• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

राजमो र युवक संघको झण्डा ओढाएर सूर्य केसीको अन्तिम विदाई


  •   शनिबार, मङि्सर १३, २०७७ मा प्रकाशित
  • प्युठान। गत बिहीबार त्रिशुलीमा जिप खसेर भएको दुर्घटनामा निधन भएका झिमरुक गाउँपालिका वडा न.१ निवासी अखिल नेपाल युवक संघ सौतामारे फेदि टोल समितिका अध्यक्ष सुर्य केसीको गर्तङ नदीको किनार सौतामारे फेदिमा आज अन्त्येष्टि गरिएको छ ।

    Advertisement

    शनिबार बिहान भएको अन्त्येष्टिमा अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव वीरबहादुर जिसिले राष्ट्रिय जनमोर्चाको र अखिल नेपाल युवक संघ झिमरुकका अध्यक्ष भरत ढकालले युवक संघको झण्डा ओढाएर सम्मान गर्नुभएको थियो ।

    त्यस क्रममा शोक मन्तव्य व्यक्त गर्दै अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जिसिले सूर्य केसीको अल्पायुमै भएको अकल्पनीय निधनले उहाँको परिवार, समाज र पार्टीले अपुरणीय क्षती व्यहोर्नुपरेको बताउनु भयो । सूर्य केसी पेशाले सवारी चालक भएपनि पार्टी र युवक संघको जुझारु कार्यकर्ता भएको उल्लेख गर्दै उहाँले पार्टीले एउटा मेहनती, मिलनसार र कर्तव्यनिष्ट युवा गुमाउनु पर्दा स्तब्ध भएको बताउनुभयो ।

    अन्तिम शोक कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्यद्वय टीका जिसि र सिताराम पोख्रेल, अखिल (छैठौं) का जिल्ला अध्यक्ष चोपबहादुर विक, अनेशिसंघका शंकर बस्नेत लगाएत राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ता र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।

    वैदेशिक रोजगारीको सिलसिलामा भारत रहनु भएका केसीका बुबा आज शनिबार बिहान मात्रै आइपुग्नु भएकोले उहाँको अन्त्येष्टि आज गरिएको हो । मिलनसार र फुर्तिला सूर्य तीन भाइमध्ये जेठो हुनुहुन्थ्यो । घरायसी परिवन्दका कारण कलिलै उमेरमा पढाइ छोडेका उहाँ आफूले मिहेनत गरेरै भएपनि दुई भाइलाई पढाउने सोचमा हुनुहुन्थ्यो । २१ वर्षको कलिलै उमेरमा उहाँको दुखद निधन भएको छ ।

    अखिल नेपाल युवक संघका उपाध्यक्ष मुकुन्द रोकाको परिवारलाई लिएर काठमाडौं जाँदै गर्दा केसीले चलाएको लु.१ च. ९७३१ नम्बरको जिप बिहीबार बिहान ५ बजे मुग्लिन नजिकैबाट त्रिशुलीमा खसेको थियो ।

    मुग्लिनदेखि २ किलोमिटर कुरिनटारतर्फ त्रिशुलीमा खस्दा चालक केसी र जिपमा सवार युवक संघका उपाध्यक्ष मुकुन्द रोकाकी श्रीमती जमुना रोकाको घटनास्थलमै निधन भएको थियो । जमुनाको शुक्रबार बिहान भालुवाङमा अन्त्येष्टि गरिएको थियो ।

    छोरी जेनिसा हालसम्म पनि वेपत्ता हुनुहुन्छ भने उपाध्यक्ष रोका घाइते अवस्थामा चितवन मेडिकल कलेजमा उपचाररत हुनुहुन्छ । उहाँ त्रिशुली नदीमा पौडिएर बाँच्न सफल हुनुभएको हो ।

    यो पनिः

    दुर्घटनाको दोस्रो दिनमा पनि फेला परिनन् जेनिसा

    जमुना रोकाको राप्तिमा अन्त्येष्टि, राजमोको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली

    त्रिशुली दुर्घटना अपडेटः अझै फेला परिनन् जेनिसा

    त्रिशुली जिप दुर्घटनाप्रति मसालद्वारा दुःख व्यक्त

    त्रिशुलीमा पौडी खेलेर बाहिर निस्किँए, श्रीमती र छोरीलाई निकाल्न सकिन

    त्रिशुलीमा बेपत्ता जिप भेटियो, जमुना र चालक केसीको शव फेला

    त्रिशुलीमा बेपत्ताको छिटो खोजी गर्न राजमोको आग्रह

    युवक संघका उपाध्यक्ष मुकुन्द रोका चढेको गाडी त्रिशुलीमा खस्यो, श्रीमती र छोरी बेपत्ता

    शनिबार, मङि्सर १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.