सुरेशकुमार पाण्डे ##
मानिसहरू जब कुनै सङ्घसंस्थालाई छाडेर जान्छन्, त्यसपछि त्यो संस्थालाई सराप्ने, पोल्ने र गालीगलौज गर्ने र त्यसलाई खराब प्रमाणित गर्ने गर्दछन् । अनि आफू लामो समयसम्म त्यहाँ बसेपछि आफू निस्किँदा त्यो संस्थालाई दोष दिन्छन् । यो कुनै पनि पार्टी र त्यसका जनवर्गीय सङ्गठनबाट निष्काशित कतिपय कार्यकर्ता वा जिम्मेवार पुराना र लामो समयसम्म काम गरेका नेताहरूको व्यवहारले गर्दा मलाई थोरै भए पनि उनीहरूको बारेमा बोल्न मन लग्यो ।
कुनै पनि नेता–कार्यकर्ता निस्केपछि पार्टी–सङ्गठनलाई लगाउने आरोप कत्तिको सही हुन्छ ? त्यो उनीहरूको क्रियाकलापले पनि काफी हदसम्म पुष्टि गर्छ । त्यसका लागि लामो समयसम्म पर्खिनुपर्दैन, छिट्टै प्रष्ट हुँदै जान्छ ।
नेताहरूको त्यो रुवाइ किन हुन्छ भने आफू शत्प्रतिशत ठिक तर पार्टी वा सङ्गठन शत्प्रतिशत खराब देखाएर आफू पानीमाथिको ओभानो हुने उद्देश्यमा यस्ता विचार बाहिर आएका हुन्छन् भन्न सकिन्छ । आखिर लामो समयसम्म उनीहरूले पार्टी–सङ्गठनभित्र त्यो तानाशाह, निरङ्कुश र गलत ठाउँमा कसरी बस्न सके ? यहाँनिर एउटा प्रश्न उठ्छ ।
एउटा पार्टीबाट हटेपछि पार्टीलाई लगाउने आरोप, अर्को पार्टीबाट कोही गएपछि बल्ल त्यसले पार्टीको सम्पत्ति खायो भनेर लगाउने आरोप यी दुबै गलत आरोप हुन् । जब मानिसले आफ्नो योजनामा सफलता पाउँदैन, त्यसपछि अर्कालाई दोषी बनाउने बहाना खोज्छ ।
जब उनी बसेको पार्टीले गलत लाइन छोप्यो, त्यो बेला नै उहाँहरूले विद्रोह गरेर सही पार्टी गठन गर्नुपथ्र्यो । उहाँहरू बसेको केन्द्रले दुई दशकदेखि गलत लाइन लिएको थियो, उहाँ त्यो पार्टीको केन्द्रमा हुनुहुन्थ्यो भने यति लामो समयसम्म उहाँले त्यो पार्टीभित्र कसरी बसेर गलत कामको आफूले स्वयम् साथ दिइराख्नुभयो ? किन त्यसको विरोध र भण्डाफोर गर्न सक्नुभएन ? त्यसका लागि त उहाँहरूले आम पार्टीसदस्य, समर्थकसम्म क्षमायाचना गर्नुपर्ने हुन्छ; किनकि, उहाँहरू पनि उत्तिकै दोषी हुनुहुन्छ, जति अरू छन् । त्यसकारण मेरो विचारमा यी दुबै कुराहरू गलत हुन् ।
एउटा पार्टीबाट हटेपछि पार्टीलाई लगाउने आरोप, अर्को पार्टीबाट कोही गएपछि बल्ल त्यसले पार्टीको सम्पत्ति खायो भनेर लगाउने आरोप यी दुबै गलत आरोप हुन् । जब मानिसले आफ्नो योजनामा सफलता पाउँदैन, त्यसपछि अर्कालाई दोषी बनाउने बहाना खोज्छ ।
पार्टीबाट निस्कने बेला कसैले पार्टी–सङ्गठनका पैसालाई हिनामिना गरेर भाग्यो भन्दा त्यो कमिटीमाथि प्रतिप्रश्न उठ्छ– त्यो व्यक्तिले पैसा हिनामिना गर्न पार्टीभित्र कसरी सफल भयो ? त्यसमा पार्टी कमिटि नै दोषी हुन्छ; किनभने समयमा आर्थिक हिसाब गरेर नराख्दा यो अवस्था आउने सम्भावना रहिरहन्छ । नेतृत्वले अन्ध विश्वास गर्दा र नेतृत्वप्रति अन्धभक्ति गर्दा यो अवस्था सिर्जना हुन्छ । यो कुरा सबैलाई थाहा हुन्छ । जानबुझेर लापरवाही गरेपछि यो अवस्था सिर्जित हुने गर्छ ।
