काठमाडौं । रुपन्देहीका विभिन्न राजनीतिक दलहरुले एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा पेश नगर्न सभामुखलाई खबरदारी गरेका छन् ।
Advertisement
नेकपा (मसाल) सहित १० राजनीतिक दलले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र पठाएर एमसीसी संसदमा पेश नगर्न सचेत गराएका हुन् । यस्तै, उनीहरुले संसदमा पेश भएमा त्यसविरुद्ध मतदान गर्न पनि सांसदहरूलाई आग्रह गरेका छन् ।
एमसीसी चीनविरुद्ध नेपालमा अखडा जमाउने अमेरिकी योजना : केसी
ज्ञापन पत्रमा एमसीसी नेपालको सार्वभौमिकता र राष्ट्रियताका विरुद्ध रहेको उल्लेख गर्दै दलहरुले ‘एमसीसी सम्झौताका कारण नेपाल र नेपाली जनतालाई पर्ने क्षतिको मूल्य चुकाउन तयार रहन पनि’ चेतावनी दिएका छन् ।
यस्तो छ ज्ञापनपत्र
