लक्ष्मण बेलबासे ##
पृष्ठभूमि
सोभियत युनियन विघटनसँगै विश्व शक्तिको नायक बन्दै गएको अमेरिका महानायकमा रूपान्तरण भएको थियो । सोभियत युनियनको विघटनपश्चात् विश्व राजनीतिमा समाजवादी तथा साम्यवादी धार पनि कमजोर हुँदै गयो । निर्विकल्प पुँजीवादी धार एकलौटी विश्व शासन व्यवस्था बन्न पुग्यो । यसको नेतृत्वकर्ता पनि अमेरिका बन्न पुग्यो । अमेरिका अब विश्वको राजाजस्तै बन्यो । सामरिक तथा आर्थिक दुवै स्थितिले शक्तिशाली भयो ।
विश्वभरि विभिन्न बहानामा लुट मच्चाएको अमेरिका विभिन्न निगममार्फत संसारभर प्रत्यक्ष/अप्रत्यक्ष शासन गरिरहेको छ । उसको अह्रनखटन विरुद्ध जाने शासन व्यवस्था वा शासकलाई घुँडा टेकाउने काम उसको नीति बनेको छ । बाँकी विश्वलाई आफ्नै पछाडि डोर्याएको छ । यसका लागि प्रत्यक्ष/अप्रत्यक्ष साम्राज्यवादी सम्पूर्ण चरित्रको प्रदर्शन गरेको छ ।
अहिले बिस्तारै वैश्विक अर्थव्यवस्थामा हुँदै गरेको बदलाव र त्यसको प्रभावले हिजोका पुँजीवादी विश्व शासन व्यवस्थाका नायक तथा महानायक तिल्मिलाएका छन् । आफ्नो विरासत खोसिने तथा दादागिरी सकिने चिन्ताले सताएको छ ।
यहाँका शासक वर्गलाई विभिन्न प्रलोभन तथा हप्काएर हुन्छ या फकाएर विभिन्न हतकन्डा प्रयोग गरी कुनै पनि अवस्थामा संसदबाट पास गराएर नेपालको सार्वभौम तथा स्वाधीनता खोसेर आफ्नै शासन चलाउने कोसिस भइरहेको छ ।
मुख्यतः भौगोलिक तथा जनसङ्ख्या दुवै रूपले ठुलो देश अब विस्तारै आर्थिक रूपले पनि ठुलो हुँदै गर्दा उसले विकास गरेको सामरिक शक्ति झनै चुनौती बनेको छ । त्यसका साथै उसले फड्को मार्दै गरेको प्रविधिको विकासले हिजोको एकलौटी बाजार खोसिदै जाँदा भीमकाय पहाड बनेर उभिन थालेको चीन सबैका लागि चुनौती बनेको छ । उसले सुरु गरेको विश्व राजनीतिक हस्तक्षेपले विश्व फेरि दुई धु्रवमा विभाजित हुन थालेको छ । यही विभाजित हुँदै गरेको विश्वमा आफ्नो पल्ला भारी बनाई राख्न अब पूर्व साम्राज्यवादी तथा पुँजीवादी र यसको नायक अमेरिकालाई सबै कोणबाट अप्ठ्यारो हुँदै जाँदा अब सबैको ध्यान चीनलाई कसरी कमजोर बनाउने र आफै कसरी साँढे बनिरहने भन्ने कुरा नै चिन्ताको विषय बनेको छ । यही चीनघेराउ अभियान नै अहिलेको नेपालमा जबर्जस्त लाद्न खोजिएको एमसिसी परियोजना हो ।