कैयौँ पार्टी–सङ्गठनको सम्पत्ति व्यक्तिको नाउँमा हुँदा त्यस्तो अवस्था सिर्जित हुन्छ । त्यो पनि पार्टी–सङ्गठनको लापरवाही हो भनेर बुझ्नुपर्छ । पटक पटक यस्ता घटना आइपरेकाले पनि जुनसुकै पार्टी–सङ्गठन साङ्गठनिक सम्पत्तिप्रति सचेत हुनुपर्ने हुन्छ ।
कार्यक्षेत्रमा मेरो विचार यस्तो थियो भनेर पारित विचारलाई लागु गर्न अवरोध खडा गर्छ भने त्यो अराजक कार्यशैली हो । त्यो उसको विचार सही छ वा गलत ? त्यो भन्दा पनि उसले अपनाएको व्यवहार अराजक मानिन्छ ।
कुनै पनि जीवित पार्टी सङ्गठनभित्र अनेकौँ विचार जन्मिन्छन् । त्यो सामान्य कुरा हो । सबैको विचारबाट छलफल गरेर एउटा विचारलाई सङ्गठनले पारित गर्छ । त्यो पारित भएको विचारलाई सबैले कार्यान्वयन गर्नुपर्छ । त्यो ठिक छ/छैन भन्ने कुरा पछि व्यवहारले नै पुष्टि गर्छ ।
वैचारिक छलफलको बेलामा पारित विचारलाई कार्यक्षेत्रमा लागु गर्ने सबैको दायित्व हुन्छ । कार्यक्षेत्रमा मेरो विचार यस्तो थियो भनेर पारित विचारलाई लागु गर्न अवरोध खडा गर्छ भने त्यो अराजक कार्यशैली हो । त्यो उसको विचार सही छ वा गलत ? त्यो भन्दा पनि उसले अपनाएको व्यवहार अराजक मानिन्छ । त्यसकारण त्यो अनुशासनको दायरामा पर्छ ।
अल्पमतमा परे पनि बहुमतको विचारलाई लागु गर्नुपर्छ । त्यसलाई बहुमतले कुनै कुरा लादेको भन्न मिल्दैन, बरु अल्पमतको विचारलाई साथीहरूको बिचमा गुट बनाएर लागु गर्ने प्रयत्न गरिन्छ भने त्यो पारित प्रस्तावको विरुद्धमा अल्पमत पक्षले अनुशासन नाघेको भनेर भन्न मिल्छ ।
यति लामो समयसम्म उहाँहरूले सङ्गठन र पार्टीको नेतृत्व पङ्क्तिमा बसेर काम गरेकासँग कम्युनिस्टलाई बुझ्ने क्षमता छैन भने त हामिले के भन्ने ? नत्र भने उहाँहरूले जानेर आम जनता कार्यकर्तालाई भ्रमित गर्न खोजेको जस्तो लाग्छ । पार्टीले पार्टीभित्रका कुराहरूलाई विशेष परिस्थितिमा मात्र लग्ने भनेर निर्णय गर्छ भने त्यो मान्नुपर्छ । यदि मानिदैन र त्यो विचारलाई सार्वजनिक गरिन्छ भने त त्यो सिधै अराजकता हो । अनि उसलाई पार्टीले कारबाही गर्नैपर्छ ।
पार्टीले पत्रिकालाई आफ्नो बनाएको हुन्छ । त्यसका लागि धेरै लगानी गर्छ । त्यो पत्रिकाले पार्टीको लाइनलाई चिनाएको हुन्छ । त्यसकारणले त्यो पत्रिका जुनसुकै अबस्थामा पनि पार्टीको सम्पत्ति हो । त्यसकारणले त्यो पत्रिकामाथि कसैले दाबी गर्छ भने त जतिसुकै सक्रिय पार्टीको नेता भए पनि त्यसो गर्नु त गलत नै हो ।
