• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज १८, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एकताबद्ध भएर संगठनलाई सुदृढ बनाउन दुर्गा पौडेलको जोड

मोहनविक्रम सिंहको प्रशिक्षण : कम्युनिस्ट कार्यकर्ताले व्यक्तिगत स्वार्थ त्यागेर समाजप्रति समर्पित हुनुपर्दछ

व्यक्तिवाद र अहमवाद : दार्शनिक विमर्श

प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

नेपाल पुलिस क्लबलाई भलिबलको उपाधि

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध

कपिलवस्तुको शिवराजमा राजमोको वडा भेला सम्पन्न : अध्यक्षमा हुसेन चयन

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. प्युठानका खनालको चेन्नईमा मृत्यु

  • २. राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

  • ३. राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ४. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ५. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ६. विष्टका आफन्त भेटिएनन्, मूल प्रवाहसमेतले गर्‍यो दाहसंस्कार

  • ७. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ८. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

  • ९. गोरखा आइडल स्कुलद्वारा फलफूल खेती

  • १०. कपिलवस्तुको शिवराज–४ मा राजमो भेला, अध्यक्षमा हुसेन मुल्ला चयन

मोहनविक्रम सिंहको प्रशिक्षण : कम्युनिस्ट कार्यकर्ताले व्यक्तिगत स्वार्थ त्यागेर समाजप्रति समर्पित हुनुपर्दछ


  •   आइतबार, असोज १८, २०८३ मा प्रकाशित
  • हैदरावाद, अक्टोबर ४ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा हैदरावादमा सम्पन्न प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले कम्युनिस्ट कार्यकर्ताहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र जनताप्रति समर्पित हुनुपर्नेमा जोड दिनुभएको छ ।

    Advertisement

    प्रशिक्षणका क्रममा सिंहले मानिसको ज्ञान, चेतना र क्षमताको विकास उसको व्यक्तिगत प्रयासबाट मात्र नभई समाजको विकास र सामाजिक परिवेशबाट हुने बताउनुभयो । मानिस प्रारम्भमा बोल्न र विचार गर्नसमेत सक्षम नभए पनि समाजमा बस्दै उत्पादनका कार्यमा सहभागी हुँदै जाँदा उसको भाषा, विचार र चेतनाको विकास भएको उहाँको भनाइ थियो ।

    नेपालका पहाडी तथा दुर्गम क्षेत्रबाट भारत आएका नेपालीका नयाँ पुस्ताले यहाँका विकसित शैक्षिक तथा सामाजिक वातावरणबाट शिक्षा प्राप्त गरी पुरानो पुस्ताको तुलनामा आफ्‌नो क्षमता र चेतनामा उल्लेखनीय विकास गरेको उदाहरण प्रस्तुत गर्दै सिंहले व्यक्तिको विकासमा समाजको निर्णायक भूमिका हुने बताउनुभयो ।

    उहाँले विकसित समाजमा हुर्कने बालबालिकाको ज्ञान, चेतना र क्षमता पनि तुलनात्मक रूपमा विकसित हुने उल्लेख गर्दै बेलायत, फ्रान्स, अमेरिका र रुसजस्ता विकसित मुलुकको उदाहरण दिनुभयो । “व्यक्तिको सफलता उसको व्यक्तिगत क्षमताको मात्र परिणाम हो” भन्ने सोच गलत भएको उहाँले स्पष्ट पार्नुभयो ।

    सिंहले व्यक्तिगत सफलता र उपलब्धिको पछाडि समाजको योगदानलाई बिर्सिँदा मानिस व्यक्तिवादी बन्ने र अन्ततः समाजलाई नै हानि पुर्‍याउने बताउनुभयो । शिक्षित तथा उच्च पदमा पुगेका कतिपय व्यक्तिले आफ्‌नो क्षमता र पद समाजकै योगदानबाट प्राप्त भएको तथ्य बिर्सेर भ्रष्टाचार, अन्याय, शोषण र लुटपाटमा संलग्न हुने गरेको उहाँले उल्लेख गर्नुभयो।

