• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

तिजलाई सामान्य पर्वको रूपमा मनाऔँ


  •   शुक्रबार, भदौ ०४, २०७८ मा प्रकाशित
  • गोपाल गिरी ##
    परापूर्व कालदेखि गाउँसमाजमा विभिन्न चाडपर्व मनाउने प्रथालाई निरन्तरता दिने गरिएको छ । धर्मसंस्कृति र परम्परानुसार सबै पर्वको ऐतिहासिक र पुरातात्विक महत्त्व छ । धेरैजसो पर्व धार्मिक आस्थासँग जोडिएको कुरा सत्य हो । सबै पर्वको आआफ्नै विशेषता र महत्त्व भएका कारण हामीले उत्तिकै हर्षोल्लासका साथ मनाउँछौँ । राष्ट्रिय पर्व सामूहिक रूपमा मनाउने गर्दछौँ भने क्षेत्रीय र स्थानीय पर्व भौगोलिकताको आधारमा सम्बन्धित क्षेत्रका विभिन्न जातजाति र धर्मसंस्कृतिअनुसार आआफ्नै तरिकाले मनाउने गरिन्छ ।

    Advertisement

    चाडपर्वको आगमनसँगै गाउँसमाजमा चहलपहल बढ्ने र घरपरिवारमा खुसियालीको वातावरण हुन्छ । हामी जीविकोपार्जनका लागि विभिन्न पेसा–व्यवसाय गर्न आफ्नो जन्मभूमि, घरपरिवार र गाउँसमाजदेखि धेरै टाढा देशविदेशमा हुन्छौँ । त्यसैले चाडपर्वको विशेष अवसर मिलाएर पारिवारिक मिलनका लागि जन्मभूमिको घरआँगनमा सहभागी हुने सदियौँदेखिको प्रथालाई अनुसरण गरिरहेका छौँ ।

    चाडपर्व मनाउने संस्कार धेरै खर्चिलो भएसँगै अनेकौँ विकृति, विसङ्गति र अराजकता भित्रिएको छ ।

    हाम्रो देश, गाउँसमाजमा भएका सांस्कृतिक महत्त्वका पर्वको संरक्षण र संबद्र्धन गर्ने पर्वमा हुने जातीय, लैङ्गिक भेदभावको अन्त्य र विविध नकारात्मक पक्षको सुधार गर्दै आम सर्वसाधारण नागरिकले सहज रूपमा मनाउने अवधारणासहित रूपान्तरण हुन जरुरी छ ।

    हामी देखिरहेका छौँ, चाडपर्व मनाउने संस्कार धेरै खर्चिलो भएसँगै अनेकौँ विकृति, विसङ्गति र अराजकता भित्रिएको छ । यसरी ऐतिहासिक महत्त्वका पर्व, मौलिक संस्कृति र परम्परामाथि भएका अराजक गतिविधिको भण्डाफोर गर्दै सामूहिक, समावेशी र समतामूलक प्रक्रियाबाट पर्व मनाउने वातावरण बनाउनका लागि कृयाशील सबै सामाजिक सङ्घसस्था, शैक्षिक/बौद्धिक व्यक्तित्व, पत्रकार, मानवअधिकारकर्मी र राजनैतिक पार्टीले पहल गर्नुपर्ने देखिन्छ ।

    तिज महिलाको महत्त्वको पर्व हो । बर्खाको समय खासगरी भदौ महिनामा पर्ने तिज कहिलेकाहिँ नेपाली पात्रोअनुसार तलमाथि हुने गर्दछ । सामान्यतया विवाहित दिदीबहिनी माइतीघरमा भेला हुने मिठो मसिनो भोजन ग्रहण गर्ने, जीवनका सुखदुःखका भोगाइ, पीडा, व्यथा, वेदना र भावनाका गीत सृजना गरी आआफ्नै स्वर लयमा व्यक्त गर्ने गरिन्छ ।

