• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक २३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

राजमो प्युठानद्वारा जिल्लाका विभिन्न स्थानमा प्रगतिशील देउसी भैलो कार्यक्रम सञ्चालन

बङ्गलादेशकी निर्वासित पूर्व प्रधानमन्त्री हसिनाले ‘प्रत्यर्पण माग्नुपर्ने’

इरानसँग युद्धको सम्भावना ‘अत्यन्त न्यून’ रहेको ट्रम्पको भनाइ

आजकै दिन दुर्घटनामा आठ जनाको मृत्यु

मध्यावधिमा पराजयका बाबजुद पुनरागमनको वाचा गर्दै ट्रम्प

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते

घोप्टेभिर पहिरो पन्छाइयो, दुईतर्फी यातायात सञ्चालन

एउटा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

युक्रेन र इरानबारे जी–७ मन्त्रीस्तरीयको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. मूल प्रवाहका गौरवमय ४७ वर्ष

  • २. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ३. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ४. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ५. राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

  • ६. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ७. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • ८. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

  • ९. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

  • १०. सहकारीका समस्या समाधानको उपाय सुझाउने पुस्तक

राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप–३१ सुरु


  •   सोमबार, कार्तिक २३, २०८३ मा प्रकाशित
  • अन्ताल्या (टर्की) । बढ्दो विश्वव्यापी तापक्रम, आर्थिक चुनौती र भूराजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय सहकार्य कठिन बन्दै गएका बेला संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) सोमबारदेखि टर्कीमा सुरु भएको छ ।

    Advertisement

    भूमध्यसागरीय तटीय सहर अन्ताल्यामा दुई सातासम्म चल्ने सम्मेलनमा एक लाखभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।

    करिब दुई सय देशका प्रतिनिधिले ऊर्जा सङ्क्रमणलाई तीव्रता दिने तथा विकासशील राष्ट्रलाई जलवायु परिवर्तनको असर सामना गर्न आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने विषयमा छलफल गर्नेछन् ।

    इरानसँगको अमेरिकी युद्ध र युक्रेनमा जारी रुसी द्वन्द्वका कारण उत्पन्न ऊर्जा मूल्यवृद्धि तथा भूराजनीतिक तनावले सहमति जुटाउने प्रयास जटिल बनाएको छ । यस वर्ष युरोपको उष्ण हावाको लहर, इन्डोनेसियाको वनडढेलो र हिमनदी पग्लिएपछि नेपालमा आएको विनाशकारी बाढीले जलवायु सङ्कटको गम्भीरता उजागर गरेका छन् ।

    यसै वर्षको अन्त्यतिर शक्तिशाली एलनिनो उत्कर्षमा पुग्ने अनुमान गरिएको छ । यसले चरम मौसमी घटना बढाउनुका साथै सन् २०२६ वा २०२७ लाई हालसम्मकै सबैभन्दा तातो वर्ष बनाउन सक्ने पूर्वानुमान छ । संयुक्त राष्ट्र सङ्घले गत सेप्टेम्बरमा विश्वको औसत तापक्रम पूर्वऔद्योगिक अवस्थाभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि पुगेको चेतावनी दिएको थियो ।

    यसैबिच टर्कीले सम्मेलनको अध्यक्षता र अस्ट्रेलियाले वार्ताको नेतृत्व गर्ने विशेष व्यवस्था गरिएको छ । यसपटकको सम्मेलनलाई विगतका प्रतिबद्धता कार्यान्वयनमा केन्द्रित गर्दै ‘कार्यान्वयन कोप’ नाम दिइएको छ । टर्कीले सन् २०३५ सम्म विश्वको कुल ऊर्जा मागमा विद्युत्को हिस्सा हालको २० प्रतिशतबाट बढाएर ३५ प्रतिशत पुर्‍याउने अभियान अघि सारेको छ तर जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा देशबिच मतभेद कायमै छ ।

    युरोपेली सङ्घ (इयू) ले स्वच्छ विद्युतीकरणमा जोड दिएको छ । सन् २०२३ को कोप–२८ मा जीवाश्म इन्धनबाट क्रमश: टाढिने प्रतिबद्धता जनाइए पनि त्यसको कार्यान्वयनमा सहमति जुट्न सकेको छैन । गत वर्ष ब्राजिलमा सम्पन्न कोप–३० पनि तेल उत्पादक राष्ट्रको विरोधका कारण जीवाश्म इन्धनको स्पष्ट उल्लेखबिनै टुङ्गिएको थियो ।

    विकासशील राष्ट्रलाई जलवायु अनुकूलनका लागि आर्थिक सहयोग उपलब्ध गराउनु पनि सम्मेलनको प्रमुख चुनौती बनेको छ । अफ्रिकी राष्ट्रले समुद्री पर्खाल निर्माण र खडेरी प्रतिरोधी बाली लगाउनेजस्ता कामका लागि अनुकूलनसम्बन्धी वित्तीय सहायता तीन गुणा बढाउन माग गरेका छन् तर युरोपेली सङ्घ (इयू) का एक वरिष्ठ अधिकारीले थप आर्थिक सहयोगका लागि राजनीतिक इच्छाशक्ति कमजोर रहेको बताए ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पेरिस जलवायु सम्झौताबाट अलग गरेपछि अमेरिकी सरकारका अधिकारी सम्मेलनमा सहभागी भएका छैनन् यद्यपि मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको सफलतापछि अमेरिकी कङ्ग्रेसको प्रतिनिधिमण्डल अन्ताल्या आउने भएको छ ।

    दुई सातासम्म कठिन वार्ता हुने अपेक्षा गरिए पनि सम्मेलनको वातावरण सकारात्मक रहेको अजरबैजानका प्रमुख वार्ताकार याल्चिन रफियेभले बताए । उनले सकारात्मक वातावरणलाई ठोस र सफल परिणाममा परिणत गर्न सहभागी राष्ट्रलाई आग्रह गर्नुभएको छ । (रासस/एएफपी)

    सोमबार, कार्तिक २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बङ्गलादेशकी निर्वासित पूर्व प्रधानमन्त्री हसिनाले ‘प्रत्यर्पण माग्नुपर्ने’
    इरानसँग युद्धको सम्भावना ‘अत्यन्त न्यून’ रहेको ट्रम्पको भनाइ
    मध्यावधिमा पराजयका बाबजुद पुनरागमनको वाचा गर्दै ट्रम्प
    युक्रेन र इरानबारे जी–७ मन्त्रीस्तरीयको बैठक बस्दै
    ताराखोला समाजद्वारा बाढीपीडितलाई राहत वितरण
    जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मूल प्रवाहका गौरवमय ४७ वर्ष

    • २.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ३.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

    • ५.
      राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

    • ६.
      भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

    भर्खरै

    • १.
      राजमो प्युठानद्वारा जिल्लाका विभिन्न स्थानमा प्रगतिशील देउसी भैलो कार्यक्रम सञ्चालन

    • २.
      बङ्गलादेशकी निर्वासित पूर्व प्रधानमन्त्री हसिनाले ‘प्रत्यर्पण माग्नुपर्ने’

    • ३.
      इरानसँग युद्धको सम्भावना ‘अत्यन्त न्यून’ रहेको ट्रम्पको भनाइ

    • ४.
      आजकै दिन दुर्घटनामा आठ जनाको मृत्यु

    • ५.
      मध्यावधिमा पराजयका बाबजुद पुनरागमनको वाचा गर्दै ट्रम्प

    • ६.
      रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते

    • ७.
      घोप्टेभिर पहिरो पन्छाइयो, दुईतर्फी यातायात सञ्चालन

    • ८.
      एउटा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.