• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जलवायु परिवर्तन, कोप–२६ र आन्दोलनको अपरिहार्यता


  •   बिहिबार, कार्तिक ११, २०७८ मा प्रकाशित
  • भीष्म जोशी ##
    हामी सबैले दैनिक रूपमा महसुस गर्दै आएको चिसो, गर्मी, वर्षा, हावाको गतिलाई मौसम भनिन्छ । कुनै निश्चित ठाउँको मौसमको लामो समयसम्मको औसत अवस्थालाई त्यस विशेष ठाउँको जलवायु भनिन्छ अर्थात् पृथ्वीको औसत मौसममा हुने परिवर्तन हो, जलवायु परिवर्तन । यसको अवधि २०–३० वर्षको लिने गरिन्छ । यिनै २०–३० वर्षको फरकमा मौसममा आएको औसत परिवर्तन नै त्यो ठाउँको जलवायु परिवर्तन हो । जलवायु परिवर्तन प्राकृतिक र मानवीय कारणबाट हुने गर्दछ । हामी प्राकृतिक कारणबाट हुने जलवायु परिवर्तनपट्टि लाग्दैनौँ; किनकि यो परिवर्तन सामान्य र नियमित रूपले निरन्तर भइराख्या छ† जस्तो, हिउँद, वर्षा, गृष्म, शरद ऋतुहरूले मौसममा हुने परिवर्तन प्राकृतिक रूपको जलवायु परिवर्तन हो । हामी यतापट्टि भन्दा पनि मानवीय कारणबाट हुने जलवायु परिवर्तनतिर नै यो लेख केन्द्रित गर्दै छौँ ।

    Advertisement

    अहिले जलवायु परिवर्तन विश्व प्राणी जगत् र सिङ्गो पृथ्वीकै लागि खतरा र भयावह रूपमा सृजित भइरहेको छ । यो खतरनाक स्थिति मानवीय कारणबाट उत्पन्न भइरहेको हुनाले यसलाई रोक्नुपर्छ र रोक्न सकिन्छ । जस्तो हामी अहिले कोरोना कहरका विरुद्ध जुधिरहेका छौँ । कोरोनाको महामारी प्राकृतिक कारणबाट उत्पन्न महामारी हो कि मानव सृजित सङ्कट हो ? यसको रहस्य सार्वजनिक हुन सकेको छैन तर कोरोना महामारीले विश्व मानवजातिलाई कस्तो प्रभाव पार्यो ? जगजाहेर छ । अझै यो नियन्त्रण बाहिर नै छ र यसको त्रास कायम छँदै छ ।

    भविष्यमा कोरोना महामारीभन्दा पनि भयङ्कर ठुलो मानव सृजित सङ्कट आउनेवाला छ, जलवायु परिवर्तनबाट उत्पन्न हुने सङ्कट; किनकि अहिले पृथ्वीको तापमानमा मानवीय कारणबाट औसत २ डिग्रीसम्म तापक्रम वृद्धि भइरहेको छ । यही अनुपातमा पृथ्वीको तापक्रम वृद्धि हुँदै जाने हो भने अब आउने नयाँ शताब्दीपछि पृथ्वीबाट मानवजाति नै लोप हुने सम्भावना रहेको कुरा वैज्ञानिकहरू बताइरहेका छन् ।

    भविष्यमा कोरोना महामारीभन्दा पनि भयङ्कर ठुलो मानव सृजित सङ्कट आउनेवाला छ, जलवायु परिवर्तनबाट उत्पन्न हुने सङ्कट; किनकि अहिले पृथ्वीको तापमानमा मानवीय कारणबाट औसत २ डिग्रीसम्म तापक्रम वृद्धि भइरहेको छ । यही अनुपातमा पृथ्वीको तापक्रम वृद्धि हुँदै जाने हो भने अब आउने नयाँ शताब्दीपछि पृथ्वीबाट मानवजाति नै लोप हुने सम्भावना रहेको कुरा वैज्ञानिकहरू बताइरहेका छन् । यसका लागि मानवीय कृयाकलाप जिम्मेवार त हो नै तर यसका साथै मुख्य रूपले चीन र अमेरिकालगायतका अन्य सम्राज्यवादी मुलुक नै बढी र प्रमुख जिम्मेवार रहेका छन् । कथित विकसित र समृद्ध राष्ट्रकै कारण पृथ्वीको जलवायुमा तीव्र परिवर्तन भइरहेको छ ।

