दाङ, १ अक्टोबर । प्युठानको स्वर्गद्वारी नगरपालिका–२, नयाँगाउँ निवासी तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, निमराना नगर समितिका सचिव गोबिन्द घर्ती मगर मातृशोकमा पर्नुभएको छ । उहाँकी ममतामयी आमा कलीदेवी घर्ती मगरको उपचारका क्रममा निधन भएको हो ।
Advertisement
६० वर्षीया कलीदेवी घर्ती मगरको दाङ घोराहीस्थित गोर्खा अस्पतालमा उपचारका क्रममा २०२६ सेप्टेम्बर ३० गते राति करिब ९ बजे असामयिक निधन भएको थियो ।
उहाँको निधनप्रति आफन्त, शुभेच्छुक तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
