नवलपरासी । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भने १० जना घाइते भएका छन् ।
बसमा चालकसहित १८ जना सवार रहेको डिएसपी अनिल पण्डितले जानकारी दिए । । तीमध्ये दुई जना सकुशल रहेको पण्डितले बताए ।
मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेलाई प्रहरीले उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाएको छ । घाइतेहरू गोरखा, अछाम, बर्दिया, बाजुरा, बाँके, ललितपुर र सल्यानका रहेका छन् ।
१. जिल्ला गोरखा, गो.न.पा.–९ बस्ने वर्ष ३० को हरिशरण थापा, २. जिल्ला अछाम मंगलसेन न.पा. ६ बस्ने वर्ष २८ को तेजेन्द्र प्रसाद भण्डारी, ३. जिल्ला बर्दिया ठाकुरबाबा न.पा. १ बस्ने वर्ष २० की आकृती, ४. जिल्ला बाजुरा स्वामी कात्तिक गा.पा. ५ बस्ने वर्ष ३२ को पवन बुढा, ५. जिल्ला बर्दिया राजापुर न.पा ९ बस्ने वर्ष २८ को सञ्जय थारु, ६. जिल्ला बाजुरा स्वामी कात्तिक गा.पा.–१ बस्ने वर्ष २५ को प्रेम बम, ७. जिल्ला ललितपुर कुञ्जय सोमपाक गा.पा.वडा नं ५ बस्ने वर्ष २९ को अनोज खत्री, ८. जिल्ला बर्दिया बाँसगढी न.पा ७ बस्ष ३६ को लाल बहादुर कार्की, ९. जिल्ला बाँके नेपालगञ्ज उ.म.न.पा. १६ बस्ने वर्ष ४८ को अस्लाम भगवान, १०. जिल्ला सल्यान वनगढ कुपिण्डे न.पा १ बस्ने वर्ष २१ को अनिल बुढाथोकी रहेका छन्।
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस दुर्घटना भएर सडकबाट नालामा खसेको हो ।
