काठमाडौँ । राष्ट्रिय जनमोर्चाको कार्यवाहक महासचिवमा घनश्याम न्यौपाने नियुक्त हुनुभएको छ । महासचिव मनोज भट्ट कामविशेषले विदामा बस्नुपर्ने भएको हुँदा विदाको अवधिभरका लागि न्यौपानेलाई कावा महासचिव नियुक्त गरिएको हो ।
Advertisement
राजमो केन्द्रीय कार्यालयका अनुसार २०८३ असोज १४ गते बुधबार बिहान बसेको केन्द्रीय कार्यालय बैठकले सो निर्णय गरेको हो । न्यौपाने राजमोको केन्द्रीय सचिवसमेत हुनुहुन्छ ।
आजै बिहान अर्घाखाँचीमा केन्द्रीय कोषाध्यक्ष मधुकुमार क्षेत्री असामयिक निधन भएकोमा कार्यालयले शोकप्रस्ताव पारित गरेको छ ।
‘आज बिहान बसेको राजमो केन्द्रीय कार्यालयको बैठकले केन्द्रीय कोषाध्यक्ष मधुकुमार क्षेत्रीको निधनप्रति शोकप्र्रस्ताव पारित गरेको छ’ कावा महासचिव न्यौपानेले युगदर्शनसित भन्नुभयो– ‘शोकप्रस्तावमा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ ।’
