काठमाडौं । दुर्घटनामा परी त्रिशुली नदीमा हराइरहेकी अखिल नेपाल युवक संघका उपाध्यक्ष मुकुन्दराज रोकायकी छोरी जेनिसाको दुर्घटना भएको दोस्रो दिनमा समेत पत्ता लाग्न सकेको छैन । जेनिसाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको दिन (बिहीबार) सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरेको थियो । आजपनि दिनभर नेपाल प्रहरीको टोलीले खोजी गरेको तर बालिकालाई भेट्टाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डएिसपी सूर्यबहादुर थापाले युगदर्शनलाई जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीले यसअघि बिहीबार नै जिप चालक सूर्य केसी र जमुना रोकाको शव घटनास्थलबाट निकालेको थियो । जमुनाको आज बिहान दाङको भालुबाङस्थित राप्ति नदीमा अन्तयेष्टि गरिएको छ भने केसीको शव प्युठान पठाइएको छ ।
अहिले हराइरहेकी बालिकाको उपचारको लागि अखिल नेपाल युवक संघका उपाध्यक्ष मुकुन्द रोकाको परिवार बुधबार राति प्युठानबाट काठमाडौं आउँदै थियो । उहाँहरु चढेको लु.१ च. ९७३१ नम्बरको जिप बिहीबार बिहान ५ बजे मुग्लिनदेखि २ किलोमिटर कुरिनटारतर्फ त्रिशुलीमा खसेको हो ।
उपाध्यक्ष रोका नदीमा पौडेर बाहिर निस्कन सफल हुनुभएको थियो । उहाँको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यो पनिः
जमुना रोकाको राप्तिमा अन्त्येष्टि, राजमोको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली
त्रिशुली दुर्घटना अपडेटः अझै फेला परिनन् जेनिसा
त्रिशुली जिप दुर्घटनाप्रति मसालद्वारा दुःख व्यक्त
त्रिशुलीमा पौडी खेलेर बाहिर निस्किँए, श्रीमती र छोरीलाई निकाल्न सकिन
त्रिशुलीमा बेपत्ता जिप भेटियो, जमुना र चालक केसीको शव फेला
त्रिशुलीमा बेपत्ताको छिटो खोजी गर्न राजमोको आग्रह
युवक संघका उपाध्यक्ष मुकुन्द रोका चढेको गाडी त्रिशुलीमा खस्यो, श्रीमती र छोरी बेपत्ता