• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

महामारीका बेला संविधान च्यात्ने काम भयो : केसी


  •   शनिबार, असार २६, २०७८ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कोभिड महामारीका बेला संविधान च्यात्ने काम भएको बताउनुभएको छ ।

    Advertisement

    कोभिड महामारीले देश अस्तव्यस्त भइरहेका बेला सबैभन्दा माथिल्लो प्राथमिकता स्वास्थ्य परीक्षण, उपचार, उद्धार र राहत भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधान च्यात्ने काम भएको उहाँको भनाइ थियो ।

    अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घद्वारा २०७८ असार २६ गते आयोजित “कोरोना महामारी र राजनैतिक अस्थिरताले अर्थतन्त्रमा पारेको असर” विषयक भर्चुअल अन्तरक्रियामा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै अध्यक्ष केसीले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘जनता दुईतिहाइ बहुमतको सरकार छ भनेर ढुक्क थिए’ मन्तव्यको क्रममा उहाँले भन्नुभयो– ‘तर कोरोना महामारीले देश थलिएका बेला प्रधानमन्त्रीले भने संसद विघटन गरिदिनुभयो, त्यो पनि दुईदुई पटक ।’

    उहाँले यस्तो महामारीका बेला पार्टीभित्रको आन्तरिक झगडालाई लिएर जननिर्वाचित संसद भङ्ग गर्ने कामलाई लज्जास्पद कार्यको सङ्ज्ञा दिनुभयो ।

    २०७२ सालको संविधानले यस खालको संसद विघटनको परिकल्पना नगरेको भन्दै उहाँले प्रधानमन्त्रीले ओलीले यो कदममार्फत संविधान नै च्यात्ने काम गरेको ठोकुवा गर्नुभयो ।

    ‘प्रधानमन्त्री ओलीले देशमा प्रतिगमन लादिरहेका छन्’ सम्बोधनको क्रममा उहाँले भन्नुभयो– ‘देशको लोकतन्त्र, राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र धर्म निरपेक्षताको रक्षाका लागि सम्पूर्ण जनता एकजुट हुनु अहिलेको आवश्यकता हो ।’

    कार्यक्रमको पूर्वाद्र्धमा उद्योग व्यापार सङ्घका पूर्व अध्यक्ष तथा सल्लाहकार भैरवराज रेग्मीले आधारपत्र प्रस्तुत गर्नुभएको थियो । आधारपत्रको सेरोफेरोमा अतिथि वक्ताहरूले मन्तव्य राख्ने काम अघि बढेको थियो ।

    कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले अब मौद्रिक नीति ल्याउने बेला भएकाले उद्योगी–व्यवसायीले त्यससम्बन्धी माग राख्नु सामयिक हुने बताउनुभयो ।

    देश लामो समयदेखि व्यापारघाटामा गइरहेको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘यदि यही प्रकारका अवस्था कायम रहिरह्यो भने देश एक दिन असफल मुलुकमा परिणत हुने छ ।’

    अर्थविदसमेत रहनुभएका क्षेत्रीले पछिल्लो बजेटले देशलाई रेमिट्यान्समुखी बनाएको बताउँदै उक्त बजेट कार्यान्वयन हुँदा देशमा मुद्रास्फिति चर्को हुने दावी पनि गर्नुभयो ।

    राष्ट्रिय योजना आयोगका पूर्व सदस्य अर्थविद डा. डिल्लीराज खनालले राजनीतिक अस्थिरता भएको देशमा कोरोनाजस्ता महामारीसित जुध्ने एकीकृत भावना निर्माण हुन नसक्ने बताउनुभयो ।

    ‘सत्तामा भएकालाई कसरी सत्ता जोगाउने भन्ने पिर, सत्ताभन्दा बाहिर भएकालाई कसरी सत्तामा जाने पिर’ उहाँले अगाडि भन्नुभयो– ‘यस्तो अवस्थामा राज्यको तर्फबाट जनतालाई कसरी बचाउने भन्नेबारे राज्यपक्षसित कुनै योजना छैन ।’