    इतिहासमा साम्राज्यवादी, सामन्तवादी तथा पुँजीवादी शक्तिहरूले समाजमाथि शोषण र लुटपाट गरेको चर्चा गर्दै उहाँले व्यक्तिगत स्वार्थका कारण समाजवादी आन्दोलनभित्र समेत गम्भीर समस्या उत्पन्न हुने गरेको बताउनुभयो । सोभियत संघको विघटनदेखि नेपालका विभिन्न राजनीतिक आन्दोलनमा देखिएका विचलनसम्मलाई उहाँले व्यक्तिगत स्वार्थसँग जोडेर व्याख्या गर्नुभयो ।

    व्यक्तिगत स्वार्थले कार्यकर्तालाई पार्टीको नीति, बैठक, अनुशासन र आन्दोलनबाट विमुख गराउने उल्लेख गर्दै सिंहले परिवार, व्यापार–व्यवसाय तथा सामाजिक जीवनमा देखिने विवाद, कालोबजारी, तस्करी र नक्कली औषधिको कारोबारजस्ता विकृतिको मूल कारण पनि स्वार्थवादी प्रवृत्ति भएको बताउनुभयो ।

    मानिसको विचार र चेतनाले उसको व्यवहार निर्धारण गर्ने बताउँदै सिंहले बाल्यकालदेखि नै समाज, धर्म, सामन्तवादी संस्कार र पुँजीवादी व्यवस्थाबाट मानिसको मस्तिष्कमा विभिन्न गलत विचारहरू प्रवेश गर्ने भएकाले त्यसलाई निरन्तर अध्ययन र वैचारिक अभ्यासबाट हटाउनुपर्नेमा जोड दिनुभयो ।

    उहाँले मस्तिष्कमा जमेको गलत विचारलाई कपडाको धुलो हटाएजस्तै सफा गर्नुपर्ने बताउँदै दर्शन, सही विचार, चेतना र मार्क्सवादी सिद्धान्तको अध्ययन तथा व्यवहारमा कार्यान्वयन कम्युनिस्ट कार्यकर्ताका लागि आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

    कम्युनिस्ट बन्न व्यक्तिगत लाभ वा पैसाको लोभ नभई सही विचार, दृष्टिकोण र दार्शनिक चेतनाले प्रेरित हुनुपर्ने उल्लेख गर्दै सिंहले विचार र चेतना जति शुद्ध र उच्च हुँदै जान्छ, कार्यकर्ता त्यति नै निष्ठावान्, इमानदार र समाजप्रति समर्पित बन्ने बताउनुभयो । सिंहले कार्यकर्ताहरूलाई निरन्तर अध्ययन, आत्मसमीक्षा र वैचारिक शुद्धीकरणमार्फत आन्दोलनप्रति प्रतिबद्ध रहनसमेत आग्रह गर्नुभयो ।

    आइतबार, असोज १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एकताबद्ध भएर संगठनलाई सुदृढ बनाउन दुर्गा पौडेलको जोड
    व्यक्तिवाद र अहमवाद : दार्शनिक विमर्श
    प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह
    नेपाल पुलिस क्लबलाई भलिबलको उपाधि
    फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित
    सात लाख ३२ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      प्युठानका खनालको चेन्नईमा मृत्यु

    • २.
      राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

    • ३.
      राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ५.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    • ६.
      विष्टका आफन्त भेटिएनन्, मूल प्रवाहसमेतले गर्‍यो दाहसंस्कार

    भर्खरै

    • १.
      एकताबद्ध भएर संगठनलाई सुदृढ बनाउन दुर्गा पौडेलको जोड

    • २.
      मोहनविक्रम सिंहको प्रशिक्षण : कम्युनिस्ट कार्यकर्ताले व्यक्तिगत स्वार्थ त्यागेर समाजप्रति समर्पित हुनुपर्दछ

    • ३.
      व्यक्तिवाद र अहमवाद : दार्शनिक विमर्श

    • ४.
      प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

    • ५.
      नेपाल पुलिस क्लबलाई भलिबलको उपाधि

    • ६.
      फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

    • ७.
      सात लाख ३२ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध

    • ८.
      कपिलवस्तुको शिवराजमा राजमोको वडा भेला सम्पन्न : अध्यक्षमा हुसेन चयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.