• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

का. कृष्ण पौडेलको अन्यौल र दिशाहीन कार्यदिशा


  •   बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
  • बासुदेव पोख्रेल ##
    गत साता का. कृष्ण पौडेलले जारी गर्नुभएको एउटा भिडियो अन्तर्वार्तामा उहाँले नेकपा (मसाल), त्यसको आठौँ महाधिवेशन र त्यसले निर्वाचित गरेको नेतृत्वमाथि धेरै आक्षेप लगाउनुभएको छ । तर त्यस प्रकारका आक्षेपमा कुनै नयाँ कुरा छैन । ती आक्षेप आठौँ महाधिवेशनको बेलादेखि नै अराजकतावादी र अनुशासनविहीन तत्त्वले लगाउँदै आएका पुराना र बासी आक्षेप हुन । त्यसकारण तिनीहरूबारे अहिले छलफल गर्नुपर्ने कुनै आवश्यकता देखिन्न । तर त्यो अन्तर्वार्तामा अब तपाईंहरूको आगामी कार्यक्रम के छ भन्ने प्रश्नको जवाफमा उहाँले भनेको कुराले विशेष महत्त्व राख्दछ । त्यो कुराले सकारात्मकभन्दा नकारात्मक रूपले नै बढी महत्त्व राखेको देखिन्छ ।

    Advertisement

    त्यो प्रश्नको जवाफमा उहाँले प्रकट गरेको विचार अस्पष्ट हुनुका साथै आगामी कार्यक्रमबारे उहाँहरू अलमलिएको, कुनै कार्यक्रम वा दिशा स्पष्ट नभएको कुरा प्रष्ट छ । उहाँले भन्नुभएको छ– उहाँलाई खालि भर्खर मात्र पार्टीबाट निष्काशित गरियो । त्यसैले त्यसबारे उहाँले केही सोचिसक्नुभएको छैन र कुनै कार्यक्रम पनि ठेगान गर्नुभएको छैन । तर उहाँको अन्तर्वार्ता पूरै सुनेपछि यो कुरा प्रष्ट हुन्छ कि उहाँले करिब दुई वर्षदेखि नै पार्टीभित्र अन्तरसङ्घर्ष चलाउँदै र आठौँ महाधिवेशनको लाइन र नेतृत्वलाई समेत दक्षिणपन्थी बताउँदै आउनुभएको थियो । उहाँले पहिले कतिपय कार्यक्रममा खुला रूपले नै नेकपा (मसाल), यसको आठौँ महाधिवेशन र नेतृत्वलाई दक्षिणपन्थी बताउँदै आएको कुरा पनि उहाँको रेकर्ड गरिएको मन्तव्यबाट प्रष्ट हुन्छ । तर करिब दुई वर्षदेखि नै नेकपा (मसाल) र त्यसको नेतृत्वलाई दक्षिणपन्थी बताएर विरोध गर्दै आएको भए पनि अहिलेसम्म अब के गर्ने ? त्यसबारे केही नसोचेको उहाँको कुराबाट उहाँहरूमा आगामी कार्यक्रमबारे स्पष्ट विचार नभएको कुरा नै बुझिन्छ ।

    कामरेड विप्लवले सङ्घीयताको विरोध गर्नुहुन्छ भने बैद्य समूह (क्रान्तिकारी–माओवादी) ले सङ्घीयतालाई समर्थन गर्दछ । यसको साथै त्यसले जातिवादी राजनीतिको पनि वकालत गर्दछ । त्यो अवस्थामा वैद्य समूहसित उहाँहरूको धु्रवीकरण कुन राजनीतिक लाइनको आधारमा हुने छ ? त्यसबारे का. कृष्ण पौडेलले कुनै प्रकाश हाल्नुभएको छैन ।

    उहाँले आफ्नो अन्तर्वार्तामा बेग्लै पार्टी बनाउने कुराको सङ्केत दिनुभएको छ । त्यस्तो पार्टी कसरी बनाउने ? त्यसबारे उहाँले यो विचार प्रकट गर्नुभएको छ, नयाँ जनवादी क्रान्तिका पक्षधर शक्तिहरूको धु्रवीकरणबाट त्यस प्रकारको पार्टी बनाउने कुरा बताउनुभएको छ ।