    यसका कारण यी हुन् : विकासको नाममा हुने गरेको चरम औद्योगिकीकरण, आणविक भट्टी र हतियार निर्माण, प्रक्षेपण र प्रयोग, अव्यवस्थित सहरीकरण, जैविक इन्धनको अत्यधिक खपत, वनविनाश, कृषिको आधुनिकीकरण तथा कोइला, डिजेल, पेट्रोल, ग्याँसको अत्यधिक प्रयोग, फोहोर मैला उत्सर्जन र प्रदूषणको वृद्धि । यसले गर्दा पृथ्वीको वायुमण्डलमा कार्बन डाई अक्साइड, मिथेन, नाइट्रस अक्साइड जस्ता हानिकारक ग्यासको मात्रा बढ्दै गइरहेको छ । पृथ्वीमा रहेको प्राकृतिक हरितगृहका कारणले पृथ्वीको तापक्रम सन्तुलित भइरहेको हुन्छ । माथि उल्लेखित ग्यासमा भइरहेको वृद्धिका कारणले हरितगृहमा असर पारिरहेको छ ।

    सूर्यको किरणमार्फत पृथ्वीमा तापशक्ति प्राप्त हुन्छ र अनावश्यक रूपमा बढी भएको यस्तो तापशक्तिलाई हरितगृहले प्राकृतिक रूपबाट पुनः अन्तरिक्षमा नै फिर्ता पठाउँछ । यस प्रकृयाबाट मौसम र जलवायुमा सम्बन्ध र सन्तुलन कायम हुन पुग्दछ । सौर्य विकिरणबाट प्राप्त तापशक्ति पृथ्वीले लिने र फेरि अन्तरिक्षमा त्यस्तो ताप शक्तिलाई फिर्ता पठाउने प्रकृयामा घटबढ हुँदा प्राकृतिक सन्तुलनमा गडबडी आउँछ । यदि त्यस्तो सौर्य विकिरण पृथ्वीले जति मात्रामा अन्तरिक्षमा नपठाई पृथ्वीमा नै राख्दछ, उति नै मात्रामा हरितगृह ग्याँस बढ्छ । यसैले पृथ्वीमा तापक्रम वृद्धि हुन्छ र जलवायु परिवर्तन हुने गर्दछ । कार्बन डाई अक्साइडले सूर्यबाट आउने तापशक्तिलाई अवरोध पुर्याउँदैन तर अन्तरिक्षमा फर्किने तापको विकिरणलाई सोस्दछ र पृथ्वीमा नै सीमित गराइदिन्छ । यसबाट पृथ्वीमा तापक्रम वृद्धि हुन जान्छ ।

    हामीले गत हप्ता मात्र साउनभदौमा हुने भन्दा बढी वर्षा कार्तिक महिनामा भोग्नुपर्यो । गत साता नेपालमा आएको बेमौसमी अविरल वर्षा जलवायु परिवर्तनकै कारण आएको हो ।

    अहिले पृथ्वीमा हरेक वर्ष लाखौँ टन कार्बन डाई अक्साइड थुप्रिदै गएको छ भन्ने सुनिन्छ । चीन, अमेरिका, ई.यू., भारत, रसिया, जापान, जर्मनी, इरान, दक्षिण कोरिया, सउदी अरब, क्यानडालगायतका सम्पन्न राष्ट्रले नै अत्यधिक मात्रामा हरितगृह ग्याँस कार्बन डाई अक्साइड उत्सर्जन गरिरहेका छन् तर ठिक उल्टो यसको अत्यधिक असर भने नेपाललगायत विश्वका गरिब राष्ट्र र जनतालाई परिरहेको छ ।

    हामीले गत हप्ता मात्र साउनभदौमा हुने भन्दा बढी वर्षा कार्तिक महिनामा भोग्नुपर्यो । गत साता नेपालमा आएको बेमौसमी अविरल वर्षा जलवायु परिवर्तनकै कारण आएको हो । यसले मुलुकलाई मानवीय, भौतिक, आर्थिक, कृषि र पूर्वाधारका क्षेत्रमा कति धेरै क्षति पुर्यायो ? त्यो भोगिसक्यौँ । यसका लागि सरकारले समेत यकिन विवरण पत्ता लगाउन छानबिन गरिरहेको छ र क्षतिको विस्तृत विवरण छानबिनपछि मात्रै पत्ता लाग्ने छ । जलवायु परिवर्तनले अहिले नेपालमा मात्र नभई सिङ्गो विश्वकै कृषिजन्य, खाद्य, स्वास्थ्य, लैङ्गिक, जीविकोपार्जन, बस्ती, पूर्वाधार, जल, जमिन, जङ्गल, समुद्र, हिमाल, प्राणी जगत्लाई प्रत्यक्ष असर पारिरहेको छ । जलवायु परिवर्तनका कारण हुने बिपत् पूर्वानुमान गर्न गाह्रो हुन्छ । उदाहरणका लागी हामी नेपालीले यो बेमौसमी वर्षात्को बिपत् भोग्यौँ नै ।

