• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

क्रान्तिकारी आन्दोलनमा शर्मिष्ठा चौधरीको दृढता अनुशरणयोग्य : मसाल


  •   बुधबार, असार ०२, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले भाकपा (माले) रेडस्टारका पोलिटब्यूरो सदस्य शर्मिष्ठा चौधरीको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ । चौधरीको यही जेठ ३० गते भारतको कलकत्तामा निधन भएको थियो ।

    Advertisement

    भारत बाहेक अन्तराष्ट्रिय महिला आन्दोलनमा पनि उहाँको महत्वपूर्ण भूमिका र योगदान रहेको मसालले उल्लेख गरेको छ । उहाँ तेश्रो विश्व महिला सम्मेलनको एसिया कोर्डिनेटर हुनुहुन्थ्यो ।

    महामन्त्री मोहनविक्रम सिंहले एक शोक वक्तव्य प्रकाशित गरी नेतृ चौधरीको निधनले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको बताउनुभएको छ । उहाँले नेतृ चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै भारतीय कम्युनिष्ट पार्टी तथा शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

    वक्तव्यमा भनिएको छ,
    नेपाल कम्युनिष्ट पार्टी (मसाल) भारतकी का. शर्मिष्ठा चौधरीको निधनको समाचार सुनेर स्तब्ध भएको छ । का. शर्मिष्ठा भारतको कम्युनिष्ट आन्दोलनको एउटा जुझारु योद्धा हुनुहुन्थ्यो । त्यसका साथै उहाँ महिलाहरुको क्रान्तिकारी आन्दोलनको पनि नेतृ हुनुहुन्थ्यो । भारत बाहेक अन्तराष्ट्रिय महिला आन्दोलनमा पनि उहाँको महत्वपूर्ण भूमिका र योगदान रहेको थियो । तेश्रो विश्व महिला सम्मेलनको उहाँ एसियाबाट एकजना प्रमुख कोर्डिनेटर पनि हुनुहुन्थ्यो । काठमाडौंमा सम्पन्न द्धितीय विश्व महिला सम्मेलन, महिला संगठन र आन्दोलनसम्बन्धी अन्य कैयौँ कार्यक्रमहरुका सिलसिलामा उहाँ कैयौँ पल्ट नेपाल पनि आउनु भएको थियो ।

    का. शर्मिष्ठा भारतीय कम्युनिष्ट पार्टी (माले–रेड स्टार)को केन्द्रीय समितिको पोलिटव्यूरो सदस्य हुनुका साथै उहाँ अखिल भारत महिला संघकी महिला सचिव, ट्रेड युनियनको पनि केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँ पहिले पत्रकार हुनुहुन्थ्यो । पछि उहाँ कम्युनिष्ट पार्टीको पेसेवर कार्यक्रर्ता भन्नु भयो । त्यसपछि उहाँले कहिल्यै पछाडि फर्केर हेर्नु भएन र सधैँ क्रान्तिकारी आन्दोलनमा अग्रिम पंत्तिमा रहेर संघर्ष गरिरहनु भयो ।

    उहाँको मृत्यु भारतको क्रान्तिकारी कम्युनिष्ट आन्दोलन, अन्तर्राष्ट्रिय महिला मुक्ति आन्दोलन र नेपालको पनि क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको लागि ठूलो क्षति हो । अहिले उहाँको निधन भएको भए पनि उहाँले आफ्नो जीवनको अन्तसम्म जसरी पार्टी र क्रान्तिको लागि निरन्तर र दृढतापूर्वक संघर्ष गरिरहनु भयो, त्यसबाट हामी सबैले शिक्षा र प्रेरणा लिनु पर्दछ । खास गरेर अहिले जब विश्वको नै कम्युनिष्ट आन्दोलनमा विचलन र पलायनका प्रवृतिहरु बढ्दै गैरहेका छन्, त्यो अवस्थामा उहाँको उदाहरणले कम्युनिष्ट आन्दोलनको लागि धेरै नै महत्व राख्दछ ।

    हामीले उहाँप्रति उच्च सम्मान प्रकट गर्दै उहाँको निधनको अवसरमा भारतका सबै कामरेडहरु र उहाँको परिवारजनप्रति पनि हार्दिक समवेदना प्रकट गर्दछौँ ।

    हामीलाई भारतको अर्काे एकजना केन्द्रीय नेता का. शिवरामको मृत्युको समाचार पनि ढिलो गरि प्राप्त भएको छ । हामीले उहाँप्रति पनि उच्च श्रद्धाञ्जली प्रकट गर्दछौँ ।

    अन्तमा का.शर्मिष्ठा र का. शिवराम दुवैप्रति हाम्रो लाल सलाम !

    मोहनविक्रम सिंह
    महामन्त्री,
    नेकपा (मसाल)

    क्रान्तिकारी महिला आन्दोलनमा शर्मिष्ठा चौधरीको भूमिका महत्वपूर्ण : पौडेल

    भाकपा (माले) की नेतृ शर्मिष्ठा चौधरीप्रति मूल प्रवाहद्वारा श्रद्धाञ्जली

    भारतीय कम्युनिष्ट नेता शिवरामप्रति मूल प्रवाहद्वारा श्रद्धाञ्जली

    बुधबार, असार ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.