• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा


  •   मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित
  • न्युयोर्क/रियाद, ६ असोज । संयुक्त राष्ट्रसङ्घले साउदी अरबमाथि हुथी समूहबाट भइरहेका सीमापार आक्रमणको निन्दा गर्दै यमन तथा आसपासमा बढ्दो सैन्य तनावले सर्वसाधारणमा गम्भीर असर पार्न सक्ने भन्दै सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ ।

    Advertisement

    संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले राजधानी रियादलाई लक्षित गर्ने प्रयाससहित साउदी अरबमाथि जारी हुथी आक्रमणको निन्दा दोहो¥याउनुभएको छ । उहाँका अनुसार साउदी अरबका विभिन्न स्थानमा नागरिक तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरिएका आक्रमणप्रति पनि संयुक्त राष्ट्रसङ्घ चिन्तित छ ।

    पत्रकार सम्मेलनमा उहाँले यमनका ताइज, लाहज र मारिबलगायत क्षेत्रमा बढिरहेको सैन्य गतिविधिले यमन तथा समग्र क्षेत्रका नागरिकमा गम्भीर मानवीय असर पार्न सक्ने बताउनुभयो । उहाँले सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गतका दायित्व पूरा गर्न र नागरिक तथा नागरिक पूर्वाधारमाथि प्रत्यक्ष आक्रमण नगर्न आग्रह गर्नुभयो ।

    यसैबीच, यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्ग ओमानको राजधानी मस्कटमा रहनुभएको छ । उहाँले ओमानका वरिष्ठ अधिकारी तथा हुथी प्रतिनिधिसँग भेटवार्ता गरिरहेको डुजारिकले जानकारी दिनुभयो ।

    यमनमा बढ्दो तनावले क्षेत्रीय सुरक्षासँगै विश्व व्यापार र ऊर्जा आपूर्तिमा समेत असर पार्ने चिन्ता बढेको छ । हुथी समूहले लाल सागर क्षेत्रमा गरेको गतिविधिपछि महत्त्वपूर्ण जलमार्ग तथा ऊर्जा पूर्वाधारको सुरक्षाबारे अन्तर्राष्ट्रिय चिन्ता थपिएको छ ।

    यसैबीच, जी–७ राष्ट्रका विदेशमन्त्रीहरूले पनि साउदी अरबमाथिका हुथी आक्रमणको निन्दा गर्दै तत्काल सैन्य गतिविधि रोक्न, नागरिक पानीजहाजमाथिका धम्की तथा आक्रमण अन्त्य गर्न र राजनीतिक प्रक्रियामा फर्कन आह्वान गरेका छन् । उनीहरूले इरानलाई हुथी समूहलाई हतियार तथा सहयोग उपलब्ध नगराउन आग्रह गरेका छन् ।

    सन् २०१४ मा हुथी समूहले राजधानी साना कब्जा गरेपछि सुरु भएको यमनको युद्ध सन् २०२२ देखि तुलनात्मक रूपमा शान्त रहे पनि यस वर्ष जुलाईदेखि पुनः तीव्र बनेको हो । साउदी अरबले सन् २०१५ देखि अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको समर्थनमा गठित गठबन्धनको नेतृत्व गर्दै आएको छ । लामो समयदेखि जारी द्वन्द्वले यमनमा गम्भीर मानवीय सङ्कट निम्त्याएको छ ।

    पछिल्लो तनावका क्रममा हुथीहरूले रियादलाई लक्षित गरी आक्रमणको प्रयास गरेका थिए । हुथीहरूले लाल सागरको बन्दरगाह सहर यान्बुमा साउदी तेल कम्पनी अराम्कोसँग सम्बन्धित पूर्वाधारलाई समेत लक्षित गरेको दाबी गरेका छन् । साउदी पूर्व–पश्चिम तेल पाइपलाइनमा ड्रोन आक्रमणपछि तेल निर्यातमा असर परेको रियादले जनाएको छ ।

    बढ्दो तनावका बीच बेलायतले साउदी लडाकू विमानका लागि रक्षात्मक हवाई इन्धन भर्ने सहयोग उपलब्ध गराउने सहमति जनाएको छ । फ्रान्सले पनि हुथी आक्रमणको जोखिममा रहेका साउदी ऊर्जा पूर्वाधारको सुरक्षामा सहयोग गर्न तयार रहेको जनाएको छ । दुवै मुलुकले आफ्नो सहयोग रक्षात्मक प्रकृतिको रहेको बताएका छन् ।

    मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार
    जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.