    नेपाल विश्वमै जलवायु परिवर्तनको जोखिमका दृष्टिकोणले चौथो जोखिमयुक्त मुलुकमा पर्दछ । त्यसैले जलवायु परिवर्तनले भविष्यमा नेपालमा कति धेरै क्षति पुर्याउने हो ? पूर्वानुमान गर्न नै सकिन्न ।

    नेपाल विश्वमै जलवायु परिवर्तनको जोखिमका दृष्टिकोणले चौथो जोखिमयुक्त मुलुकमा पर्दछ । त्यसैले जलवायु परिवर्तनले भविष्यमा नेपालमा कति धेरै क्षति पुर्याउने हो ? पूर्वानुमान गर्न नै सकिन्न ।

    जलवायु परिवर्तनकै विषयमा छलफल गर्न विश्वभरिका १२० देशका कार्यकारी प्रमुख र पदाधिकारी यही २०२१ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म (२०७८ कात्तिक १४ देखि २६ गतेसम्म) बेलायतको ग्लास्गो सहरमा भेला हुँदै छन् । यस सम्मेलनको आयोजक राष्ट्र बेलायत र इटली हुन् भने बेलायतले यसको अध्यक्षता गर्दै छ । जलवायुसम्बन्धी सम्मेलनहरू युएनले सन् १९९५ देखि नियमित रूपमा गर्दै आइरहेको हो । यो जलवायुसम्बन्धी छब्बिसौँ सम्मेलन भएको हँुदा यसको नाम कोप–२६ राखेको छ ।

    कन्फेरेन्स अफ पार्टिज भनिने यो सम्मेलनमा सहभागी बन्न नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवा, वातावरण मन्त्रीलगायत उच्चपदस्थ कर्मचारीको टोली बेलायत जाँदै छ । यो भन्दा पहिला सन् २००९ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र सन् २०१८ मा राष्ट्रपति विद्यादेवी भण्डारी कोप सम्मेलनमा सहभागी भइसक्नुभएको छ । नेपालबाट गए जस्तै गरी सो सम्मेलनमा विश्वभरका सरकार प्रमुख र पदाधिकारीहरू त्यो सम्मेलनमा सहभागी हुने छन् ।

    अरू कोप सम्मेलनभन्दा यो सम्मेलनलाई विशेष रूपमा हेरिनुका दुईतीन फरक कारण के छन् भने यसमा अधिकांश मुलुकका कार्यकारी प्रमुख सहभागी हुँदै छन् । सम्मेलनमा सहभागी देशले भविष्यमा कार्बन उत्सर्जन नियन्त्रण गर्न आआफ्ना योजनालाई विश्व समुदायसमक्ष प्रस्तुत गर्ने छन् ।

    कोप–१५ को पेरिस सम्झौतानुसार त्यसको पालना भयो/भएन ? विश्व तापमानलाई १.५. डिग्री सेन्टिग्रेडमा कायम राख्न राष्ट्रहरूले के कस्तो पहल गर्दै छन् ? त्यसको बारेमा समेत यो सम्मेलनमा समीक्षा हुँदै छ । तर अहिले विश्व तापमान २ डिग्री सेन्टिग्रेडका दरले बढ्दै गइरहेको अनुमान गरिएको छ । पेरिस सम्झौतानुसार विश्व तापमानलाई १.५ डिग्री सेन्टिग्रेडमा कायम राखी बढ्न नदिन र कार्बन उत्सर्जन नियन्त्रण गर्नका लागी “नेट जिरो” को प्रतिबद्धता गराउने भन्ने विषयमा पनि छलफल हुने छ ।

    शक्तिराष्ट्रलाई आफ्नो देशमा उत्पन्न हुने कार्बन न्यूनीकरण गर्नतर्फ चासो नै छैन भने कसरी कार्यान्वयन हुन्छ होला, पेरिस सम्झौता । त्यसैले महत्त्वका साथ हेरिएको यो कोप सम्मेलन कतै कर्मकाण्डी हुने त होइन भनी चिन्ता गरिएको पाइन्छ । विडम्बना ! कसैले चाहेर वा नचाहेर पनि जलवायु परिवर्तनको असर हाम्रो साझा एक मात्र पृथ्वीलाई पर्दै गइरहेको छ ।