    नेकपा (मसाल) लाई त उहाँहरूले दक्षिणपन्थी बताइसक्नुभएको छ । त्यससित विद्रोह गर्ने कुरा गर्नुभएको छ । त्यसकारण नयाँ जनवाद पक्षधर शक्तिहरूको ध्रुवीकरणमा मसाललाई सामेल गर्ने कुरा भएन । विप्लव पक्षले नयाँ जनवाद होइन, वैज्ञानिक समाजवादको कुरा गर्छ । त्यसरी त्यो नयाँ जनवाद पक्षधर शक्ति नहुने कुरा प्रष्ट छ । त्यसपछि बाँकी रहन्छ बैद्य समूह, तर कामरेड विप्लवले सङ्घीयताको विरोध गर्नुहुन्छ भने बैद्य समूह (क्रान्तिकारी–माओवादी) ले सङ्घीयतालाई समर्थन गर्दछ । यसको साथै त्यसले जातिवादी राजनीतिको पनि वकालत गर्दछ । त्यो अवस्थामा वैद्य समूहसित उहाँहरूको धु्रवीकरण कुन राजनीतिक लाइनको आधारमा हुने छ ? त्यसबारे का. कृष्ण पौडेलले कुनै प्रकाश हाल्नुभएको छैन । त्यसैगरी उहाँको नयाँ जनवादका पक्षधरको ध्रुवीकरणमा कुन कुन राजनीतिक सङ्गठन आउने छन् ? त्यसबारे पनि उहाँले कुनै प्रकाश हाल्नुभएको छैन र वर्तमान स्थितिमा उहाँले हाल्न पनि सक्नुहुन्न । अनि, उहाँहरूले नयाँ जनवाद पक्षधर कुन शक्तिहरूसँग धु्रवीकरण गरेर क्रान्तिकारी पार्टी बनाउनु हुने हो ? स्वयम् उहाँहरूका अगाडि पनि कुनै स्पष्ट कार्यदिशा नभएको कुरा प्रष्ट छ ।

    त्यसरी उहाँहरूको नयाँ जनवाद पक्षधर शक्तिसित व्यापक छलफल र धु्रवीकरण गरेर नयाँ पार्टी बनाउने कुरा खालि हवाइ गफ मात्र भएको कुरा प्रष्ट छ । पहिले नेकपाबाट अलग भएको माले (झापाली समूह) र पछि नेकपा (मसाल) बाट अलग भएका माओवादी, दिनानाथ, बाबुराम, केशव नेपाल, रामसिंह, मेघराज ज्ञवाली, डिलाराम र गिरधारीलाल आदिहरूले पनि बेग्लै ग्रुप बनाएका थिए, जसलाई उनीहरूले सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टी बताउँथे । त्यसरी बेग्लै पार्टी बनाउनु कुनै कठिन कुरा होइन, तर पहिले जो जोले मसालबाट अलग भएर बेग्लै पार्टी बनाएका थिए, उनीहरूमध्ये सबैले मसालको लाइन दक्षिणपन्थी भएको आरोप लगाएर र देशमा छिट्टै नयाँ जनवादी क्रान्ति गर्ने कुरा बताएर बेग्लै पार्टी बनाएका थिए । तर ती सबैको अवस्था के भयो ? यो सबैलाई थाहा भएको कुरा हो कि या त उनीहरूले दक्षिणपन्थी दिशा समाते या अन्य सङ्गठनमा गएर बिलाए या उनीहरूको अस्तित्व नै हरायो । ती सबैका विषयमा एउटा कुरा समान रूपले लागु हुन्छ : उनीहरूमध्ये कसैले पनि क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी पार्टीको निर्माण गर्न वा क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन सकेनन्; किनभने, उनीहरू सबैका मसालमाथिका आरोप गैरमाक्र्सवादी र अवस्तुवादी थिए ।

    का. कृष्ण पौडेलले पनि अहिले नेकपा (मसाल) वा त्यसको नेतृत्वलाई दक्षिणपन्थी घोषित गरेर क्रान्तिकारी पार्टीको निर्माण वा क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने कुरा गर्दै हुनुहुन्छ । प्रथमतः यो कुरा प्रष्ट भइसकेको छ कि नयाँ जनवाद पक्षधर शक्तिहरूको ध्रुवीकरण गरेर क्रान्तिकारी पार्टीको गठन गर्ने जुन कुरा गर्नुभएको छ, त्यो एउटा लफ्फाजी मात्र हो । त्यसको कुनै व्यावहारिक आधार छैन ।

    का. कृष्ण पौडेलले पनि अहिले नेकपा (मसाल) वा त्यसको नेतृत्वलाई दक्षिणपन्थी घोषित गरेर क्रान्तिकारी पार्टीको निर्माण वा क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने कुरा गर्दै हुनुहुन्छ । प्रथमतः यो कुरा प्रष्ट भइसकेको छ कि नयाँ जनवाद पक्षधर शक्तिहरूको ध्रुवीकरण गरेर क्रान्तिकारी पार्टीको गठन गर्ने जुन कुरा गर्नुभएको छ, त्यो एउटा लफ्फाजी मात्र हो । त्यसको कुनै व्यावहारिक आधार छैन । तैपनि उहाँहरूले कम्युनिस्ट पार्टीको नाम दिएर नेकपा (मसाल) बाट निष्काशित साथीहरूलाई जम्मा गरेर एउटा बेग्लै ग्रुप बनाउन सक्नुहुने छ ।

