काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणको फाइनल आज हुने भएको छ । उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।
Advertisement
टोलीबिचको फाइनल प्रतिस्पर्धा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ५ बजेदेखि सुरु हुनेछ ।
लुम्बिनी लगातार दोस्रोपटक उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो । उसले गत संस्करणमा सुदूरपश्चिमलाई हराएर उपाधि जितेको थियो ।
सुदूरपश्चिम पहिलोपटक उपाधि जित्ने योजनामा छ । उसले पहिलो संस्करणमा जनकपुर बोल्ट्स र गत संस्करणको फाइनलमा लुम्बिनीसँग पराजय बेहोरेको थियो ।
हालसम्म एनपिएलमा लुम्बिनी र सुदूरपश्चिमबीच पाँच खेलमा भेट भएको छ, जसमा लुम्बिनीले तीन र सुदूरपश्चिमले दुई खेलमा जित निकालेको छ ।