    अर्कोतिर, कार्बन व्यापारका लागि स्थापित कोषमा रकम जम्मा गर्ने विषयमा पनि छलफल हुने छ । युएनले खडा गरेको कार्बन व्यापार गर्न पाउने कोटा धनी राष्ट्रहरूले खरिद गर्नका लागि त्यो कोषमा सन् २०२० सम्म विश्वका धनी राष्ट्रहरूले १०० बिलियन अमेरिकन डलर रकम जम्मा गरिसक्नुपर्ने भए पनि सो हुन सकेको छैन । त्यसलाई सन् २०२३ सम्म जम्मा गरिसक्ने विषयमा पनि छलफल हुने छ । यसरी कार्बन व्यापारको विषयमा पनि छलफल हुने छ । कार्बन व्यापारका माध्यमबाट धनी राष्ट्रहरूले पैसाको शक्तिको बलबाट आफूले उत्सर्जन गरिरहेको कार्बन घटाउनुपर्ने छैन । उनीहरूले सो कोषमा रकम जम्मा गरेबापत कार्बन उत्सर्जनमा कटौती हुने छैन तर गरिब देशलाई कार्बन उत्सर्जन कम गरे पैसा दिइने कोष हो यो ।

    अहिले विश्वमा चीन र अमेरिकाले मात्र विश्वको ४० प्रतिशतभन्दा बढी कार्बन उत्सर्जन गरिरहेका छन । केही समयअघि अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले आफूले कोप–१५ को पेरिस सम्झौतालाई नमान्ने घोषणा गरेका थिए; किनभने, पेरिस सम्झौतालाई कार्यान्वयन गर्यो भने अमेरिकाले पनि कार्बन उत्सर्जन घटाउनुपथ्र्यो या गरिब राष्ट्रको कार्बन कोटा खरिद गर्न कार्बन कोषमा रकम जम्मा गर्नुपथ्र्यो । कार्बन उत्सर्जन घटाउँदा यसले अमेरिकाको व्यापार र रोजगारी घटने हुँदा पेरिस सम्झौतालाई नमान्ने बताएका थिए । यसबाट साम्राज्यवादीहरू पृथ्वीको भविष्यप्रति कति गैरजिम्मेवार छन् भन्ने कुरालाई पुष्टी गर्न मद्दत मिल्छ ।

    यसरी नै अन्य सम्पन्न राष्ट्रहरू चीन, भारत, रुसलगायतका कार्बन उत्सर्जन बढी गर्ने देशलाई केवल पैसा कमाउन, सैन्यशक्तिलाई झन् बलियो बनाउन र प्राकृतिक स्रोतसाधनको दोहन गरी शक्ति र विकासको होडबाजीमै मैमत्त हुन पाए पुग्यो । यसमै ठिकठाक छ । उनीहरूलाई पृथ्वीको भविष्यको किन चिन्ता गर्छन् र ? यी शक्तिराष्ट्रलाई आफ्नो देशमा उत्पन्न हुने कार्बन न्यूनीकरण गर्नतर्फ चासो नै छैन भने कसरी कार्यान्वयन हुन्छ होला, पेरिस सम्झौता । त्यसैले महत्त्वका साथ हेरिएको यो कोप सम्मेलन कतै कर्मकाण्डी हुने त होइन भनी चिन्ता गरिएको पाइन्छ । विडम्बना ! कसैले चाहेर वा नचाहेर पनि जलवायु परिवर्तनको असर हाम्रो साझा एक मात्र पृथ्वीलाई पर्दै गइरहेको छ ।

    औद्योगिक युगको सुरुआत भएको सय वर्षयता देखि मात्रै पृथ्वीको तापक्रम १.५ डिग्री सेन्टिग्रेड वृद्धि भइसकेको छ । यदि अहिले भइरहेकै अनुपातमा कार्बन उत्सर्जन यसै गरी भइराख्ने हो भने, कार्बन उत्सर्जन न्यूनीकरणका उपाय कडाइका साथ पालना नहुने हो भने सन् २१०० सम्ममा पृथ्वीको तापक्रम पाँच डिग्रीसम्म बढने अनुमान रहेको छ, वैज्ञानिकहरूको । त्यतिखेर पृथ्वीका निवासी प्राणी जगत्को अस्तित्व के हुने होला ? कल्पनासम्म मात्र गर्न सकिन्छ, अरू केही गर्न सकिन्न ।

    मानिसको मात्र नभई सम्पूर्ण प्राणीका भावी सन्ततिका बारेमा साम्राज्यवादी शासकले कसरी के सोच्दै छन् होला कुन्नि ? के यो पृथ्वी भविष्यका पिँढीको होइन ? यो पृथ्वी केवल कथित सम्पन्न र धनी राष्ट्रका करिब २० जना शासकहरूको जीवन छउन्जेलसम्मका लागि मात्रै हो ? आजको गम्भिर प्रश्न यही हो ?

