वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको लडाइँ फेरि सुरु हुने सम्भावना कम रहेको बताएका छन् । उनले सिएनएनसँगको वार्तामा भने– ‘यो अत्यन्त असम्भव छ ।
उनी मध्यस्थकर्ता देश कतारका प्रधानमन्त्रीसँग भेट्ने तयारीमा छन् । हालैका हप्तामा ट्रम्पले इरानमा पुन: आक्रमण गर्ने चेतावनी दिएका थिए ।
अमेरिकी सञ्चारमाध्यमले गत मङ्गलबारको मध्यावधि निर्वाचनपछि शत्रुता फेरि सुरु हुन सक्ने बताएका थिए । राष्ट्रपतिले आइतबारको अन्तर्वार्तामा भने– ‘लडाइँ फेरि सुरु हुने सम्भावना अत्यन्त कम छ तर यो उनीहरूले भरपर्दो र बलियो सम्झौतामा हस्ताक्षर गर्छन् कि गर्दैनन् भन्ने कुरामा निर्भर गर्छ ।’
‘हामीले उनीहरूलाई साँच्चै कडा प्रहार गरेका छौँ । आवश्यक परे हामी फेरि आक्रमण गर्नेछौँ तर हामीले उनीहरूलाई यति कडा प्रहार गरेका छौँ । त्यो कति कडा भन्ने विषय तपाईंहरूलाई थाहा छैन ।’ (रासस/एएफपी)





