सना । केही दिनयता देखि यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिएको छ ।
सो सेनाले यहाँ मङ्गलबार पनि गरेको यस्तै कारबाहीमा परी १२ जना हुथी विद्रोहीहमारिएको बताइएको छ । सो सेनाले गत सोमबार पनि यहाँको मध्यक्षेत्रीय प्रान्त मारिबमा हुथीका विरुद्धमा कारबाही गरेको थियो ।
सो सेनाले हुथी विद्रोही रहेका स्थानको पहिचान गरी मारिब प्रान्तमा गरेको हवाइ कारबाहीमा परी मङ्गलबार १२ जनाको ज्यान गएको बताइएको छ । त्यसैगरी सो क्षेत्रमा हुथीको कार्यालय रहेको स्थानलाई पनि सेनाले ध्वस्त बनाएको छ ।
सोमबार मात्र पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा कम्तीमा पनि ३० जना हुथी विद्रोहीको ज्यान गएको थियो । यमन सरकारको सेनाले मङ्गलबार दिएको जानकारीअनुसार उक्त प्रान्तमा ठुलो सङ्ख्यामा हुथी विद्रोही रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो ।
सो प्रान्तमा यसअघि पनि समय समयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने समाचारमा उल्लेख छ । पछिल्लो समयमा मारिबमा हुथी विद्रोहीले अखडा जमाउन थालेको बताइएको छ । (रासस/सिन्ह्वा)