• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

‘सहकारी ठगीको जालो’ : पन्छाउनै नसकिने प्रश्नको प्रस्तुति

विकल्प नहुँदा सेतीबेणीमै वास, बाढीले बनायो उठीबास

नवलपरासी दुर्घटना अपडेट, ६ जनाको मृत्यु, १० जना घाइतेको विवरणसहित

दाउन्ने बस दुर्घटनामा छ जनाको मृत्यु, १० जना घाइते

एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु

राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम

प्रतिनिधिसभाको दोस्रो अधिवेशन : ६२ दिनमा ६८ बैठक

लोकप्रिय समाचार

  • १. प्युठानका खनालको चेन्नईमा मृत्यु

  • २. राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

  • ३. हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

  • ४. राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ५. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ६. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ७. विष्टका आफन्त भेटिएनन्, मूल प्रवाहसमेतले गर्‍यो दाहसंस्कार

  • ८. राज्यसत्तामा बसेकाहरू नै सहकारी ठगसित मिल्दा सहकारी ऐन बनेन : केसी

  • ९. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • १०. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

विकल्प नहुँदा सेतीबेणीमै वास, बाढीले बनायो उठीबास


  •   शनिबार, असोज १७, २०८३ मा प्रकाशित
  • कुश्मा बजार । असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीका स्थानीयले कालीगण्डकी र सेतीखोलामा जलसतह बढ्दै गए पनि पूर्ववत् जस्तै सामान्य बाढी आउने ठानेका थिए । शनिबार रातिसम्म कालीगण्डकी र सेतीखोला पूर्ववत् रूपमा बगिरहेका थिए ।

    Advertisement

    राति १२ बजे स्थानीय सेतीवेणी प्रहरी चौकीमा माथिल्लो क्षेत्रमा कालीगण्डकीको जलसतह निकै बढेर आएको सूचना पुगेपछि तत्काल महत्वपूर्ण कागजात लिएर चौकी छाड्न र सुरक्षित स्थानमा जान निर्देशन दिइयो । प्रहरीले चौकी छाडेर आसपासका स्थानीयलाई समेत बस्तीबाट सुरक्षित स्थानमा जान आग्रह गरेको केही समयमै कालीगण्डकी र सेतीखोलाको बाढी बजारमा पस्यो ।

    बाढीले पर्वततर्फ नौ घर बगाएको र झण्डै ५० घर डुबानमा परेको स्थानीयले बताएका छन् । सँगै जोडिएको स्याङ्जाको गल्याङ नगरपालिका–५ को बजार क्षेत्रसमेत पूर्ण रूपमा डुबानमा परेको थियो ।

    स्याङ्जातर्फका करिब २५ कच्ची तथा पक्की घर बाढीमा बगेका छन् । अहिले ती क्षेत्रमा बालुवा र गिटी थुप्रिएर बगरमा परिणत भएको स्थानीय रेशमलाल न्यौपानेले बताउनुभयो । “असोज १० गते दिउँसो देखिएको क्षेत्र र अहिलेको अवस्था हेर्दा सपना जस्तै लागेको छ । कसरी यस्तो भयो भनेर विश्वास गर्न गाह्रो छ,” उहाँले भन्नुभयो ।

    बाढीले प्रहरी चौकीसहित खाद्यान्न, विद्युतीय सामग्री, भाँडाकुँडा, फेन्सी पसल तथा होटलमा क्षति पुर्‍याएको छ । नेष्डो समृद्ध लघुवित्त, विभिन्न सहकारीलगायत संस्थासमेत डुबानमा परेका छन् । न्यौपानेका अनुसार पर्वततर्फ मात्रै करिब रु १० करोडको क्षति भएको छ ।

    गुल्मीको अर्बेनीबाट सेतीवेणीमा आएर मोबाइल व्यवसाय गर्दै आएका एक युवाले करिब रु ३० लाख बराबरको क्षति भएको बताउनुभयो ।

    स्थानीय ७० वर्षीय रवि भट्टराईले आफ्नो जीवनकालमा बजारमा यसरी ठूलो बाढी पसेको पहिलोपटक देखेको बताउनुभयो ।

