• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

‘गोर्खा’लाई दोश्रो दर्जाको नागरिक बनाउने सुनियोजित षडयन्त्र


  •   सोमबार, असोज १३, २०७६ मा प्रकाशित
  • मेघालय । ३१ अगस्तका दिन राष्ट्रिय नागरिक पञ्जिकरण (एनआरसी)को अन्तिम सूची प्रकाशित भएपछि हजारौंको संख्यामा नेपाली मूलका भारतीय नेपाली/गोर्खाहरु ‘अनागरिक’ बन्न पुगेका छन् । पुस्तौंदेखि असमको माटोमा, रगत पसिना बगाउँदै आएका गोर्खाहरुले यस्तो अवस्था आउँछ भन्ने बारे कल्पना समेत गरेका थिएनन् । यो बंशाणुगत सोझो प्रवृत्ति र कडा मिहेनतका साथ जीवन गुजारा गर्ने संस्कारकै परिणाम हो भन्न सकिन्छ ।

    Advertisement

    परम्परागतदेखि नै विरता र अनुशासित जातिको रुपमा अन्तर्राष्ट्रिय स्तरमा नै परिचित गोर्खालीलाई आज आफ्ना मौलिक हक अधिकारहरु पनि जोगाउन नसकिने होकि भन्ने गम्भीर प्रश्नले विचलित बनाएको छ । यो एनआरसीमा नाम प्रकाशित हुने क्रममा कतै बाबुको नाम छुटेको छ भने कतै आमाको नाम छुटेको छ । दाजुको नाम किस्कियो त, भाइको नाम निस्किएन । भारतको स्वाधिनता आन्दोलनमा पराक्रम प्रदर्शन गर्ने स्वतन्त्रता सेनानीका सन्ततीहरु एनआरसीबाट बञ्चित भएका छन् ।

    बृटिस कालमा सन् १९१७/१८ मा नै प्राप्त ग्रेजिङ परमिटहरु अमान्य भएका छन् । असममा जन्मिएर यहि स्टेटको सर्विसबाट अवकाश प्राप्त भै बसोबास गर्दै आएका कैयौं व्यक्ति यसको चपेटमा परेका छन् । हुन त मन्त्री हिमन्तविभ्र शर्माले यो क्वाटर फाइनल पनि होइन भन्ने एउटा झिनो आशा देखाई दिएका छन् । तर, हामीलाई शंका लागिरहेको के हो भने, पहिलो चरणमा प्रकाशित हुनुपर्ने नामहरु के कारणले अलमलिन पुगे । कतै हामीलाई दोश्रो दर्जाको नागरिक करार गर्ने दीर्घकालीन सुनियोजित षडयन्त्र चलेको त होइन? भन्न् शंका गर्नु पर्ने अवस्था देखिएको छ ।

    हुनत हाम्रा अग्रजहरुले तात्कालिन गृहमन्त्री राजनाथ सिंहलाई भेट पनि गर्नु भयो । राजनाथ सिंहले सस्तो र झुटो सान्त्वना दिएाकाथिए । त्यो सस्तो र झुटो सान्त्वना १९५० को भारत नेपालबीच शान्ति तथा मैत्रीपूर्ण सन्धिसँग सम्बन्धित थियो । जुन सन्धि असमका एनआरसी आवेदकहरुसँग सम्बन्धित छैन । १९५० को सन्धि भनेको त नेपालका नागरिहकहरु भारतमा र भारतीय नागरिकहरु नेपालमा आवत जावत गर्दा लागु हुने कुरा हो र एनआरसीका हकदारहरुलाई १९५० भारत–नेपाल सन्धिसँग जोडेर हेर्ने दृष्टिकोण या त उपहास गरिएको हुनसक्छ, अन्यथा दृर्घकालिनरुपमा सुनियोजित षडयन्त्र नै हुनसक्छ । यो पछि स्पष्ट हुँदै जानेछ ।

    जाति, माटि, भेटीको आन्दोलनमा अग्रिम पंक्तिमा रहेर पटक पटक आवाज उठाइरहेका हामीलाई आज कसले सुरक्षा कवजको प्रत्याभूति दिने हो ? सुरक्षा कवजको प्रत्यभूति नपाउँदा के गर्नु पर्ने ? यी प्रश्न अनुत्तरित छन् । यस्तो संवेदनशील अवस्थामा हामीले बुद्धिजीवी, नागरिक समाज, कानुन व्यवसायी, संघसंस्था मात्र होइन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म यो विषयलाई पु-याउनु पर्दछ र त्यही स्तरमा नै नैतिक समर्थन जुटाउन अभियान चलाउनु पर्दछ । त्यसैले, हतोत्साहित भएर वा निरुत्साहित भएर होइन, संयमतापूवर्क शान्तिपूर्ण ढंगले सबैलाई एकतावद्ध हुन सक्रिय पहल गर्नु पर्ने आवश्यकता छ ।

    सोमबार, असोज १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    वार्षिक एरिया सम्मेलन सम्पन्न
    बठिन्डामा मूल प्रवाहको तिजी कार्यक्रम तथा श्रद्धाञ्जली सभा
    राजपुरामा तिजी कार्यक्रमसँगै कार्यकर्ता सम्मान
    बिकानेरमा राहत सङ्कलनसँगै तिजी कार्यक्रम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.