मुसिकोट । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
Advertisement
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
कात्तिक २३ गते बिहान आठबिसकोट नगरपालिका—५ थापागाउँबाट नयाँडाँडा भन्ने ठाउँमा जाँदै गरेको भे१ च३११२ नम्बरको जिप दुर्घटनामा परेको थियो । जिप सडकबाट ३० मिटर तल खसेको बताइएको छ ।
दुर्घटनामा घाइतेमध्ये केही गम्भीर छन् भने केहीको अवस्था सामान्य छ । घाइतेलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।