    तर त्यस्तो ग्रुपको गठन गर्नुभन्दा महत्त्वपूर्ण कुरा यो हो– त्यसको भविष्य कस्तो हुने छ ? त्यसलाई उहाँहरूले कुन हदसम्म क्रान्तिकारी रूप दिन सक्नुहुने छ अथवा उहाँका अगाडि अरू कुनै सङ्गठनमा गएर विलीन हुनुबाहेक कुनै विकल्प बाँकी रहने छैन । त्यसरी बैद्य समूहमा विलीन हुनका लागि उहाँका अगाडि एउटा बाटो खुला छ । तर उहाँहरूका बिचमा भएको सङ्घीयतासम्बन्धी विवाद र जातिवादको प्रश्न कसरी समाधान गर्नुहुने छ ? त्यसलाई समाधान गर्न नसकेमा बैद्य समूहमा सामेल हुने उहाँहरूको बाटो पनि बन्द हुने छ ।

    उहाँहरूको एउटा कार्यदिशा प्रष्ट छ, उहाँहरूले संसदीय प्रणाली र गणतन्त्र दुवैलाई प्रतिक्रियावादी भनेर विरोध गर्नुभएको छ र तिनीहरूलाई समाप्त गर्ने कुरामा मुख्य जोड दिनुभएको छ । नयाँ जनवादी क्रान्तिको तुलनामा विद्यमान संसदीय प्रणाली र गणतन्त्रसमेतको विरोध गर्नु वा तिनीहरूलाई समाप्त गर्ने कुरा गर्नु सही नै हो । तर कार्यनीतिक रूपमा र अहिले नयाँ जनवादी क्रान्ति सफल पार्ने वस्तुगत आधार नभएको अवस्थामा विद्यमान बहुदलीय व्यवस्था वा गणतन्त्रलाई समाप्त गर्ने कुरामा जोड दिनुको अर्थ राजतन्त्रको पुुनस्र्थापनामा सेवा पु¥याउनु वा प्रतिगमनको सेवा गर्नु नै हुने छ । अन्य कतिपय वामपन्थीमा त्यही प्रकारको गलत प्रवृत्ति पाइन्छ र त्यो विचारलाई का. कृष्ण पौडेलले पनि बोकेर हिड्नुभएको छ । त्यसरी प्रतिगमनको सेवा गर्न त सकिएला तर क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन अवश्य पनि सम्भव हुने छैन ।

    पहिले मसालबाट फुटेर गएका विभिन्न गु्रप वा व्यक्तिमध्ये उहाँहरूको अवस्था कसको जस्तो हुने छ ? त्यो स्पष्ट हुन हामीले धेरै समय पर्खनुपर्ने छैन ।

    का. कृष्ण पौडेलले अहिले मसाल वा त्यसको नेतृत्वमाथि आरोप लगाएर वा गालीगलौज गरेर आफ्नो राजनीतिलाई अगाडि बढाउने जुन कोसिस गर्नुभएको छ, त्यसद्वारा केही दिन साथीहरूमा धेरै थोरै भ्रम दिन सफल भए पनि त्यस प्रकारको गालीगलौजको भरमा उहाँहरूले धेरै दिनसम्म आफ्नो राजनीति अगाडि बढाउन सक्नुहुने छैन । त्यसरी आठौँ महाधिवेशनपछि उहाँहरूको राजनीति गालीगलौजमा नै सीमित रह्यो । अहिलेको उहाँको अन्तर्वार्ताबाट पनि उहाँहरू गालीगलौजभन्दा बढी कुनै ठोस कार्यक्रमको दिशामा अगाडि बढ्न नसकेको कुरा स्वयम् उहाँको अन्तर्वार्ताबाट प्रष्ट हुन्छ । पहिले मसालबाट फुटेर गएका विभिन्न गु्रप वा व्यक्तिमध्ये उहाँहरूको अवस्था कसको जस्तो हुने छ ? त्यो स्पष्ट हुन हामीले धेरै समय पर्खनुपर्ने छैन ।

    पहिले नेकपा वा मसालबाट विभिन्न प्रकारका गलत राजनीतिक भड्काव, अराजकतावाद, अनुशासनविहीनताका कारणले अलग भएर जाने साथीहरूले थुप्रै इमान्दार साथीलाई पनि आफ्ना साथमा लिएर बिगारेका थुप्रै उदाहरण छन् । डा. केशरजङ्ग रायमाझीले ठुलो पैमानामा त्यस प्रकारको काम गरेका थिए । पछि पूर्वमाले वा माओवादीले पनि क्रान्तिकारी नाराको कुरा गरेर थुप्रै साथीलाई दक्षिणपन्थी दलदलमा फसाएका उदाहरण पनि हाम्राअगाडि छन् । मसालबाट अलग हुने अन्य विभिन्न व्यक्ति वा पक्षले पनि त्यो सिलसिला अगाडि बढाउँदै थुप्रै इमान्दार साथीहरूलाई गलत दिशामा लैजाने गरेका छन् । का. कृष्ण पौडेलले पनि इमान्दार र अनुशासित साथीहरूलाई कहाँसम्म आफ्ना साथमा लैजान सफल हुनुहुने छ ? त्यो कुरा पनि आउने दिनमा नै प्रष्ट हँुदै जाने छ ।

    बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.