• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज १८, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

एकताबद्ध भएर संगठनलाई सुदृढ बनाउन दुर्गा पौडेलको जोड

मोहनविक्रम सिंहको प्रशिक्षण : कम्युनिस्ट कार्यकर्ताले व्यक्तिगत स्वार्थ त्यागेर समाजप्रति समर्पित हुनुपर्दछ

व्यक्तिवाद र अहमवाद : दार्शनिक विमर्श

प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

नेपाल पुलिस क्लबलाई भलिबलको उपाधि

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

लोकप्रिय समाचार

  • १. प्युठानका खनालको चेन्नईमा मृत्यु

  • २. राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

  • ३. राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ४. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ५. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ६. विष्टका आफन्त भेटिएनन्, मूल प्रवाहसमेतले गर्‍यो दाहसंस्कार

  • ७. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ८. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

  • ९. गोरखा आइडल स्कुलद्वारा फलफूल खेती

  • १०. कपिलवस्तुको शिवराज–४ मा राजमो भेला, अध्यक्षमा हुसेन मुल्ला चयन

गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

  •   आइतबार, असोज १८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम न्यौँपानेले मुलुकको वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक संकट समाधानका लागि राजनीतिक दलहरूबीच एकता र सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।

    Advertisement

    नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्दै न्यौँपानेले जलवायु परिवर्तन, प्राकृतिक विपत्ति, सहकारी ठगी, डामाडोल अर्थतन्त्र तथा गणतन्त्रमाथि उत्पन्न चुनौतीलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो ।

    महाधिवेशनमा राष्ट्रिय जनमोर्चालाई आमन्त्रण गरेकोमा नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिलाई धन्यवाद दिँदै उहाँले महाधिवेशनले नीति, सिद्धान्त र विचारका विषयमा गहन छलफल गरी सक्षम र कुशल नेतृत्व चयन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

    उहाँले जलवायु परिवर्तनका कारण मुलुकमा बाढी–पहिरोलगायतका प्राकृतिक विपत्तिको जोखिम बढिरहेको उल्लेख गर्दै ठूलो मानवीय तथा भौतिक क्षति भइरहेको बताउनु भयो । यस्ता विपत्तिको सामना गर्न जलवायु परिवर्तनका असरविरुद्ध सबै राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

    न्यौँपानेले नेपाली जनताले दुःख गरेर आर्जन गरेको अर्बौँ रुपैयाँ सहकारीका नाममा ठगी भएको उल्लेख गर्दै त्यसबाट उत्पन्न समस्याको समाधान गर्न राज्य गम्भीर बन्नुपर्ने बताउनु भयो । मुलुकको अर्थतन्त्रसमेत डामाडोल अवस्थामा पुगेको भन्दै उहाँले आर्थिक संकट समाधानका लागि प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

    उहाँले युवा तथा विद्यार्थी आन्दोलनबाट प्राप्त गणतान्त्रिक व्यवस्थामाथि गम्भीर चुनौती उत्पन्न भइरहेको भन्दै यसको संरक्षणमा सबै लोकतान्त्रिक शक्तिहरू सचेत र जिम्मेवार बन्नुपर्ने जोड दिनुभयो ।

    न्यौँपानेले नेपाली काँग्रेसको १५औँ महाधिवेशनबाट पारित हुने नीति तथा चयन हुने नेतृत्वले देशको लोकतान्त्रिक आन्दोलन र राजनीतिक व्यवस्थाको संरक्षण तथा विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    महाधिवेशनमा उपस्थित देशका विभिन्न जिल्ला तथा प्रवासबाट आएका प्रतिनिधि, न्यायप्रेमी जनसमुदाय, सञ्चारकर्मी तथा सुरक्षाकर्मीलाई राष्ट्रिय जनमोर्चाको तर्फबाट अभिवादन गर्दै उनले महाधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    आइतबार, असोज १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न
    एकताबद्ध भएर संगठनलाई सुदृढ बनाउन दुर्गा पौडेलको जोड
    मोहनविक्रम सिंहको प्रशिक्षण : कम्युनिस्ट कार्यकर्ताले व्यक्तिगत स्वार्थ त्यागेर समाजप्रति समर्पित हुनुपर्दछ
    व्यक्तिवाद र अहमवाद : दार्शनिक विमर्श
    प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      प्युठानका खनालको चेन्नईमा मृत्यु

    • २.
      राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

    • ३.
      राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ५.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    • ६.
      विष्टका आफन्त भेटिएनन्, मूल प्रवाहसमेतले गर्‍यो दाहसंस्कार

    भर्खरै

    • १.
      प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

    • २.
      गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

    • ३.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • ४.
      एकताबद्ध भएर संगठनलाई सुदृढ बनाउन दुर्गा पौडेलको जोड

    • ५.
      मोहनविक्रम सिंहको प्रशिक्षण : कम्युनिस्ट कार्यकर्ताले व्यक्तिगत स्वार्थ त्यागेर समाजप्रति समर्पित हुनुपर्दछ

    • ६.
      व्यक्तिवाद र अहमवाद : दार्शनिक विमर्श

    • ७.
      प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

    • ८.
      नेपाल पुलिस क्लबलाई भलिबलको उपाधि

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.