    स्थानीय होटल व्यवसायी उमाकान्त न्यौपानेले घरसहित रु ४० लाखभन्दा बढीको क्षति भएको बताउनुभयो । “अन्यत्र जाऊँ भने जग्गाजमिन छैन । यही जोखिम मोलेर बस्नुपर्ने बाध्यता छ । जीवनभरको कमाइ एकै रातमा बगरमा परिणत भयो,” उहाँले भन्नुभयो । उहाँ अहिले परिवारसहित स्थानीय विद्यालयमा आश्रय लिएर बस्नुभएको छ ।

    स्थानीय अगुवा व्यवसायी रेशमलाल न्यौपानेले घर तथा विभिन्न व्यवसायमा भएको क्षतिसमेत जोड्दा पर्वततर्फ मात्रै करिब रु १० करोडको क्षति भएको जानकारी दिनुभयो । बाढी प्रभावितलाई बिहादी गाउँपालिकाले स्थानीय शालिग्राम माध्यमिक विद्यालयमा बस्ने र खाने व्यवस्था मिलाएर आश्रय दिएको छ ।

    स्याङ्जातर्फको बजार क्षेत्र पनि बाढीपछि खण्डहरमा परिणत भएको छ । यहाँ सानाठूला गरी करिब २५ घरमा क्षति पुगेको छ । लामो समयदेखि होलसेल पसल सञ्चालन गर्दै आउनुभएका खिमप्रसाद पौडेलले स्वदेशमै केही गरौँ भनेर गरेको लगानी बाढीले क्षणभरमै बगाएको बताउनुभयो । उहाँका अनुसार करिब रु ५० लाखभन्दा बढीका सरसामान बाढीले बगाएको छ ।

    गल्याङ नगरपालिका–५ का वडाध्यक्ष घनश्याम भट्टराईका अनुसार स्याङ्जातर्फ पनि करोडौँको क्षति भएको छ । भौतिक संरचनाबाहेक स्थानीयको रु १५ करोडभन्दा बढीको धनमाल नष्ट भएको उहाँले जानकारी दिनुभयो । बाढीले स्थानीय मन्दिर, सत्तल, शालिग्राम शिलासम्म जाने पैदलमार्गलगायत संरचनामा समेत क्षति पुर्‍याएको छ । बाढीपीडितलाई स्थानीय तह र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको उहाँले बताउनुभयो ।

    वर्षौँदेखिको लगानी, मेहनत र परिश्रम बाढीले बगाएपछि स्थानीय रोजगारी र व्यवसायविहीन भएका छन् । अब अन्यत्र बसाइँ सर्ने वा सोही स्थानमा पुन: घर तथा व्यवसाय सञ्चालन गर्ने भन्ने विषयमा उनीहरू अन्योलमा छन् ।

    स्थानीय शालिग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक पशुपति बस्यालले बाढीले बजार क्षेत्र असुरक्षित बनाएपछि स्थानीय नयाँ ठाउँमा जाने वा जोखिम मोलेर पुन: सोही ठाउँमा बस्ने भन्ने विषयमा अन्योलमा रहेको बताउनुभयो ।

    शनिबार, असोज १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित
    नवलपरासी दुर्घटना अपडेट, ६ जनाको मृत्यु, १० जना घाइतेको विवरणसहित
    दाउन्ने बस दुर्घटनामा छ जनाको मृत्यु, १० जना घाइते
    एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली
    टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु
    राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      प्युठानका खनालको चेन्नईमा मृत्यु

    • २.
      राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

    • ३.
      हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

    • ४.
      राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ६.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    भर्खरै

    • १.
      बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

    • २.
      ‘सहकारी ठगीको जालो’ : पन्छाउनै नसकिने प्रश्नको प्रस्तुति

    • ३.
      विकल्प नहुँदा सेतीबेणीमै वास, बाढीले बनायो उठीबास

    • ४.
      नवलपरासी दुर्घटना अपडेट, ६ जनाको मृत्यु, १० जना घाइतेको विवरणसहित

    • ५.
      दाउन्ने बस दुर्घटनामा छ जनाको मृत्यु, १० जना घाइते

    • ६.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    • ७.
      टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु

    • ८.
      राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.