    उहाँले विकसित मुलुकले यस्तो महामारीका बेला उद्धार र राहतका लागि २०–२५ प्रतिशत बजेटसम्म खन्याउने गरेको स्मरण गर्नुभयो ।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले कोभिडबाट कामदार तप्का अत्यधिक पीडित भएको बताउनुभयो ।

    उहाँले विदेशमा काम गर्ने मजदुरहरू पनि त्यसको अत्यधिक मारमा परेको बताउनुभयो ।

    सङ्क्षिप्त मन्तव्यको क्रममा उहाँले जनताको स्वास्थ्य सुरक्षाका लागि सरकार गम्भीर हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठले कोभिड महामारीले लघु, घरेलु तथा साना व्यवसायीमाथि सबैभन्दा बढी भार परेको बताउनुभयो ।

    अरू जस्तै व्यवसायी पनि अग्रपङ्क्तिमा खटिएर काम गर्ने तप्का भएको उल्लेख गर्दै उहाँले आफूहरूलाई कुल खोपको ३३ प्रतिशत भाग दिनुपर्ने माग पनि गर्नुभयो ।

    मन्तव्यको क्रममा उहाँले नेपालमा घरबहाल कानुन नभएकाले घरबहालमा छुटको व्यवस्था हुन नसकेकोतर्फ पनि ध्यानाकर्षण गराउनुभयो ।

    नेपाल खुद्रा व्यापार सङ्घका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले तत्कालीन नेकपाको सरकार लोक–कल्याणकारी हुन्छ कि भन्ने अपेक्षा राखेको, तर त्यो अपेक्षामै सीमित रहेको बताउनुभयो ।

    उहाँले नेपालको राजनीतिमा घुसपैठ भएको स्मरण गर्दै भन्नुभयो– ‘कतिपय उद्योगी–व्यापारीहरू राजनीतिमा लगानी गर्ने कुरा गर्छन् । त्यसरी राजनीतिमा लगानी भएपछि कतिपय दल र नेताहरू तिनै उद्योगी–व्यवसायीको कठपुतली बनेका छन् ।’

    नेपाली अर्थतन्त्रमा बेथिति रहेको उल्लेख गर्दै उहाँले कतिपय व्यापारीका लागि कोभिड महामारी कमाउने अवसर बनेको तथा कतिपय विकास निर्माणका योजनासमेत कमिसनखोरीको माध्यम बनेको बताउनुभयो ।

    नेपाल उद्योग परिसङ्घका निर्देशक सविन मिश्रले अहिलेको महामारीका बेला स्वास्थ्य प्रोटोकल लागु गर्दै आर्थिक गतिविधि चलायमान बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    उहाँले भन्नुभयो– ‘अबको हाम्रो तात्कालिक आवश्यकता स्वाबलम्बी र आत्मनिर्भर नेपाल हो ।’

    उहाँले स्वावलम्बी र र आत्मनिर्भर नेपालका लागि आफूहरूको तर्फबाट केही योजना अगाडि सारिएको जानकारी पनि दिनुभयो ।

    कार्यक्रममा उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डीराज शर्माको अध्यक्षता तथा महासचिव आरबी फुँयालको धन्यवाद मन्तव्य रहेको थियो ।

    केन्द्रीय सचिव बी.बी. अधिकारीको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा व्यापार सङ्घकै ज्ञामुराम न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा फ्लोरबाट गोविन्दप्रसाद शर्मा, ईश्वरीप्रसाद शर्मा, यामनारायण सापकोटा, कृष्णभक्त गिरीलगायतले पूरक टिप्पणी राख्नुभएको थियो ।

    यस्तो छ आधारपत्र

    कोरोना महामारी र राजनैतिक अस्थिरताले उद्योग–व्यवसाय तथा समग्र अर्थतन्त्रमा पारेको असर

    शनिबार, असार २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.