    निकट भविष्यमै पनि तापमान यसरी नै वृद्धि भइराख्ने हो भने तराईमा बस्ने हात्ती पानी नपिइकनै कसरी रहला ? किनकि पानीका मुहान सुक्दै गएका छन्, सुक्ने छन् । हिमालको कस्तुरीले के गर्ला ? हिमालमा हिउँको हालत के होला ? समुद्री तटीय देश कहाँ गएर बस्ती बसाउलान् ? आदिइत्यादि । त्यसैले मानिसको मात्र नभई सम्पूर्ण प्राणीका भावी सन्ततिका बारेमा साम्राज्यवादी शासकले कसरी के सोच्दै छन् होला कुन्नि ? के यो पृथ्वी भविष्यका पिँढीको होइन ? यो पृथ्वी केवल कथित सम्पन्न र धनी राष्ट्रका करिब २० जना शासकहरूको जीवन छउन्जेलसम्मका लागि मात्रै हो ? आजको गम्भिर प्रश्न यही हो ? त्यसैले त आज एक जना बालिका ग्रेटा थनवर्ग अर्बौं बालबालिकाको आवाज बुलन्द गर्दै भन्दै छिन् : हामीलाई पनि बाच्ने हक छ, बाच्न देऊ ? हाम्रो भविष्यमाथि खेलबाड गर्ने हिम्मत तिमीहरूले कसरी गर्यौ भनी विश्वका कथित नेताहरूलाई हाँक दिइरहेकी छिन् । उनले सक्ने जति गर्दै छिन् । यसका लागि ग्रेटा थनवर्गको आन्दोलन मात्रै पर्याप्त हो त ? होइन ।

    त्यसैले मैमत्त विश्व साम्राज्यवादका विरुद्ध विश्वका सम्पूर्ण जनताको सङ्गठित र योजनाबद्ध आन्दोलनको अपरिहार्य आवश्यकता छ, जुन आन्दोलनले विश्व साम्राज्यवादलाई पराजित गरी उत्पन्न पर्यावरणीय समस्यालाई समाधान र सम्बोधन गर्न सकोस् र विश्वबाटै सबै खाले असमानताको अन्त्य गरी सुन्दर, शान्त र समुन्नत समाज सृजना गर्न सकोस् ।

    माक्र्सले त्यतिखेर पुँजीवादीहरूको श्रमजीवीमाथिको अत्याचार, शोषण र दमन सहन र देख्न नसकेरै भने होलान् कि “विश्वका सम्पूर्ण श्रमजीवी वर्ग एक होऔैँ !” माक्र्सले अहिलेको साम्राज्यवादको यो पृथ्वीमाथिकै यस्तो भयानक ताण्डवनृत्य देख्दा हुन त के नारा दिन्थे होलान् ? त्यसैले हामी सम्पूर्ण पृथ्वीवासी मानव मात्रले हाम्रो एक मात्र पृथ्वी बचाउन आन्दोलनको आधीबेहरी ल्याउनैपर्छ । होइन भने साम्राज्यवादीहरूले आखैअगाडि पर्यावरणसहित पृथ्वीलाई नै समाप्त गर्ने कार्य गर्दै छन् । यो बन्द गर्नुपर्दछ । पृथ्वीमा भइरहेको पृथ्वीको तापक्रम वृद्धिलाई नियन्त्रण गर्ने कार्य गरिएन भने यसका साथसाथै साम्राज्यवादी उन्मादसँगै निकट भविष्यमै अमूल्य मानवजाति पनि तातो पृथ्वीमा होमिने छ ।

    आशा गरौँ, विश्वभरिका श्रमजीवी जनता छिट्टै एकजुट हुने छन् र विश्व साम्राज्यवादलाई परास्त गरी सभ्य मानव समाज, माता समानकी पृथ्वीको र हाम्रो साझा भविष्यको संरक्षण गर्ने नै छन् ।

    बिहिबार, कार्तिक ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    फेसबुकको ब्राउजर भर्जनमा समस्या
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.