यहाँका शासक वर्गलाई विभिन्न प्रलोभन तथा हप्काएर हुन्छ या फकाएर विभिन्न हतकन्डा प्रयोग गरी कुनै पनि अवस्थामा संसदबाट पास गराएर नेपालको सार्वभौम तथा स्वाधीनता खोसेर आफ्नै शासन चलाउने कोसिस भइरहेको छ । नेपालको विषयमा थप कुरा गर्नुपर्दा हाम्रो सामाजिक, सांस्कृतिक तथा धार्मिक संस्कार यस्तो हो, दानमा कुनै सर्त हुँदैन । दानमा स्वार्थ लुकेको हुनुहुँदैन । दान दिनेले होइन, लिनेले अस्वीकार गर्न पाइन्छ । हाम्रा धार्मिक सांस्कृतिक अनुभवले यिनै कुरा सिकाउँछ ।
हाम्रो अवस्था
हामी र हाम्रो इतिहास पनि कुनै बेला विश्वभर वीरताको इतिहास थियो । नेपाल एकीकरणको अभियान चल्दै गर्दा राष्ट्रिय भावनाको विकास पनि हुँदै थियो । राष्ट्र र राष्ट्रियताको पक्षमा ठुला ठुला साहसपूर्ण बलिदान भए । अङ्ग्रेजजस्तो विशाल सामरिक तथा आर्थिक क्षमता भएको देशले पनि कैयौँ पटक घुँडा टेकेकै हो । तर त्यसपश्चात राष्ट्रिय राजनीतिमा विकास भएको आपसी अविश्वास, चरम सत्तास्वार्थ तथा पदलोलुपतताले हाम्रो आन्तरिक बल कमजोर हुँदै गयो । यही दौरानमा भएको अङ्ग्रेज–नेपालको लडाइँमा नेपाली शक्ति कमजोर पर्यो र परिणामस्वरूप अपमानजनक सुगौली सन्धि गर्नुपर्यो । यसले नेपालीको आत्मसम्मानमा ठुलो चोट पुर्यायो ।
यिनै देशभित्रै चरम शोषण र गरिबीको चपेटामा परेका युवा जनशक्तिलाई विदेशी फौजमा भर्ती गराएर आम्दानी खाना पल्किएका शासकवर्गले युवाको जिम्मेवारी उठाउनुभन्दा विदेश पठाएर मुर्दाशान्तिमा रमाउन उपयुक्त ठानेको पाइन्छ ।
अब विभाजित पुनःसङ्गठित भएर गुमेको भूमि फिर्ता गर्नेभन्दा पनि पराजित मानसिकताको उपज आपसी कलह बढ्न थाल्यो । देशभित्रकै एउटा शक्तिले देशभित्रकै अर्को शक्तिलाई सिध्याउन विदेशी शक्तिको सहारा खोज्न थाले । विदेशी शक्तिका जस्ता सर्त पनि स्वीकार्य हुन थाले । अब नेपाली मन पनि पराजित हुन थाल्यो । त्यही पराजित मनलाई आफ्नै वफादार सत्ताको प्रयोग गरेर आफ्नै लागि प्रयोग गर्न थाले । अब वीर गोर्खाली अर्कैको भूमिमा अर्कैका लागि मार्ने र मर्ने बहादुर भए । अब आफ्नो राष्ट्र र राष्ट्रियताभन्दा अरूकै आदेश नै परमादेश शिरोधार्य हुन थाल्यो । अविकसित, शोषण र गरिबीले जर्जर भएको आफ्नै देश महत्त्वहीन लाग्न थाल्यो । अब पहाड “साला पहाड” हुन थाले । अब त मानसिकता नै सबैको पराधीन मानसिकतामा रूपान्तरण भयो ।
“भारतरत्न” होस् या “भिक्टोरिया क्रस” जस्ता पुरस्कार नेपालीले पाउने भए । अर्कैका देशमा अर्कैका लागि लडेर नेपालीले पुरस्कार पाउने भए । आफ्नो देश भत्किएको कसैले देखेन । सीमा मिचिए; अस्मिता लुटिए तर पनि अर्कैले दिएको पुरस्कार मूल्यवान भयो । जहाँ जुन जमिन जितेर नेपालीले पुरस्कार थपिरहे । त्यही मुलुकले अशक्त हुँदै गर्दा जबर्जस्ती फर्काइदिँदा त्यो जितेको जमिन कसका लागि जितियो† महसुस नै भएन । फगत आदेश मान्ने गोर्खाली यही “साला पहाड” मै फर्किए, यो उनीहरूको बाध्यता पनि थियो । तर पनि मानसिकता बदलिएन ।
