महेश रिजाल, भालुबाङ ।
दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटियास्थित गोरखा आइडल स्कुलले फलफूल खेती अगाडि बढाएको छ ।
उक्त विद्यालयले खुरुरियामा खेतियोग्य जमिन खरिद गरी कुल दुई बिघा क्षेत्रफल जमिनमा ताइवानी पिङ्क जातको बेलौतीखेती प्रारम्भ गरेको हो ।
२०८२ जेठ महिनामा झन्डै एक हजार बिरुवा ताइवानी पिङ्क जातको बेलौतीका बेर्ना रोपिएको थियो ।
स्कुलका प्रिन्सिपल बसन्तबहादुर पुनका अनुसार एउटा बोटबाट एक सिजनमा तीन किलोका दरले फल लाग्ने गरेको बताउनुभयो ।
प्रत्येक सिजनमा झन्डै ९० क्विन्टल बेलौतीको फल प्राप्त भएको उहाँको भनाइ थियो ।
उक्त बेलौती शिक्षक, कर्मचारी, अभिभावक र स्थानीयका मागबमोजिम बगैचाबाटै खपत भइरहेको समेत स्कुलले जानकारीी दिएको छ ।
यसरी विद्यार्थीलाई कृषितर्फ आकर्षित गर्नका लागि र उनीहरूको जीवनस्तर उकास्नुका साथै समुदायमा पनि कृषिमा आत्मनिर्भर बनाउन यस प्रकारका कार्यक्रमले टेवा पुग्ने स्कुलको दाबी छ ।

