• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?


  •   आइतबार, साउन १०, २०८३ मा प्रकाशित
  • काठमाडौँ । काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्माण गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटन भोलि सोमबार हुँदैछ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको शिलालेखसम्बन्धी विवादमाझ उद्घाटन हुन लागेको हो ।

    Advertisement

    सोमबारदेखि सञ्चालनमा आउने भए पनि सबै सवारीले प्रवेश पाउने छैनन् । पहिलो दिन आपतकालीन प्रयोजनमा प्रयोग हुने सवारीले सुरुङ प्रयोग गर्न पाउँछन् । त्यसपछि चरणबद्ध ढङ्गले अन्य निजी र सार्वजनिक सवारीले सुरुङमार्गको प्रयोग गरेर काठमाडौँ आउजाउ गर्न पाउनेछन् । पैदलयात्री, दुईपाङग्रे सवारी, डिजेल, पेट्रोलसहित प्रज्ज्वलनशील पदार्थ ढुवानी गर्ने सवारी सुरुङ मार्गभित्र चल्न पाउँदैनन् ।

    सुरुङ हुँदै काठमाडौं भित्रिँदा र बाहिरिँदा कार/भ्यानले क्रमश: ६५ र ६० रुपैयाँ तिर्नुपर्छ । मिनीबस, टिपरले भित्रिँदा एक सय १५, बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले भित्रिँदा दुई सय ६०, बाहिरिँदा दुई सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यसबाहेक हेभी ट्रकले भित्रिँदा छ सय र बाहिरिँदा दुई सय ५० रुपैयाँ तिर्नुपर्ने गरी सरकारले शुल्क निर्धारण गरेको छ ।

    २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको सो संरचना करिब २९ अर्ब रुपियाँ लगानीमा सात वर्षपछि उद्घाटन हुँदैछ । प्रारम्भिक सम्झौताअनुसार यसको निर्माण ४२ महिनामा सकिनुपर्ने थियो । कोभिड–१९, मुआब्जा विवादलगायत कारणले निर्माणमा ढिलाइ हुन पुगेको आयोजकले बताएको छ ।

    शिलान्यासको करिब ४ वर्षपछि २०८० साउन २२ मा रेस्क्यु टनेलको ब्रेक थ्रू गरिएको थियो । रेस्क्यु टनेल ब्रेक थ्रू गरिँदा मुख्य सुरुङको ८२ प्रतिशत निर्माण भइसकेको थियो । त्यतिबेला मुख्य टनेलको पाँच सय छ मिटर खन्न बाँकी थियो । रेस्क्यु टनेल ब्रेक थ्रूको १० महिनापछि मुख्य टनेल ब्रेक थ्रु गरियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०८१ असार ३ मा मुख्य टनेलको ब्रेक थ्रू गरेका थिए । मुख्य सुरुङको लम्बाइ २.६८ किमि छ । यसबाहेक २.५५७ किमिको आपतकालीन सुरुङ छ ।

    जापान सरकारको साढे १६ अर्ब र नेपाल सरकारको ६ अर्ब लगानीमा यो सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो तर निर्माणको चरणमा प्रवेश गरेपछि लागत बढ्यो । यसपछि जापानले फेरि पाँच अर्ब ऋण सहायता थपिदिएको थियो । यो आयोजना निर्माणको ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो ।

    उद्घाटन शिलालेख विवाद के हो ?

    आयोजनाका उपआयोजना निर्देशक एवम् सूचना अधिकारी सञ्जय पन्थीका अनुसार उद्घाटन शिलालेखसम्बन्धी विवाद सामाजिक सञ्जालमा आएजस्तो नभएको बताए ।

    जुनसुकै निर्माणको क्रममा पनि कतिपय संरचना स्थानान्तरण गर्नुपर्ने हुन्छ भन्ने जानकारी दिँदै पन्थीले ओलीले शिलान्यास गरेको उक्त प्रतिमालाई सडक विभागको बबरमहलस्थित वैदेशिक महाशाखाको कार्यालयमा लगिएको थियो तर शिलालेख राखिएको भवनमा जेनजी आन्दोलनका क्रममा भवन ध्वस्त भयो । उनका अनुसार शिलान्यास गरिएको उक्त प्रतिमा अहिले पनि सोही कार्यालयको भग्नावशेष र माटोको थुप्रोमुनि पुरिएको अवस्थामा छ ।

    भग्नावशेष पूर्ण रूपमा नहटाइएसम्म उक्त प्रतिमा कुन अवस्थामा छ ? सुरक्षित रूपमा निकाल्न सकिन्छ वा सकिन्न भन्ने यकिन गर्न सकिने अवस्था नरहेको पन्थीको भनाइ छ ।

    सामान्यतया यस्ता आयोजना पूर्ण रूपमा सम्पन्न भइसकेपछि शिलान्यास गरिएका संरचनालाई पुन: उपयुक्त र सम्मानजनक स्थानमा पुनस्थापना गर्ने स्थापित प्रक्रिया रहेको हुन्छ । बबरमहलस्थित भग्नावशेष हटाइएपछि यदि पुरानो प्रतिमा ठिक अवस्थामा फेला परेमा त्यसैलाई पुनस्थापना गरिने आयोजनाले जनाएको छ । यदि त्यो काम नलाग्ने अवस्थामा भेटिएमा वा फेला नपरेमा सरकारको निर्णय र निर्देशनअनुसार हुनेछ ।

    आइतबार, साउन १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
    कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा
    एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा
    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • २.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ३.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ४.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • ५.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ६.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ७.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ८.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.