    गाउँसमाज र विभिन्न ठाउँमा भएका घटना/परिघटना, समसामयिक देशको परिस्थिति र राजनैतिक घटनाक्रमसम्बन्धी र धार्मिक आस्थासँग जोडिएका देवीदेवताका रचनात्मक गीत बनाउने, गाउने र नाच्ने गरिन्छ । रचना गरिएका गीतमा शब्द, भाव र सामाजिक यथार्थताको चित्रण गरिएको हुन्छ ।

    पहिले पहिले परिवारका सबै सदस्य सँगै बसेर गीत गाउने, सुन्ने र नाच्ने गरिन्थ्यो । चेलिबेटीहरू माइतीघर जम्मा हुने, शुद्ध साहाकारी भोजनका विभिन्न परिकार बनाउने, आफ्नै खेतबारीमा उत्पादन गरिएका अर्गानिक सागसब्जी, तामा र काँक्राको अचारसहित अनौदीका चामलको खिर, दुध, दही र घ्युजस्ता स्वादिष्ट भोजनको ब्यव्स्थापन हुन्थ्यो । पोसाकतर्फ महिला दिदीबहिनीहरू गुनियो चोली र साडी–ब्लाउजसँगै सामान्य हस्तनिर्मित गरगहनामा सजिएर कुनै निश्चित सार्वजनिक ठाउँमा भेला भएर रमणीय वातावरणमा गीत गाउँदै ढल्की ढल्की गीतको भावअनुसार अभिनय गर्दै वाद्यवादनको सुरतालमा पालैपालो नाचिन्थ्यो । पुरुष दर्शक दिर्घामा महिलाभन्दा पछाडिको पङ्क्तिमा बडो शालीन शैलीमा बसेर दृष्यावलोकन गर्ने चलन थियो । कहिँ कतै लाखेनाच नाचेर रमाइलो गर्ने गरिन्थ्यो । त्यसैगरी, महिला दिदीबहिनीलाई मेलास्थलमा बसाइँ र वाद्यवादनको व्यवस्थापनमा दाजुभाइले सहयोग गर्ने काम हुन्थ्यो । नाचगानको रमाइलो मेला, साँझ अबेरसम्म हुने र नाँच्दै–गाउदै आआफ्नो घर फर्किने गरिन्थ्यो । मेलामा लुठेपिङ र चर्खेपिङ खेलेर आनन्द लिने चलन थियो ।

    बेलुकीको खानापछि गाउँघरको टोलछिमेकमा भेला भएर केही समय नाच्ने, गाउने गरिन्थ्यो । त्यो रमणीय पल, दिदिबहिनी र आमाको गीत र नाचले सबैको मन प्रसन्न हुने गर्दथ्यो । भदौ महिनाभर गाउँघर, पाखापखेरा र मेलापातमा गीत गुनगुनाउने गरिन्थ्यो । बिडम्बना ! समय परिस्थिति सँगसँगै पर्वमा परिवर्तन भएको छ ।

    गाउँसमाजका व्यक्तिव र महिला दिदीबहिनीको उल्लेख्य सहभागीतामा समूह, सङ्घसंस्थाको लगानीमा हुने समावेशी कार्यक्रमको निरन्तरताले विद्यमान सामाजिक विभेद, छुवाछूत र जातीय असमानता न्यूनीकरण गर्दै समतामूलक समाज निर्माण गर्न मद्दत पुग्ने छ ।

    तिज मनाउने सामाजिक संस्कारमा केही वर्षदेखि अलिक फरक खाले परिवर्तन भएको देखिन्छ । परिवर्तित संस्कारअनुसार समाजमा केही सकारात्मक सन्देश प्रवाह गरेको छ भने केही नकारात्मक ।

    महिला समूहको नेतृत्वमा सामूहिक दर खाने कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण र समाज रूपान्तरणको आधार बनेको छ । गाउँसमाजका व्यक्तिव र महिला दिदीबहिनीको उल्लेख्य सहभागीतामा समूह, सङ्घसंस्थाको लगानीमा हुने समावेशी कार्यक्रमको निरन्तरताले विद्यमान सामाजिक विभेद, छुवाछूत र जातीय असमानता न्यूनीकरण गर्दै समतामूलक समाज निर्माण गर्न मद्दत पुग्ने छ ।