यिनै देशभित्रै चरम शोषण र गरिबीको चपेटामा परेका युवा जनशक्तिलाई विदेशी फौजमा भर्ती गराएर आम्दानी खाना पल्किएका शासकवर्गले युवाको जिम्मेवारी उठाउनुभन्दा विदेश पठाएर मुर्दाशान्तिमा रमाउन उपयुक्त ठानेको पाइन्छ ।
सत्तास्वार्थमा चुर्लुम्म डुबेका शासक–प्रशासक व्यक्तिगत स्वार्थको अगाडि राष्ट्रिय स्वार्थ गौण भयो । शासकवर्ग नै पराधीन मानसिकताद्वारा ग्रस्त हुँदै जाँदा जनतामा त्यसको झनै ठुलो प्रभाव प¥यो । त्यसैको परिणाम जनता पनि लाहुरे मानसिकताबाट माथि उठ्न सकेनन् । विदेशी कोठी र चौकीदारजस्ता कठिन काम गरेर जहानबच्चा हुर्काउँदै जीविका चले पनि नचले पनि चलाउन बाध्य भए । यसले गर्दा जन्मथलो भन्दा कर्मथलो ठुलो हुन थाल्यो ।
हाम्रो राष्ट्रिय स्वाधीनता र सम्प्रभुता कमजोर हुन थालेको अनुभूति गरेका छन् । गरिबीको खोल ओढाएर, दानको लोभ देखाएर अस्मिता लुट्न खोज्नेजस्तै भएको छ । छिमेकीकै विरुद्ध हाम्रै भूमि प्रयोग हुने प्रपन्च हुन थालेको छ ।
के हो राष्ट्रियता, के हो स्वाभिमान र स्वाधीनता ? भोको पेटले बुझ्ने कुरा पनि होइन । देशको शासन व्यवस्था र शासकवर्गको चरित्र देखेरै आजित सामान्य जनता रुष्ट हुनुकै अभिव्यक्ति हुन सक्छ, भारत, अमेरिकाले लिए त देश विकास हुने थियो† भौतिक विकासको अनुभूति त गर्न पाइने थियो जस्ता कुरा हाम्रै समाजमा अझै पनि सुन्न पाइन्छ ।
अर्कोतर्फ, यस्तै अबोध बालकजस्ता जनतामाथि शासन गर्ने शासकवर्गले अहिले पनि सत्ता र स्वार्थभन्दा माथि उठेर उच्च प्रकारको राजनीतिक चरित्र प्रदर्शन गर्न सकेनन् । चाहे त्यो गणतन्त्रमा होस् या राजतन्त्रमा या राणाकालमै होस्, जनताको मन जित्ने गरी राष्ट्रिय स्वाधीनता र सीमासुरक्षाको विषयमा परिणाममुखी काम हुन सकेनन् ।
प्रजातन्त्रको आगमनपश्चात् जनतामा केही आशा र विश्वास केही जागेको थियो । आफैले बनाएको सरकारबाटै पनि झनै ठुला धोका र राष्ट्रघाती कदम हुँदै गए । सन् १९५० को असमान सन्धि तथा महाकाली सन्धि होस् या गण्डकी सम्झौता, यस्तै अन्य कालापानीलगायतका सीमाविवादका कुरा सबैका सबै सत्ता र स्वार्थको अगाडि सामान्य हुँदै गए । यसको परिणाम जनताको मनबाटै शासकवर्गप्रति झनै विश्वास हराउँदै गयो । राजनीतिक पार्टी र तीनका नेतृत्वप्रतिको विश्वास हराउँदै गयो । धेरै धेरै जोखिमपूर्ण लडाइँ लडेर विभिन्न नयाँ र प्रगतिशील