कपिलवस्तु तौलिहवा, कपिलवस्तुको शिवराज नगर पालिका वडा नं-४ को तेस्रो भेला वन कत्तीमा सम्पन्न भएको छ
राष्ट्रिय जनमोर्चा जिल्ला समितिका सचिव केरसिंह अदैको उपस्थितिमा र पदमबहादुर जिसीको अध्यक्षतामा सो भेला सम्पन्न भएको हो ।
भेलाले मुल्लाको अध्यक्षतामा सल्लाहकारसहित १५ सदस्यीय वडा समिति गठन गरिएको छ ।
जसमा उपाध्यक्षमा बेलौता विक, सचिवमा कष्ण गिरी, सहसचिवमा शोमनाथ गिरी र कोषाध्यक्षमा शिवकुमार गोसाइँ रहनुभएको छ ।
त्यस्तै, सदस्यमा प्रमिला केवत, सीता भुसाल, कनही यादव, मेहम्मत मन्सुरी, जाकिर हुसेन र तेकबहादुर विक रहनुभएको छ । सल्लाहकारमा पदम जिसी, सुरज कुवँर, छविबहादुर शावत, र राधा केवत रहनुभएको छ ।
कार्यक्रममा राजमो जिल्ला कोषाध्यक्ष तथा शिवराज नगर समितिका अध्यक्ष केहर सिंह पुनमगर, जातीय समतासमाजका जिल्ला सचिव रामबहादुर चमार र अखिल नेपाल जनजाती सम्मेलनका जिल्ला उपाध्यक्ष रुपलाल घर्तीले शुभकामना मन्तव्य राख्नुभएको थियो।
नव निर्वाचित समितिलाई राजमो शिवराज- ३ का अध्यक्ष रामदेव कुर्मीले बधाई दिनुभएको थियो ।
कार्यक्रममा अदैले सदस्यता नवीकरण, प्रदान गर्नुभएको थियो, भने कार्यक्रमको सञ्चालन कुष्ण गिरी र स्वागत मन्तव्य बेलौता विकले गर्नुभएको थियो ।