    दरखाने कार्यक्रममा सबै वर्गसमूहका नागरिक, महिला, पुरुष, युवायुवती, बालबालिकादेखि वृद्धवृद्धाको सम्मानजनक सहभागितामा सँगसँगै बसेर भोजन ग्रहण गर्दै शुभकामना सन्देश बाँडनु अनुकरणीय पक्ष हो । तर आजभोलि तिज पर्वको नाउँमा रचना गरिएका गीतसङ्गीत र म्युजिक भिडियोमा अश्लील शब्दको समायोजनले सामाजिक मूल्यमान्यतालाई तिलाञ्जली दिएको छ । परिणामस्वरूप परिवारका सबै सदस्य सँगै बसेर अवलोकन गर्न अप्ठ्यारो स्थिति छ । भर्खरै मात्र बजारमा आएको गायक तथा सर्जक दुर्गेश थापाको तिजीगीत एल्बमले हाम्रो समाजलाई चुनौती दिएको छ । यसरी सामाजिक अस्मितामाथि प्रहार गर्ने भल्गर गीतसङ्गीतका सर्जकलाई हामीले खुलेरै प्रतिकार गर्ने अथवा सामाजिक बहिष्कार गर्नुपर्ने हुन्छ । साथसाथै सांस्कृतिक र मौलिक परम्परालाई संस्थागत गर्दै प्रगतिशील र जनवादी गीतसङ्गीतलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।

    आजभोलि तिजको नाउँमा दरखाने कार्यक्रम पनि खर्चिलो र भड्किलो भएको छ । एकडेढ महिनाअगाडि देखि हुनेखाने चेलीबेटी पाँचतारे होटेल, रेस्टुराँमा हल बुकिङ गरी विभिन्न खाद्यान्नका परिकारसहित साउन्ड सिस्टमको ठुलो ठुलो ध्वनि र कोलाहलमय वातावरणमा राती अबेरसम्म कोकटेल÷मोकटेलजस्ता पेय पदार्थको चुस्की लिँदै मच्की मच्की नाचेर रमाउने गरेको पाइन्छ । यसरी होटेल, रेस्टुराँमा हुने कार्यक्रमले सामाजिक संस्कारमा नकारात्मक असर देखिन्छ; जस्तै– आफ्नै शब्दरचना र सहभागीको मुखारबिन्दुबाट गीत गाउने प्रथा लोपोन्मुख हुँदै रेकर्डिङ गीतसङ्गीतमा नाच्ने प्रक्रियाको थालनी भएको छ ।

    होटेलमा आयोजित कार्यक्रममा न्यून सङ्ख्यामा धनाड्य महिलाको सहभागिता हुने हुँदा धनी र गरिबबिचको विभेद यथावत रहन्छ । त्यसैगरी मुट्ठीभर महिला अत्याधुनिक गरगहनामा धपक्कै सजिएका, गीतको भाव, बाजाको सुरतालभन्दा फरक नृत्य प्रस्तुति र हातमा बाह्रखरी वर्णमाला पुस्तकभन्दा ठुलो मोबाइल समाइएको दृश्य देख्न सकिन्छ ।