शासन व्यवस्था ल्याए पनि पार्टी र नेतृत्वमा इमान्दार राजनीतिक संस्कारको विकास हुन सकेन । राजनीतिले असभ्य वाक स्वतन्त्रताभन्दा बढी केही दिन सकेको अनुभूति गर्न सकेनन् । यसैको परिणाम जनतामा परिवर्तनप्रति विश्वास हराएको छ । समानता हाम्रै पालामा साँच्चिकै झुटा सपनाजस्तै लाग्छ । यसैले होला, जनतालाई सपना देख्न पनि मन लाग्न छोडेको छ । राष्ट्रिय महत्त्वका विषयमा पनि चासो लाग्न छोडे जस्तै भएको छ ।
जनता जति नै चिच्याए पनि उनको आवाज कतै सुनिँदैन । सुनुवाइ हुँदैन । त्यसैले होला, जनता शान्त भएजस्तै देखिन थालेको छ । जनता निरीहजस्तै भएका छन् । उनीहरू एक्लै छन् । विभाजित छन् । सङ्गठित छैनन् । यहीको गलत राजनीतिक संस्कारले विभाजित गरेको छ । निरास बनाएको छ ।
देशैभित्र विभिन्न सत्ताका खेल सकुनीको पासाजस्तै मर्यादाहीन भएका छन् । तर पनि जनताको हस्तक्षेप शून्यजस्तै रहेको छ । सबै भित्रभित्रै गुम्सिएर बसेजस्तो प्रतिक्रियाविहीन देखिन्छन् ।
कुनै उत्पादन कम्पनी होस् या हाइड्रोपावर तथा वित्त या लघुवित्त, सबैको सेयर आवेदन खुल्दा हजारौँ गुणा आवेदन पर्ने ठाउँमा हामी त्यति धेरै गरिब पनि त होइनौँ । जहाँ जे कामका लागि पनि भिक नै माग्नुपर्ने, अझ अहिलेको विषय त जाबो ५५ अर्बका लागि अस्मिता नै बेच्न तयार हुने ।
अहिले भर्खरै सत्ताको अमर्यादित खेल सकिएजस्तै देखिएको छ । विदेशी शक्ति सल्बलाएको छ । देशको आन्तरिक एकता खल्बलिएको छ । कुनै शक्ति फुटाएर आफ्ना अभीष्ट पूरा गर्न दत्तचित्त भएर लागेका छन् । हाम्रोजस्तो संवेदनशील भूराजनीतिक अवस्थामा पनि कोही संवेदनशील देखिँदैन ।
कुनै बेला सर्वत्र विरोध गरिएको अमेरिकी परियोजना फेरि चर्चाको शिखरमा पुगेको छ । धेरै देशभक्त आम जनतालाई सचेत र सुसूचित गर्न लागिपरेका छन् । हाम्रो राष्ट्रिय स्वाधीनता र सम्प्रभुता कमजोर हुन थालेको अनुभूति गरेका छन् । गरिबीको खोल ओढाएर, दानको लोभ देखाएर अस्मिता लुट्न खोज्नेजस्तै भएको छ । छिमेकीकै विरुद्ध हाम्रै भूमि प्रयोग हुने प्रपन्च हुन थालेको छ ।
केही पहिले गाडी भाडा दुई रुपियाँ बढ्दा नेपालबन्द गराउन उठ्ने जनता आज मौनता साँधेर बसेका छन् । अबोध मूकदर्शकजस्तै भएका छन् । लाग्छ, जनता बेमतलवी भएका छन् । संवेदनहीन भएका छन् । कसैको कोहीप्रति भरोसा छैन । कुनै पनि नेतृत्वले आफूलाई आफ्नो स्वार्थ पूरा नहुन्जेल मात्र प्रयोग गर्ने बुझेका छन् । त्यसैले होला, विवेकहीन भएर कसैका भ¥याङ बन्न चाहेका छैनन् । जनताले बुझेका छन् ।
