पुष्कर भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं १ मा दर्जनौं स्थानीय राष्ट्रिय जनमोर्चामा समाहित भएका छन् । राजमोले ‘गणतन्त्र, राष्टियता र धर्मनिरपेक्ष रक्षा गरौँ, ओली सरकारको असंवैधानिक कदम, संघीयता र भ्रष्टाचारको विरोध गरौँ’ भन्ने नारासहित सञ्चालन गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गरेका हुन् ।
राजमोका केन्द्रीय सदस्य एवम् सूदुरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्ट र जिल्ला अध्यक्ष रामबहादुर कार्कीले नवप्रवेशीहरुलाई पार्टीको सदस्यता दिएर स्वागत गर्नुभएको थियो । त्यस लगत्तै सम्पन्न भेलाले रामबहादुर साउद सदस्यीय वडा समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रतापसिंह बोहरा, सचिव रन्जित बोहरा, सहसचिव उषा प्रकाश, कोषाध्यक्ष भान बहादुर विष्ट, सदस्यहरु मन्थरीदेवी जोशी, पदम साउद, विष्णु पाण्डेय, सुरेश भाट, पारस पाण्डेय रहनुभएको छ ।
राजमो कञ्चनपुरले माघ ५ गतेदेखि जिल्लाब्यापीरुपमा संगठन र संघर्ष अभियान सञ्चालन गरिरहेको छ ।
यो पनि : कञ्चनपुरमा एकमहिने कार्यक्रमको उद्घाटन