हामीले भन्दैनौँ, पार्टीमा सधैँभरि सही विचार बहुमतले अँगाल्छ । कहिलेकाहिँ बहुमतले पनि गल्ती गर्छ । तर बहुमतले गलत गर्यो भनेर सार्वजनिक रूपमा कराउने अधिकार कम्युनिस्ट पार्टीभित्र हुन्छ र ? हुँदैन भन्ने कुरा त यहाँहरूलाई थाहा नै छ । फेरि किन सार्वजनिक रूपमा मेरो यो राय थियो, तर बहुमतले त्यो पारित गर्यो; अनि, मैले मानिनँ र कारबाहीमा परेँ भन्दा उहाँहरू इमानदार भए पनि अराजक हो भनेर भन्नैपर्छ ।
पार्टीले पत्रिकालाई आफ्नो बनाएको हुन्छ । त्यसका लागि धेरै लगानी गर्छ । त्यो पत्रिकाले पार्टीको लाइनलाई चिनाएको हुन्छ । त्यसकारणले त्यो पत्रिका जुनसुकै अबस्थामा पनि पार्टीको सम्पत्ति हो । त्यसकारणले त्यो पत्रिकामाथि कसैले दाबी गर्छ भने त जतिसुकै सक्रिय पार्टीको नेता भए पनि त्यसो गर्नु त गलत नै हो । आज पत्रिका कब्जा गर्ने व्यक्तिलाई हामीले उसको योगदान, पार्टीप्रति लगानी दिएको र हाम्रो भावनात्मक सम्बन्धलाई हेर्ने कि पार्टीको भविष्यलाई हेर्ने ? पार्टीको भविष्यलाई हेर्ने हो भने त उसलाई कारवाही गर्नैपर्छ ।
हाम्रा बिचमा थुप्रै भिन्दाभिन्दै विचार भए पनि पार्टीको महाधिवेशनले पारित गरेको विषयलाई फलो गरेर जानुपर्ने हुन्छ । कम्युनिस्टको नीति, सिद्धान्तलाई बचाउने हो भने पार्टीमा देखा परेका अराजक र अनुशासनविहीनलाई लगातार कारवाही गर्दै जानुपर्छ । तर कारवाहीको समयसीमालाई पनि ध्यान दिनुपर्छ; किनकि, हामीले व्यक्तिलाई होइन, त्योभित्र रहेको गलत विचारलाई फ्याँक्ने गर्नुपर्छ । किनभने हाम्रो पार्टीको लामो समयसम्म सङ्घर्ष गर्दै आएको र अझै त्यो भन्दा कैयौँ गुणा अनिश्चित कालसम्म सङ्घर्ष गर्ने दीघकालीन योजना भएको पार्टीले कम्युनिस्टको अंशसम्म जोगाउने प्रयत्न गर्नुपर्दछ ।
पार्टीको सङ्गठनको भविष्य पनि हाम्रो अगाडि छ, जसका लागि हामीले सारा जीवन आर्थिक, नैतिक, भौतिक रूपले सिँचेका छौँ, त्यसलाई पनि जोगाउनुपरेको हुन्छ । त्यसकारणले हामीले सिद्धान्तसँग, हाम्रो सङ्गठनसँग कसैले पनि खेलवाड नगरोस् भनेर हामी सबै सचेत हुनुपर्छ ।
एउटा कार्यकर्ता वा नेता बनाउन पार्टीले थुप्रो लगानी गर्छ । पार्टीबाट निष्काशन गर्दा धेरै दुःख लाग्छ र उनीसँग हाम्रो भावनात्मक सम्बन्ध पनि जोडिएको हुन्छ । हाम्रो वर्ग एउटै हो । हामी एउटै परिवारका सदस्य छुट्टिएर जाँदा दुखी हुन्छौँ । त्यो एउटा विषय हो । अर्को विषय पार्टीको सङ्गठनको भविष्य पनि हाम्रो अगाडि छ, जसका लागि हामीले सारा जीवन आर्थिक, नैतिक, भौतिक रूपले सिँचेका छौँ, त्यसलाई पनि जोगाउनुपरेको हुन्छ । त्यसकारणले हामीले सिद्धान्तसँग, हाम्रो सङ्गठनसँग कसैले पनि खेलवाड नगरोस् भनेर हामी सबै सचेत हुनुपर्छ ।
पार्टीभित्र कसैलाई नेता हुने, कसैलाई सांसद हुने, मन्त्री हुने मन लग्यो भन्दैमा सबैलाई पुराउन त अवश्य पनि सकिँदैन । देश र जनताका लागि लगातार सङ्घर्ष गर्ने जुझारु कार्यकर्ता र नेताको सधैँभरि आवश्यकता रहिरहन्छ ।