• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

‘सहकारी ठगीको जालो’ : पन्छाउनै नसकिने प्रश्नको प्रस्तुति

विकल्प नहुँदा सेतीबेणीमै वास, बाढीले बनायो उठीबास

नवलपरासी दुर्घटना अपडेट, ६ जनाको मृत्यु, १० जना घाइतेको विवरणसहित

दाउन्ने बस दुर्घटनामा छ जनाको मृत्यु, १० जना घाइते

एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु

राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम

प्रतिनिधिसभाको दोस्रो अधिवेशन : ६२ दिनमा ६८ बैठक

लोकप्रिय समाचार

  • १. प्युठानका खनालको चेन्नईमा मृत्यु

  • २. राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

  • ३. हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

  • ४. राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ५. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ६. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ७. विष्टका आफन्त भेटिएनन्, मूल प्रवाहसमेतले गर्‍यो दाहसंस्कार

  • ८. राज्यसत्तामा बसेकाहरू नै सहकारी ठगसित मिल्दा सहकारी ऐन बनेन : केसी

  • ९. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • १०. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली


  •   बुधबार, असोज १४, २०८३ मा प्रकाशित
  • सन्धिखर्क, असोज १४ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष एवम् नेकपा (मसाल) केन्द्रीय सल्लाहकार मधु कुमार क्षेत्री (का. राहुल) को निधन भएको छ ।

    Advertisement

    अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका–१० निवासी क्षेत्रीको आज असोज १४ गते उपचारका क्रममा निधन भएको हो।

    विगत केही वर्षदेखि ब्लड क्यान्सर रोगबाट पीडित क्षेत्रीको उपचारका लागि पार्टी र परिवारका तर्फबाट अथक प्रयास गरिए तापनि उहाँलाई बचाउन नसकिएको पार्टीले जनाएको छ ।

    वि.सं. २०३८ साल (४५ वर्ष अघि) देखि पार्टी सदस्यका रूपमा निरन्तर क्रियाशील क्षेत्रीले सांस्कृतिक एवम् प्रगतिशील साहित्यिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो । उहाँले रक्तिम सांस्कृतिक अभियान र प्रगतिशील लेखक संघमा केन्द्रीय भूमिका निर्वाह गर्नुभएको थियो भने प्रवास तथा स्वदेशका विभिन्न राजनीतिक जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नुभएको थियो ।

    यसैबीच नेकपा (मसाल)द्वारा जारी वक्तव्यमा भनिएको छ, “उहाँले इमान्दार, कर्मनिष्ठ, प्रतिबद्ध, जुझारु र अनुशासित रूपमा पार्टीको जिम्मेवारी निर्वाह गर्दै अन्तिम क्षणसम्म पनि आफ्‌नो सक्रियता कायम राख्नुभएको थियो ।”

    उहाँको निधनबाट नेपालको सांस्कृतिक आन्दोलन, अर्घाखाँचीको कम्युनिस्ट आन्दोलन र राष्ट्रिय जनमोर्चालाई अपूरणीय क्षति पुगेको छ । पार्टीले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजन एवम् पार्टी सदस्यहरूप्रति समवेदना प्रकट गरेको छ ।

    वक्तव्यको पूर्णपाठ :
    अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका–१० निवासी कामरेड मधु कुमार क्षेत्री (का. राहुल) को आज २०८३ असोज १४ गते मृत्यु भएको छ । कामरेड मधु कुमार क्षेत्री गत केही वर्ष अगाडिबाट ब्लड क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको उपचारको लागि पार्टी र परिवारको तर्फबाट धेरै प्रयास गरिएका थिए । ती सबै प्रयासहरूका बाबजुद पनि उहाँको जीवनलाई बचाउन हामीलाई सफलता प्राप्त भएन । अन्तमा हामीले उहाँलाई गुमाउनु परेको छ । उहाँको मृत्युप्रति हामीले गहिरो दु:ख व्यक्त गर्दै सन्तप्त परिवारजन र समस्त पार्टी सदस्यहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

    का. मधु कुमार क्षेत्री अहिले हाम्रो पार्टीको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । उहाँ ४५ वर्ष अगाडिबाट हाम्रो पार्टीको सदस्य हुनुभएको थियो । उहाँले रक्तिमा सांस्कृतिक अभियान र प्रगतिशील लेखक सङघमा पनि केन्द्रीय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँले आफ्नो राजनीतिक जीवनमा प्रवास र स्वदेशमा विभिन्न समयमा विभिन्न जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँ अहिले राष्ट्रिय जनमोर्चाको केन्द्रीय कोषाध्यक्ष जस्तो गहन जिम्मेवारीमा कार्यरत हुनुहुन्थ्यो । उहाँले इमान्दार, कर्मनिष्ठ, प्रतिवद्ध, जुझारु र अनुशासित रुपले पार्टीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँले अन्तिम क्षणसम्म पनि आफ्नो सक्रियतालाई कायम राख्नुभएको थियो । उहाँको मृत्युबाट सांस्कृतिक आन्दोलन, अर्घाखाँचीको कम्युनिस्ट आन्दोलन र हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।

    अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

    २०८३ असोज १४ गते ।
    मोहनविक्रम सिंह
    (महामन्त्री)

    बुधबार, असोज १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित
    विकल्प नहुँदा सेतीबेणीमै वास, बाढीले बनायो उठीबास
    नवलपरासी दुर्घटना अपडेट, ६ जनाको मृत्यु, १० जना घाइतेको विवरणसहित
    दाउन्ने बस दुर्घटनामा छ जनाको मृत्यु, १० जना घाइते
    एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली
    टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      प्युठानका खनालको चेन्नईमा मृत्यु

    • २.
      राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

    • ३.
      हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

    • ४.
      राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ६.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    भर्खरै

    • १.
      बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

    • २.
      ‘सहकारी ठगीको जालो’ : पन्छाउनै नसकिने प्रश्नको प्रस्तुति

    • ३.
      विकल्प नहुँदा सेतीबेणीमै वास, बाढीले बनायो उठीबास

    • ४.
      नवलपरासी दुर्घटना अपडेट, ६ जनाको मृत्यु, १० जना घाइतेको विवरणसहित

    • ५.
      दाउन्ने बस दुर्घटनामा छ जनाको मृत्यु, १० जना घाइते

    • ६.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    • ७.
      टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु

    • ८.
      राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.