कुनै उत्पादन कम्पनी होस् या हाइड्रोपावर तथा वित्त या लघुवित्त, सबैको सेयर आवेदन खुल्दा हजारौँ गुणा आवेदन पर्ने ठाउँमा हामी त्यति धेरै गरिब पनि त होइनौँ । जहाँ जे कामका लागि पनि भिक नै माग्नुपर्ने, अझ अहिलेको विषय त जाबो ५५ अर्बका लागि अस्मिता नै बेच्न तयार हुने । केही कुत्सित स्वार्थ बोकेका विदेशी पाल्तुबाहेक सबैलाई अस्वाभाविक लागेको छ । यत्रो प्राकृतिक स्रोतसाधनले भरिएको हाम्रो देशमा मात्र नेतृत्वको इमान्दार प्रयत्न हुने हो भने पनि लगानीको कुनै कमी हुने छैन ।
अहिले स्वदेश तथा विदेशमा बसेर प्रविधिमा फड्को मरेका नेपालीकै बौद्धिक क्षमताको उपयोग गर्न सके अब प्रविधिकै सवालमा पनि कहिँ कतै भिक माग्ने अवस्था सकिएको छ ।
अब मौनता साँधेर होइन, मुख खोलेर एमसिसीको विरुद्धमा लागौँ । यो स्वतन्त्र राष्ट्रको स्वाधीनतामाथिको घुमाउरो आक्रमणको प्रतिवाद गरौँ । देशीविदेशी सबै देशका विरुद्ध लाग्नेलाई डाँडा कटाएर छोड्ने प्रतिज्ञा गरौँ ।
अबको बाटो
सुगौली सन्धिपश्चात पराधीनता स्वीकारेको नेपाली मानसिकताको शुद्धीकरण आजको पहिलो आवश्यकता हो । आफू र आफ्नोमाथि विश्वासको जग बसाल्नु नै पहिलो पाइला हुनुपर्दछ । राष्ट्रिय एकता र अखण्डता तथा एकीकृत राष्ट्रिय भावना र राष्ट्रप्रेमको भावना पुनर्जागृत हुनुपर्दछ । जागृत गराउनुपर्दछ । यो एउटा पहिलो अभियान हुनुपर्दछ ।
प्रत्येक नेपालीले नेपालको कला, संस्कार, संस्कृति, भाषाभाषीमाथि गर्व गर्न सक्नुपर्दछ । जब सबैमा राष्ट्रिय भावनाको विकास हुने छ, राष्ट्रिय एकताको विकास प्राकृतिक रूपमै हुने छ; जब मन एक हुने छ, धन त यहीँ उत्पादन गर्न सक्छौँ हामी । जब हरेक नेपालीले नेपाल र नेपालीलाई मनैदेखि माया गर्ने छन्, नेपालीको सुखदुःखमा नेपालीकै साथ हुने छ, कसैले आँखा लगाउन सक्ने छैनन्; कोही कतैबाट कुत्सित मनसाय बोकेर दान लिएर आउने छैनन् ।
त्यसैले अब मौनता साँधेर होइन, मुख खोलेर एमसिसीको विरुद्धमा लागौँ । यो स्वतन्त्र राष्ट्रको स्वाधीनतामाथिको घुमाउरो आक्रमणको प्रतिवाद गरौँ । देशीविदेशी सबै देशका विरुद्ध लाग्नेलाई डाँडा कटाएर छोड्ने प्रतिज्ञा गरौँ ।
हामी मगन्ते होइनौँ, मगन्तेको खोल ओढाइएको मात्र हो । त्यसैले यस्ता हरेक खोल च्यातेर २०४६ साल तथा त्यसपछि पनि भइसकेका अन्य आन्दोलनमा जस्तै स्वतःस्फूर्त रूपमा राष्ट्रियहित विरुद्धका यस्ता कदम विरुद्ध एकताबद्ध सशक्त प्रतिवाद गरौँ । होइन भने सङ्कीर्ण र पराधीन मानसिकताले फेरि पनि अर्को भड्खालोमा पुर्याउने छ । त्यसैले सबै सचेत बनौँ ।