्छ र ।
    नगुडेको गाडि भित्र बस्न मिल्छ र ।।

    सिट भए पो के हुन्छ र नगुडेको गाडिमा ।
    बालकको जीवन गयो जङ्गल झाडीमा ।।
    देशको रुप देखीँदैन यो शिक्षाको नीतीमा ।
    झोला हो कि सास्ती के हो बालक काँधमा ।।

    बालकको प्रतिभालाइ यो शिक्षाले खोल्दैन ।
    नखुलेको प्रतिभाले फुल्न सक्दैन ।।
    देशमा जालो यती छ कि फाल्न गाह्रो पर्ने छ ।
    यो शिक्षाले बालकको जीवन खाने छ ।।

    स्कुलहरु भिन्न नगर समानता हो भने ।
    झुपडिका प्रतिभालाइ माथि उठाउने ।।
    झुपडिका कुरा धेरै ठगिएका तिनै छन् ।
    शिक्षा दिने योजनामा भुँडी भोर्याछन् ।।

    झुपडिको रुप हेर्यो जैले पनि उस्तै छ ।
    झुपडिको योजनामा माग्ने धनि छ ।।
    जहिँ हेर्यो देश छैन बाल विकास के हुने ।
    बालकका जीवन चुसी दलाल कमाउने ।।

    गाइ मरेको शासनले शिक्षा बेची खाको छ ।
    बालक हैन दलालको हक् पोस्या छ ।।
    भिन्न रुपका स्कुल नखोल यि मुर्खले सुनेनन् ।
    शिक्षालाइ बिभेद नगर भन्दा मानेनन् ।।

    झुपडिका बालकलाइ तिनले देश ठानेनन् ।
    दलालका पछि लागे कमाइ छोडेनन् ।।
    हैन होला तस्कर बन्न देशले पढाएको ।
    किन होला यो शिक्षाले उल्टो हिँडाएको ।।

    बिस्र्यो क्यार बसन्तले फूल फुल्या छैन ।
    फाँट भरी धानको बाला पनि झुल्या छैन ।।
    समाजलाइ बेहोस् पर्ने अन्धकार छर्ने ।
    संसार गयो माथी माथी हामी तल पर्ने ।।

    झिम्रिक्क छन् स्कुलहरु पलाएका छैनन् ।
    निभेका छन् आशाहरु जाग्न सक्या छैनन् ।।
    पाठहरु ओइलीएका पढौँ जस्ता छैनन् ।
    फुल हैनन् रस खान मौरी आउे छैनन् ।।

    पढाउने गुरुजी लाई के पढाएँ थाहा छैन ।
    पढेका यि यात्रीहरु कहाँ जान्छन् थाहा छैन ।।
    गन्तव्यको गौरभ के हो यि यात्रीलाइ थाहा छैन ।
    के खोजेर हिँडेका हुन् कहाँ पुग्छन् थाहा छैन ।।

    आँशु ढिका हर पाइलामा तप्प तप्प खस्याछन् ।
    तिनै हुन् कि जीन्दगीका डोभ भनि बस्याछन् ।।
    सुस्ताएर बसे जस्तो आँशु ढिका पढ्दा लाग्छ ।
    असल शिक्षा बनाउन लाग्छ अझै लड््नु पर्छ ।।

    केहि पर्खि बसे जस्तो नौलो प्रित खोजीकन ।
    हुन सक्छ मजधार बाट नयाँ मुक्ती दिलाउन ।।
    हुन सक्छ बिरहको न त पारी न त वारी ।
    सकिसके शिक्षा निती बेविचारले देश बिगारी ।।

    शनिबार, कार्तिक २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल
    ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    राहत के गर्दैछौ (तिजीगीत)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.