कथा उस्तै थियो, उस्तै थियो वेदना पनि,
उही कथा र वेदनाले विथोलियो जीवन पनि।
सुनाउने ठाउँ शून्य भयो,
बुझ्ने ढोका बन्द भयो।
के रहेछ र गरिबको जिन्दगी—
न्यायको ढोका चाहार्दा–चाहार्दै
जिन्दगी नै गयो।
बुढेसकालको सहारा सम्झेर,
खर्च कटौती गरेर, नखाई–नखाई
थोरै–थोरै पैसा
सहकारीमा जम्मा गर्यो।
आज उसलाई बुढेसकालले र रोगले छोएको छ,
उसलाई सहकारीमा बचत गरेको
त्यही पैसाको खाँचो छ।
कस्तो विडम्बना!
त्यही बचत गरेको सहकारी आज बेखबर छ।
सहकारी सञ्चालन गर्ने व्यक्ति सत्तामा छ,
थोरै हो र ?
दुई तिहाइ नजिकको सरकार छ,
तर सहकारीपीडितप्रति
ऊ अन्जान छ।
अब सहकारीपीडितले
मुद्दा कसलाई हाल्ने ?
जसलाई मुद्दा हाल्ने हो,
ऊ नै सरकारमा छ,
उसैको सरकार छ।
आफूमाथि लागेका आरोप र मुद्दा
साम्य पार्न उसले सबै अस्त्र प्रयोग गर्छ।
ऊ राजनीतिक दलको नेता बन्छ,
उसले कानुन हातमा लिन्छ।
सबै प्रबन्ध मिलाएर
अहिले ऊ चोखो बनेको छ,
उसैमाथि लागेका
सबै मुद्दा ढिसमिस भएका छन्।
सबैभन्दा लाजमर्दो त यो भएको छ—
रवि त आफ्नै सरकार छ,
उसको मुद्दा ढिसमिस हुनु स्वाभाविक छ।
तर छवि र जीबीलाई पनि
उसले आफू सरह आममाफी दिएको छ।
एक जना होइन, दुई जना होइन,
सहकारीपीडित बनेका
दर्जनौँभन्दा बढी छन्।
सहकारीहरू बेखबर छन्,
हजारौँ जनता
आफ्नो बचतको बेखबर छन्।
साम्य पार्न उसले
सबै अस्त्र प्रयोग गर्छ,
ऊ राजनीतिक दलको नेता बन्छ,
उसले कानुन हातमा लिन्छ।
सबै प्रबन्ध मिलाएर
अहिले ऊ चोखो बनेको छ,
उसैमाथि लागेका
सबै मुद्दा ढिसमिस भएका छन्।
सबैभन्दा लाजमर्दो त यो भएको छ—
रवि त आफ्नै सरकार छ,
उसको मुद्दा ढिसमिस हुनु स्वाभाविक छ।
तर छवि र जीबीलाई पनि
उसले आफू सरह आममाफी दिएको छ।
एक जना होइन, दुई जना होइन,
सहकारीपीडित बनेका
दर्जनौँभन्दा बढी छन्।
सहकारीहरू बेखबर छन्,
हजारौँ जनता
आफ्नो बचतको बेखबर छन्।
नबोली बस्दा
आफ्नो बचत गुमेको छ,
सरकारविरुद्ध बोल्दा
सरकारले जेल हाल्छ।
कस्तो विडम्बना!
गरिबको बचत हराउँछ,
न्यायको ढोका बन्द हुन्छ;
बोल्दा अपराधी बनाइन्छ,
चुप लाग्दा जीवनभरको कमाइ गुम्छ।
यो कस्तो व्यवस्था हो ?
यो कस्तो न्याय हो ?
जहाँ पीडित नै बेखबर हुन्छ,
जहाँ अपराधी नै सत्तामा हुन्छ,
र गरिबको आँसु
न्यायको ढोकामै सुक्छ।