    पोसाकमा साडी र ब्लाउजको सम्बन्ध नङ र मासुको जस्तै घनिष्ट हुनुपर्ने तर परिवर्तित अवस्थामा साडीको पल्लु हराइसकेको ब्लाउज दिनानुदिन आकारमा खुम्चिएर भित्री वस्त्र (ब्रा) भन्दा सानो भइसकेको, संवेदनशील अङ्ग अर्धनग्न अवस्थामा रहेको पाइन्छ । साडी र ब्लाउजबिचको भाग बेलिपेटमा ट्याटु खोपिएको र नाककानमा लगाउने गहना कहिँ कतै नाभीमा झुन्डाइएको जस्ता पश्चिमेली मुलुकको विकृत भेषभूषा विकसित हुँदै गएको छ । मौलिक गरगहना र पोसाक लोपोन्मुख अवस्थामा छ । महिला दिदीबहिनी गीतसङ्गीतअनुसार अभिनय र नृत्यभन्दा आफ्ना गरगहना, मोबाइल र चेहरा क्यामेरामा कैद गर्न ध्यानाकर्षण रहेको पाइन्छ । शुद्ध साकाहारी भोजनको सट्टा माछामासु अनिवार्य जस्तै भएको छ ।

    हामी आफ्नो संस्कृतिको जगेर्ना र संवद्र्धनको नाउँमा कैयौ विकृति र विसङ्गतिलाई प्राथमिकता दिइरहेका छौँ । समाजमा देखा परेको विकृति–विसङ्गतिको अन्त्य गर्न र समाज रूपान्तरणको आन्दोलनमा प्रगतिशील महिलाको सक्रियता, एक्यबद्धता र एकताको आवश्यकता छ ।

    उल्लेखित घटनाक्रमले गाउँसमाज, मौलिक संस्कृति, परम्परा र भावी पुस्तामा कस्तो सन्देश प्रवाह गर्ला ? सभ्य नागरिकको हैसियतले हामी गम्भीर हुनुपर्ने हो कि ? हरेक क्षेत्रमा किन गलत प्रवृत्तिको सिको गर्दै छौँ हामी ? हामी सबैले विशेष गरी दिदिबहिनीले सकारात्मक पहल गर्नुपर्ने हुन्छ । महिलामुक्ति आन्दोलनको वकालत गर्ने, महिला पुरुष बराबरीको चर्को भाषण गर्ने, लैङ्गिक हिंसा र नारी स्वतन्त्रताको बहस गर्ने तर समाजमा देखिएको सांस्कृतिक विचलन न्यूनीकरण गर्न किन मौन ? दिन–प्रतिदिन किन हाम्रो संस्कृतिमाथि आक्रमण गरिदै छ ? आदि–इत्यादि प्रश्नको समाधान गर्नुपर्ने चुनौती थपिएको छ ।

    हामी आफ्नो संस्कृतिको जगेर्ना र संवद्र्धनको नाउँमा कैयौ विकृति र विसङ्गतिलाई प्राथमिकता दिइरहेका छौँ । समाजमा देखा परेको विकृति–विसङ्गतिको अन्त्य गर्न र समाज रूपान्तरणको आन्दोलनमा प्रगतिशील महिलाको सक्रियता, एक्यबद्धता र एकताको आवश्यकता छ ।

    तिजलाई सामान्य पर्वको रूपमा मनाऔँ । ब्राभन्दा सानो ब्लाउज लगाउने, पेटमा ट्याटु देखाउने, नाभीमा मुन्द्रा लगाउने र अर्धनग्न शरीर देखाउने जस्ता प्रचलनको विरोध गरौँ । सकेसम्म आफ्नो टोल, छिमेक, गाउँसमाजमा भएका दीनदुखी र गरिबीको रेखामुनि बाचिरहेकासँग आफ्नो घरमा बनेको मिठो मसिनो खाद्यान्न बाडेर खाने मानवीय संस्कार थालनी गरौँ । भोकै, प्यासै ब्रत बसेर पुण्य प्राप्ति गर्ने धार्मिक धारणा परिवर्तन गरौँ ।

    कोभिड–१९ को तेस्रो चरणदेखि सावधानी र सतर्कता अपनाउँदै सर्वसुलभ, समावेशी र समतामूलक पर्व मनाउने अभियानमा हातेमालो गर्न विनम्र अनुरोधसहित नेपाली नारीको पर्व तिज–२०७८ को हार्दिक शुभकामना ।

    शुक्रबार, भदौ ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • २.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ३.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ४.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ५.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ६.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • ७.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ८.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.