• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

‘सहकारी ठगीको जालो’ : पन्छाउनै नसकिने प्रश्नको प्रस्तुति

विकल्प नहुँदा सेतीबेणीमै वास, बाढीले बनायो उठीबास

नवलपरासी दुर्घटना अपडेट, ६ जनाको मृत्यु, १० जना घाइतेको विवरणसहित

दाउन्ने बस दुर्घटनामा छ जनाको मृत्यु, १० जना घाइते

एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु

राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम

प्रतिनिधिसभाको दोस्रो अधिवेशन : ६२ दिनमा ६८ बैठक

लोकप्रिय समाचार

  • १. प्युठानका खनालको चेन्नईमा मृत्यु

  • २. राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

  • ३. हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

  • ४. राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ५. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ६. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ७. विष्टका आफन्त भेटिएनन्, मूल प्रवाहसमेतले गर्‍यो दाहसंस्कार

  • ८. राज्यसत्तामा बसेकाहरू नै सहकारी ठगसित मिल्दा सहकारी ऐन बनेन : केसी

  • ९. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • १०. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म


  •   बुधबार, असोज १४, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधुकुमार क्षेत्रीले आफ्‌नो जीवनको लामो समय राजनीतिक आन्दोलन, संगठन निर्माण, सांस्कृतिक मोर्चा र पार्टीका विभिन्न जिम्मेवारीमा बिताउनु भएको थियो । भारतको कलकत्तामा सन् १९५५ मा जन्मिनुभएको क्षेत्रीले २०३५–३६ सालको आन्दोलनबाट सक्रिय राजनीतिक यात्रा सुरु गर्नुभएको थियो ।

    Advertisement

    युगदर्शनलाई दिएको भिडियो अन्तर्वार्तामा क्षेत्रीले राजनीतिक आन्दोलनमा सहभागिताका कारण जागिर छोड्नुपरेको, भारतमा रहेका नेपालीबीच पार्टी संगठन विस्तार गरेको र नेपालका विभिन्न जिल्लामा राजनीतिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भएको स्मरण गर्नुभएको छ ।

    उहाँका अनुसार, सन् २००९ मा मूल प्रवाह अखिल भारत सम्मेलनको छैटौँ अखिल भारत सम्मेलनका क्रममा पूर्णकालीन कार्यकर्ता बनेपछि उहाँले जागिर छोड्नुभएको थियो । त्यसपछि पार्टीका विभिन्न जिम्मेवारी निर्वाह गर्नुभएको क्षेत्री २०७२ सालदेखि ‘युगज्योति’ प्रकाशनको जिम्मेवारीमा समेत संलग्न हुनुभएको थियो । २०७६ सालमा राष्ट्रिय जनमोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलनबाट उहाँ केन्द्रीय कोषाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

    क्षेत्रीले आफ्‌नो राजनीतिक यात्राका क्रममा अर्घाखाँची, बुटवल, नेपालका विभिन्न जिल्ला तथा भारतको दिल्ली र फरिदाबादमा संगठन निर्माण र विस्तारको काम गरेको बताउनु भएको थियो । सांस्कृतिक मोर्चामार्फत राजनीतिक तथा सामाजिक चेतना फैलाउने गतिविधिमा पनि उहाँले भूमिका निर्वाह गर्नुभएको थियो ।

    आफ्‌नो राजनीतिक दृष्टिकोण प्रस्तुत गर्दै क्षेत्रीले राष्ट्रिय जनमोर्चाको राजनीतिक धार भविष्यमा जनताले स्वीकार गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले देशको कृषि, शिक्षा, स्वास्थ्य तथा आधारभूत आवश्यकतासम्बन्धी समस्याबारे चर्चा गर्दै नेपालको विशिष्ट परिस्थितिअनुसार मार्क्सवादको प्रयोग गर्न सक्ने राजनीतिक शक्तिको आवश्यकता रहेको धारणा राख्नुभएको छ ।

    क्षेत्रीले आफ्‌नो संस्मरणमा स्वास्थ्य समस्याबारे पनि उल्लेख गर्नुभएको छ । उहाँका अनुसार, २०८३ वैशाखदेखि बिरामी परेपछि बोन म्यारो क्यान्सरको उपचार सुरु गरिएको थियो । उपचारका कारण शारीरिक रूपमा सक्रिय हुन कठिन भए पनि पार्टीलाई अन्य माध्यमबाट सहयोग गरिरहने प्रतिबद्धता उनले व्यक्त गर्नुभएको छ।

    कलकत्ताको बाल्यकालदेखि राजनीतिक आन्दोलन, भारतमा संगठन निर्माण, सांस्कृतिक गतिविधि र पार्टीको आर्थिक जिम्मेवारीसम्मको यात्रा समेटिएको उहाँको संस्मरणले लामो समयसम्म राजनीतिक संगठनमा बिताएको जीवनका विभिन्न पक्ष उजागर गरेको छ ।

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधुकुमार क्षेत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली ।

    बुधबार, असोज १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित
    विकल्प नहुँदा सेतीबेणीमै वास, बाढीले बनायो उठीबास
    नवलपरासी दुर्घटना अपडेट, ६ जनाको मृत्यु, १० जना घाइतेको विवरणसहित
    दाउन्ने बस दुर्घटनामा छ जनाको मृत्यु, १० जना घाइते
    एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली
    टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      प्युठानका खनालको चेन्नईमा मृत्यु

    • २.
      राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

    • ३.
      हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

    • ४.
      राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ६.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    भर्खरै

    • १.
      बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

    • २.
      ‘सहकारी ठगीको जालो’ : पन्छाउनै नसकिने प्रश्नको प्रस्तुति

    • ३.
      विकल्प नहुँदा सेतीबेणीमै वास, बाढीले बनायो उठीबास

    • ४.
      नवलपरासी दुर्घटना अपडेट, ६ जनाको मृत्यु, १० जना घाइतेको विवरणसहित

    • ५.
      दाउन्ने बस दुर्घटनामा छ जनाको मृत्यु, १० जना घाइते

    • ६.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    • ७.
      टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु

    • ८.
      राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.