• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

शिवराज कृषिसहकारीको एघारौँ साधारणसभा

सहकारी पीडितको वेदना

गोली चलाएर पक्राउ गरिएका लुटेरा समूहका नाइके २७ वटा मुद्दामा संलग्न

नोबेल साहित्यमा महिला दाबेदार

मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु

वर्षा रोकियो, डर रोकिएन

ऊर्जा निर्भरताबाट जोगिन रुबियोको चेतावनी

लुटपाटमा संलग्न चार जना पक्राउ

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

लोकप्रिय समाचार

  • १. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • २. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ३. मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

  • ४. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ५. गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

  • ६. प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

  • ७. प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

  • ८. राजमो नेता जयबहादुर मल्लको निधन

  • ९. व्यक्तिवाद र अहमवाद : दार्शनिक विमर्श

  • १०. मोहनविक्रम सिंहको प्रशिक्षण : कम्युनिस्ट कार्यकर्ताले व्यक्तिगत स्वार्थ त्यागेर समाजप्रति समर्पित हुनुपर्दछ

ऊर्जा निर्भरताबाट जोगिन रुबियोको चेतावनी


  •   बिहिबार, असोज २२, २०८३ मा प्रकाशित
  • एथेन्स, २२ असोज । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कुनै एक भौगोलिक क्षेत्र वा व्यापारिक मार्गमा अत्यधिक निर्भर हुँदा ऊर्जा आपूर्ति अवरुद्ध हुनसक्ने र त्यसले विश्वव्यापी आर्थिक स्थिरता तथा राष्ट्रहरूको स्वतन्त्र निर्णय क्षमतामा असर पार्नसक्ने चेतावनी दिनुभएको छ ।

    Advertisement

    ग्रिसका विदेशमन्त्री जियोर्गोस गेरापेट्रिटिससँग एथेन्समा भएको संयुक्त पत्रकार सम्मेलनमा उहाँले ऊर्जा आपूर्तिका वैकल्पिक मार्ग विकास गर्न तथा भूराजनीतिक हस्तक्षेपबाट ऊर्जा प्रवाह सुरक्षित राख्न अन्तर्राष्ट्रिय गठबन्धन बलियो बनाउन अमेरिकाले लगानी गरिरहेको बताउनुभयो । “ऊर्जा आपूर्ति वा विश्वको कुनै एक भागबाट हुने ऊर्जा प्रवाह अवरुद्ध हुँदा सम्पूर्ण विश्व जोखिममा पर्ने अवस्था हामीले कहिल्यै स्वीकार गर्न सक्दैनौँ”, उहाँले भन्नुभयो ।

    इरानसँगको तनाव र हर्मुज जलघाँटीको समुद्री सुरक्षाबारे बढ्दो चिन्ताका बीच रुबियोले तेल, प्राकृतिक ग्यासलगायत ऊर्जा आपूर्तिका मार्ग विविधीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ऊर्जा सुरक्षा राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको बताउँदै क्षेत्रीय अस्थिरताले विश्वव्यापी ऊर्जा बजारका कमजोरी उजागर गर्ने उल्लेख गर्नुभयो ।

    अमेरिकाले भूमध्यसागर क्षेत्रका ऊर्जा स्रोतलाई युरोपेली बजारसँग जोड्ने पूर्वाधार विस्तारमा ग्रिसलाई सहयोग गरिरहेको छ । ग्रिसले अमेरिकी तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) युरोप पुर्‍याउने ‘भर्टिकल करिडोर’ सञ्जाल तथा क्षेत्रीय ऊर्जा परियोजनामा सहयोग गरिरहेको गेरापेट्रिटिसले बताउनुभयो ।

    ग्रिसको स्वामित्वमा रहेका व्यावसायिक जहाजले विश्वव्यापी एलएनजीको २० प्रतिशतभन्दा बढी ढुवानी गर्ने उहाँले जानकारी दिनुभयो । रुबियोले नयाँ ग्यास तथा विद्युत् सञ्जालमार्फत ग्रिसको एलएनजी आयात क्षमता विस्तार गर्ने अमेरिकी लक्ष्य रहेको बताउनुभयो ।

    छलफलमा समुद्री सुरक्षा, जलमार्गमा आवागमनको स्वतन्त्रता र विश्वव्यापी आपूर्ति शृङ्खलाको संरक्षणका विषयसमेत उठेका थिए । गेरापेट्रिटिसले परिस्थितिले अनुमति दिएमा र विश्वसनीय शान्ति पहल अघि बढेमा हर्मुज जलघाँटीमा नौसैनिक सहयोगबारे छलफल गर्न ग्रिस तयार रहेको बताउनुभयो ।

    बिहिबार, असोज २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिवराज कृषिसहकारीको एघारौँ साधारणसभा
    गोली चलाएर पक्राउ गरिएका लुटेरा समूहका नाइके २७ वटा मुद्दामा संलग्न
    नोबेल साहित्यमा महिला दाबेदार
    मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु
    वर्षा रोकियो, डर रोकिएन
    लुटपाटमा संलग्न चार जना पक्राउ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • २.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ३.
      मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

    • ४.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    • ५.
      गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

    • ६.
      प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

    भर्खरै

    • १.
      शिवराज कृषिसहकारीको एघारौँ साधारणसभा

    • २.
      सहकारी पीडितको वेदना

    • ३.
      गोली चलाएर पक्राउ गरिएका लुटेरा समूहका नाइके २७ वटा मुद्दामा संलग्न

    • ४.
      नोबेल साहित्यमा महिला दाबेदार

    • ५.
      मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु

    • ६.
      वर्षा रोकियो, डर रोकिएन

    • ७.
      ऊर्जा निर्भरताबाट जोगिन रुबियोको चेतावनी

    • ८.
      लुटपाटमा संलग्न चार जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.